Logo

२०८३, आश्विन ९गते


images
images

काँचुली फेर्याे रुरुधामकाे मणिमुकुन्देश्वर महादेव मन्दिरले 

काँचुली फेर्याे रुरुधामकाे मणिमुकुन्देश्वर महादेव मन्दिरले 

images
  • सेतोमसी सहकर्मी
  • काँचुली फेर्याे रुरुधामकाे मणिमुकुन्देश्वर महादेव मन्दिरले 
    images
    images

    कृष्ण अन्जान, रुरुधाम । धार्मिक पर्यटनक्षेत्रकाे रुपमा विकास हुन लागेको रुरुधाममा  पर्यटकीय सम्भावनाका  खोजी  गर्दै नयाँ सँरचना निर्माण कार्य भईरहेका छन भने पुराना धार्मिक, साँस्कृतिक र ऐतिहासिक सँरचनाहरुकाे पुनर्निर्माणसँगै मर्मत सँभार पनि शुरु गरिएको छ ।

    images
    images
    images

    संघ, प्रदेश र स्थानीय निकायकाे समन्वयमा रुरुधामलाई पुनर्निर्माण र  निर्माणकाे कार्यले गति लिन थालेकाे आभास पाईएकाे छ ।

    images
    images
    images

    रुरुधामकाे गुल्मी तर्फ रहेकाे करिब साढे पाँच शताव्दि पुरानाे मणिमुकुन्देश्वर महादेव मन्दिरकाे पुनर्निर्माण  कार्य सम्पन्न भएकाे छ ।र मन्दिर चिटिक्क पारिएकाे छ ।

    images
    images
    images

    बिक्रम सम्वत १५३० मा पाल्पाली राजा मणिमुकुन्द सेनले याे मन्दिर निर्माण गरेकाे इतिहास छ । सबैभन्दा अचम्मकाे कुरा त याे मन्दिर निर्माण भएकाे उचाई र मणिमुकुन्द सेनले नै स्थापना गरेकाे ऋषिकेश मन्दिर रहेकाे स्थान समदुरीमा छ र उत्तिकै उचाइमा रहेकाे छ भने वारि मणिमुकुन्देश्वर मन्दिरकाे गजुर र पारी ऋषिकेश मन्दिरकाे गजुरकाे उचाइ समेत बराबर  छ ।

    ईतिहास भन्छ, पाल्पाली राजा मणिमुकुन्द सेनले पाल्पातर्फ ऋषिकेश 'भगवान'काे शिला सहितकाे मन्दिर स्थापना गरेपछि गुल्मी तिरका वासिन्दाको मन नदुखाेस भनेर समदुरीमा मणिमुकुन्देश्वर महादेव मन्दिर स्थापना गरे । तर पाल्पा तर्फकाे ऋषिकेश मन्दिरकाे चहलपहल बढ्याे तर वारि गुल्मी तर्फकाे महादेव मन्दिर मात्र नाम मात्र रह्याे ।

    त्यसाे त याे मन्दिरकाे दैनिक पुजा चलाेस भनेर पाल्पाको अर्गलीमा १ सय २० मुरि माटाे गुठिकाे व्यवस्था गरेपनि वार्षिक सात मुरिधान पाउने गरेकाे र यहि धानले धुप दिप नैवेध व्यवस्था गरि दैनिक पुजा पाठ चलाएकाे मन्दिरका पुजारी टंक खनालले जानकारी दिए । "जेनतेन पुजा चलाएकाे छु, गुठीको जग्गाकाे थातथलाे छैन" पुजारी खनाल भन्छन ।

    यतिलामाे समयसम्म ओझेलमा परेकाे मणिमुकुन्देश्वर महादेव मन्दिरकाे पुनर्निर्माणका लागि लुम्बिनी प्रदेशका पुर्व साँसद कमल राज श्रेष्ठको पहलमा तत्कालीन  महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीकाे तर्फबाट २० लाख बजेट विनियोजन भएसँगै याे मन्दिरले काँचुली फेरेकाे हाे ।

    "रुरुधामकाे अत्यन्तै उपयुक्त र सुरक्षित ठाउँमा रहेकाे याे मन्दिरकाे अवस्था जिर्ण भईसकेको र यसको पौराणिकता झल्किने गरि नयाँशैलिमा पुनर्निर्माण गर्ने लक्ष्य लिएर शुरु गरिएकाे मन्दिरकाे पुनर्निर्माण सकिएकाे छ " रुरुक्षेत्र गाउँपालिका वडा न १ का  वडाध्यक्ष नवराज विकले भने ।

    यसैबीच मणिमुकुन्देश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि   स्थानीय चन्द्रलाल कसजुकाे अध्यक्षतामा सात सदस्यीय मन्दिर पुनर्निर्माण उपभोक्ता समिति गठन गरिएको थियाे ।

    समितिकाे उपाध्यक्ष सचिव र काेषाध्यक्षमा क्रमशः टंक खनाल, माधव ज्ञवाली, तुल्सी श्रेष्ठ र सदस्यमा भुवन श्रेष्ठ, राम प्रसाद शर्मा र शान्ति थापा रहेका थिए भने  यसैगरी जीवन कसजुकाे अध्यक्षतामा गठित तीन सदस्यीय अनुगमन समितिमा शुवर्णलाल कक्षपती र ईन्दिरा खनाल रहेका थिए  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।