Logo

२०८३, आश्विन ९गते


images
images

विकास

देवदह सरनबारी पुल निर्माण अन्तिम चरणमा

देवदह सरनबारी पुल निर्माण अन्तिम चरणमा

images
  • देवदह सरनबारी पुल निर्माण अन्तिम चरणमा
    फोटो : रेशम अधिकारी / सेतोमसी
    images
    images

     रुपन्देही। बजार आउँदा सधैं खोलामा लुगा भिजाउँदै जानुपर्ने बाध्यता, खोलामा पानीको बहाव बढ्ने बित्तिकै सरन गाउँ जाने बाटो अवरुद्ध, आकस्मिक सेवा लिनुपर्ने बिरामीलाई एम्बुलेन्स जाने वैकल्पिक बाटो नहुनु, यी सबै समस्या झेली रहेका सरनबारीका खड्गबहादुर सिञ्जाली मगरको  मनमा सधैं पिरलो हुने गर्थ्यो ।  मगर मात्र हैन सरनबासीको पहिलो आवश्यकता र प्राथमिकता थियो पुल ।

    images
    images
    images

    अहिले भने सरनबारीका स्थानीयलाई राहत मिलेको छ । रूपन्देहीको देवदह ७ शितलनगरदेखि वडा नम्बर ६ सरनबारी जोड्ने घोडाहा खोलामा निर्माण भइरहेको झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेपछि उनीहरूमा केही खुसी छाएको छ ।

    images
    images
    images

    करिब १ करोड बढी लागतमा निर्माण शुरु भएको झोलुङ्गे पुलको काम ९५ प्रतिशत सकिएको र यही महिनाभित्रै सञ्चालनमा आउने स्मृति सामुदायिक वनका अध्यक्ष भरत कुमार गुरुङले जानकारी दिए । सेतोमसीसंग कुरा गर्दै उनले भने ‘स्मृति सामुदायिक वनका समिति सबै पुल निर्माणमा लागि परेका छौं, अब लगभग काम सकिएको छ । साउन महिनाभित्र पुलबाट वारिपारि गर्न पाइनेछ ।’ गुरुङका अनुसार झोलुङ्गे पुल निर्माण सम्पन्न भएसँगै स्मृति सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरिरहेको स्मृति वन वाटिकामा पर्यटकको संख्या बढ्ने र आन्तरिक पर्यटन प्रवर्द्धन हुने विश्वास गरिएको छ ।

    images
    images
    images

    झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई आवतजावतमा सहज हुने र सरनाबारीमा उत्पादित तरकारी लगायत बस्तुलाई बजारसम्म ल्याउन सहज हुने सरनबारीका स्थानीयले बताए ।

    झोलुङ्गे पुल निर्माणको काम लगभग सकिएको र पक्की पुल समेत निर्माणको अन्तिम चरणमा रहेकोले निर्माण पश्चात पाल्पाको माथागढी गाउँपालिकासँग सिमाना जोडिएको सरनबारी गाउँ पर्यटकीय क्षेत्र समेत भएकोले पर्यटन प्रवर्द्धन र सर्वसाधारणको जीवनस्तर स्तरोन्नति हुने विश्वास गरिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।