Logo

२०८३, आश्विन १०गते


images
images

देवदहको कोलुवामा सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

देवदहको कोलुवामा सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

images
  • सेतोमसी सहकर्मी
  • देवदहको कोलुवामा सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु
    images
    images

     देवदह ।  देवदहमा प्रथम १९ वर्ष मुनि सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । कोलुवा फुटबल क्लबको आयोजनामा  देवदह वडा नं ५ कोलुवा स्थित खेल मैदानमा खेल सुरु भएको हो । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् देवदह नगरपालिका वडा नं ५ सदस्य  विमला दर्लामीले खेलकुदको क्षेत्रमा वडाले गर्न पर्ने सहयोग निरन्तर गरेको बताइन् । उनले केही समय पछि हुने मेयर कप फुटबल प्रतियोगितामा कोलुवा फुटबल क्लबको  खेल हेर्न पाउने अपेक्षा सहित शुभकामना दिएकी  थिइन। 

    images
    images
    images

    देवदह भित्र  पढाइसँगसँगै  खेलकुदलाई पनि अगाडि बढाउनकोलागि आयोजना गरिएको कोलुवा फुटबल क्लबका अध्यक्ष  सन्तु घर्ती मगरले बताए। उनले सेभेन साइड फुटबल प्रतियोगितामा २२ वटा टिमले दर्ता गरेको जानकारी दिए । 

    images
    images
    images

    खेलमा बिजेतालाइ टिमलाई १५ हजार ५ सय ५५ रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र, उपबिजेतालाई  ७ हजार ७ सय ७७ रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।    

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।