Logo

२०८३, आश्विन १०गते


images
images

विद्यालय चलाउने र पढाउनेबीच रिडी माविमा अन्तरक्रिया

विद्यालय चलाउने र पढाउनेबीच रिडी माविमा अन्तरक्रिया

images
  • सेतोमसी सहकर्मी
  • विद्यालय चलाउने र पढाउनेबीच रिडी माविमा अन्तरक्रिया
    images
    images

    कृष्ण अन्जान, गुल्मी । रुरुधाममा रहेकाे रिडी माध्यमिक विद्यालयको सभाहल शुक्रवार अपरान्ह रुरुक्षेत्र गाउँपालिका वडा न १ का सामुदायिक विद्यालयका शिक्षकहरुले डमक्क भरिएकाे छ । शिक्षकसँगै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, रुरुक्षेत्र गाउँपालिका वडा न १ का जनप्रतिनिधि र गाउँपालिका सामाजिक विकास समितिका सँयाेजक पनिसँगै छन ।

    images
    images
    images

    भित्ताको व्यानरमा लेखिएकाे छ 'वडा न १ अन्तरगतका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षकहरुकाे भेला तथा अन्तरकृया'। रुरुक्षेत्र गाउँपालिकाकाे वार्षिक कार्यक्रम अनुसार याे कार्यक्रम राखिएको सहजै अनुमान लाउन सकिन्छ । अन्तरकृयामा छलफलका विषयहरू छन विद्यालयहरुमा शैक्षिक गुणस्तरमा गिरावट आउँदै सुधार कसरी गर्ने ,निरन्तर विद्यार्थी मुल्यांकनलाई कसरी व्यवस्थापन गर्ने, पाठ्यपुस्तककाे व्यवस्थापन, आधुनिक डिजिटल टेक्नोलोजीबाट शिक्षण सिकाईकाे व्यवस्थापन, परीक्षा प्रणालीमा सुधार, विद्यालय समायाेजन शैक्षिक क्षेत्रका समस्या ।

    images
    images
    images

    यिनै समस्याभित्र रहेर अन्तरकृया कार्यक्रममा करिब ३ घण्टा लामाे बहस र छलफल गरियाे । शिक्षकहरुले बेलैमा पाठ्यपुस्तक नआउने, विषयगत शिक्षककाे अभाव, विद्यार्थी अनुशासन, सामाजिक सन्जाल र माेवाईलकाे अत्यधिक प्रयाेगले शिक्षण सिकाईलाई पारेकाे असर, शैक्षिक क्यालेन्डरकाे व्यवस्थापन र विद्यार्थी सँख्याका समस्यासँगै विद्यालयको भौतिक सँरचनाबारे आफ्ना धारणा राखे भने व्यवस्थापन समितिका अध्यक्षहरुले विद्यालयको शैक्षिक गुणस्तर बढाउन अभिभावक र शिक्षक बिचकाे समन्वयलाई जाेड दिँदै विद्यालयको भौतिक र शैक्षिक व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । छलफल र अन्तरकृयामा उठेका सवालहरुकाे जवाफ दिँदै रुरुक्षेत्र गाउँ पालिका सामाजिक विकास समितिका सँयाेजक शेषनारायण पौडेलले शैक्षिक गुणस्तर बढाउन भौतिक सँरचना बाधक हाेईन, यद्यपि एक्काईसौँ शताव्दीमा भौतिक सँरचनालाई पनि ख्याल गर्नु पर्ने बताए ।

    images
    images
    images

    शैक्षिक क्षेत्र सुधारका लागि गाउँपालिकाले धेरै कामहरु अगाडि बढाएकाे र बढाउने तयारी गरेकाे जानकारी दिँदै सँयाेजक पौडेलले माध्यमिक विद्यालयसँग जाेडिएका निम्न माध्यमिक विद्यालयमा यहि शैक्षिक सत्र देखि करिब २ कराेड १५ लाखकाे लागतमा डिजिटल बाेर्डमार्फत अत्याधुनिक टेक्नोलोजीमा शिक्षण सिकाईकाे व्यवस्थापन गर्न लागेको बताए । गाउँपालिकाभित्रका विद्यालयहरुमा विद्यार्थी सँख्याकाे अभावलाई मध्यनजर गर्दै सँभव भएका विद्यालयहरुलाई नजिकका विद्यालयमा समायोजनकाे नीति ल्याईएकाे र यसका लागि सडक पुर्वाधार भएका ठाउँहरुमा नजिकका विद्यालयमा पुर्याउन स्कुल बसकाे व्यवस्थापन र रिडी सँस्कृत तथा साधारण माध्यमिक विद्यालयलाई आवासीय विद्यालयको रुपमा विकास गर्ने तयारी भएकाे उनले बताए ।

    कर्मचारीकाे अभावमा विद्यालयको नियमित अनुगमन हुन नसकेकाे, पाठ्यपुस्तक बेलैमा पुर्याउन समस्या, विषयगत शिक्षककाे समस्या लगाएत धेरैकुरालाई सुधार गर्दै गाउँपालिकाभित्रकाे शैक्षिक सुधारका लागि ठाेस काम भईरहेकाे उनकाे भनाई थियाे ।

    रुरुक्षेत्र गाउँपालिका वडा न १ काे रिडी माध्यमिक विध्यालयले सँयाेजन गरेकाे कार्यक्रममामा रिडी सँस्कृत माध्यमिक विध्यालय व्यवस्थापन समितिका अध्यक्ष रामलाल विक, भट्कुवा आधारभुत माविका अध्यक्ष कृष्ण ज्ञवाली, जनज्योति प्राथमिक विद्यालयका अध्यक्ष अर्जुन ज्ञवाली प्रतिभा प्राविका अध्यक्ष हुतराज गौतम रिडी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल कसजु लगाएत सहभागी विद्यालयका शिक्षक शिक्षिका प्रधानाध्यापक हरुले अन्तरकृया कार्यक्रममा आफ्ना धारणा राखेका थिए ।

    रिडी माध्यमिक विध्यालयका प्राधानध्यापक राेहित भण्डारीकाे सन्चालनमा भएकाे कार्यक्रम रिडी माध्यमिक विध्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल कसजुकाे अध्यक्षतामा भएकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुरुधाम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।