कृष्ण अन्जान, गुल्मी। रुरुधामकाे हाेटल क्राउनका सन्चालक नारायण ज्ञवालीले भन्दै थिए आन्तरिक पर्यटककाे चाँप थाम्नै नसकिने भयाे । हुनपनि रुरुधाममा आउने आन्तरिक पर्यटककाे सँख्या यसरी बढेको छ कि दैनिक पाँच सात सयकाे सँख्यामा रुरुधाममा आन्तरिक पर्यटक हरु आउने गरेकाे बताईन्छ ।
कति आउँछन, आउँछन रिडीका हाेटलहरुले धान्न सकेका छैनन। यहाँ बस्ने गरेका पर्यटकहरू बस्ने ठाउँकाे अभावले फर्केर तानसेन तिर जाने गरेका छन हाेटल बिहानीका सन्चालक शैलेन्द्र दर्लामी भन्छन ।
मुख्यतया रुरुधाममा आउने आन्तरिक पर्यटकहरुकाे लक्ष यहाँ आउने, रात बिताउने, बिहान कालीगण्डकी नदिमा स्नान गर्ने र रिषिकेश लगायत मठ मन्दिरमा दर्शन गर्ने हुन्छ। त्यो संगै कालीगण्डकी र रिडीखाेलाकाे सँगममा रहेकाे तिनमुखे पुलकाे अवलाेकन गर्ने, फोटो लिने र गन्तव्यमा फर्किने लक्ष हुन्छ तर याे साेँचले आएका आन्तरिक पर्यटकहरु बास नपाउँदा फर्किन बाध्य छन ।
रुरुधाममा साना ठुला गरि करिब डेढदर्जन हाेटलहरु छन तर ती हाेटलहरुले यात्रुकाे चाँप धान्न सक्ने अवस्था छैन ।
रुरुधाममा हाेटल क्राउन, बिहानी, शान्तिपुरे, रायमाझी, ताेफा, धना लगाएतका हाेटलहरु सन्चालनमा छन र केही अन्य साना हाेटलहरु पनि छन तर याे क्षेत्रमा ओईराे लागेका आन्तरिक पर्यटककाे चाँप धान्ने क्षमता यहाँका हाेटलहरुसँग नभएको होटल व्यवसायी नै बताउछन् ।
आन्तरिक पर्यटकहरुकाे याे चापलाई थेग्न नजिकका स्याङ्जाको किपट, रुरुक्षेत्र २ काे याडुँग, तानसेन १४ काे कुसेनीमा हाेमस्टे सन्चालनकाे आवस्यकता देखिएकाे छ भने तानसेन नगरपालिकाकाे अर्गली र रुरुक्षेत्र गाउँपालिकाकाे वडा न १ काे रातामाटा, च्यूरेक, वडा न ३ थाेर्गाकाे माझगाउँ, चापाखर्क बसन्त पाेखरी क्षेत्रमा ठुला साना हाेटल र रिसाेर्ट खाेल्न स्थानीय तहले प्राेत्साहन गर्नुपर्ने त ठुला हाेटलकाहरुले आफ्ना शाखा विस्तार गर्ने बाताबरण मिलाउनु पर्ने देखिएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology