Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह रत्न

संघर्षबाट खारिएका एक स्वप्नजीवी

संघर्षबाट खारिएका एक स्वप्नजीवी

images
  • संघर्षबाट खारिएका एक स्वप्नजीवी
    images
    images

    संघर्ष, सपना र सफलताको लोभलाग्दो संगम । अझ यस पछाडि अर्को विशेषण जोड्नै पर्छ, त्यो हो – शालीनता । उनीसंग संगत गर्नेहरुलाई थाहा छ, उनको शालीनताको भव्यता । संघर्षबाट खारिएको, सपना देखिरहने र सफलताको स्वाद चाखिरहेको एउटा सन्तुष्ट र खुसी अनुहार । सूचना प्रविधिको माध्यमबाट देशको स्वास्थ्य सेवा सुधार्न कस्सिएको एक उर्जाशील युवाको नाम हो - सुरेन्द्र न्यौपाने ।

    images
    images
    images

    जिम्मेवारीले थिचिएको बाल्यकाल

    images
    images
    images

    वि. सं. २०४० फागुन १९ गते देवदहको खैरेनीमा जन्मिएका उनी सानैदेखि जिम्मेवारीले थिचिए । बुवाले दोश्रो विवाह गरेपछि उनको परिवारलाई आर्थिक सहयोग शुन्य सरह भयो । बुवा जिम्मेवारीबाट पन्छिएपछि सात जना बच्चाबच्चीहरुको लालनपालन गर्नु उनको आमाको लागि सजिलो हुने कुरै भएन । आमाको दु:ख देखेका सुरेन्द्रले आमालाई घरव्यवहारमा सघाउन थाले । ४ कक्षा पढ्दादेखि नै आफूले घरको कारोबारमा हात हालेको उनी सम्झन्छन् । कक्षा ७ मा पढ्दाबाट त उनले काम नै गर्न थाले । उनले घर अगाडि सानो टंकी राखेर त्यसमा किराना पसल संचालन गर्न थाले । बिहान र साँझ व्यापार, दिउँसो पढाई उनको दैनिकी बन्न थाल्यो । “धेरैजसो त बिहानै बुटवल पुगेर सामान ल्याउने र साँझ आएर त्यसलाई मिलाउने काम गर्नुपर्थ्यो । "कहिलेकाही त अझ सामान लिन सुनौलीसम्म पनि पुगेको छु” उनी पुराना दिनहरु कोट्याउँछन् । हो, यहीबाट नै हो - उनलाई स्वरोजगारमा चस्का पसेको ।

    images
    images
    images

    यसरी पढ्दा पनि उनी पढाईमा अब्बल थिए । कहिले प्रथम त कहिले द्धितीय भईरहन्थे । स्कुले जीवनमा उनले हाजिरीजवाफ, वादविवाद, निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिताहरुमा निरन्तर भाग लिएर पुरस्कार समेत जितिरहन्थे । कहिलेकाही त विद्यार्थीहरु मिलेर नै कार्यक्रमहरु आयोजना गरिरहन्थे । त्यतिबेलादेखि नै हो - उनमा नेतृत्वदायी क्षमताको विकास भएको ।

    कक्षा १ देखि १० सम्म हालको देवदह नगरपालिका वडा नम्बर-५ स्थित केरवानी माध्यमिक विद्यालयमा अध्ययन गरेका उनले स्कुले जीवनमा आफूलाई निरन्तर उत्प्रेरित गरिरहने शिक्षकहरुलाई अहिले पनि मुटुको कुनामा सजाएर राखेका छन् । आफ्नो जीवनका सबै  गुरूहरूप्रति अनुग्रहित उनी  केरवानी माविका तत्कालिन शिक्षकहरू लोकनाथ पाण्डेय, गणेश पाण्डेय, बलराम पौडेल, तोयनाथ पाण्डेय, कृष्ण न्यौपाने, तुल्सीराम पौडेल आदिको नाम महत्व दिएर सम्झन्छन्  ।

    पढाईमा अब्बल उनी खासमा कम्प्युटर ईन्जिनियर बन्न चाहन्थे । तर घरको अवस्थाले उनले ईन्जिनियर बन्ने सपनालाई माया मार्नुपर्यो । त्यही सपनाको फेरो समातेर उनी कम्प्युटर सिक्न जान थाले । उनलाई आज पनि जस्ताको तस्तै सम्झना छ, “त्यतिबेला खैरेनीमा जागेश्वर पंगेनी सरले भर्खरै कम्प्युटर ईन्स्टिच्युट खोल्नु भएको थियो । ‘बेसिक कोर्स’ गरेको दुई हजार थियो । जसरी पनि कम्प्युटर सिक्नुपर्ने थियो । त्यसैले आमालाई मनाएर सिक्न जान थालें” उनी नोस्टाल्जिक सुनिए ।

    यसबिचमा उनी सबैको प्रेरणा र दबाबले बुटवल बहुमुखी क्याम्पसमा आईएस्सीमा भर्ना भए । यता घरको व्यापार पनि चल्न छाड्यो । जेनतेन आईएस्सीको अन्तिम परिक्षा दिए । यता उनको परिक्षाफल प्रकाशित नहुँदै उनलाई शिक्षक हुने प्रस्ताव आयो । उनले सुनवलको एक विद्यालयमा गएर पढाउन पनि थाले । उनी आईएस्सी उत्तीर्ण पनि भए । बिएस्सी पढ्न थाले । बिहान बुटवल पढ्न पुग्ने, दश बजे सुनवल पढाउन पुग्ने । संघर्ष र दु:खसंग अलिकति पनि हार नखाई उनी लागिरहे ।

    जसले सपनालाई मर्न दिएनन्, पछ्याईरहे

    सुरेन्द्रले विज्ञान विषय लिएर पढिरहे पनि उनमा कम्प्युटरप्रतिको लगाव कम भएको थिएन । अझ यसो भनौ, उनको कम्प्युटर ईन्जिनियर बन्ने सपना सुसुप्त अवस्थामा जीवितै थियो । त्यही सपनाले उनलाई बुटवलस्थित कलेज अफ सफ्टवेयर ईन्जिनियरिङमा लग्यो । अब उनले त्यहाँ विभिन्न कोर्सहरु पढ्न थाले । त्यतिबेला राजधानी बाहिर भर्खर-भर्खर कम्प्युटर शिक्षाप्रतिको क्रेज बढ्दो थियो । कम्प्युटरको प्रयोग पनि बढ्ने क्रममा थियो । यो यथार्थलाई बुझेर उनले ‘डिप्लोमा इन सफ्टवेयर ईन्जिनियरिङ’ र ‘डिप्लोमा इन हार्डवेयर एण्ड नेटवर्किङ टेक्नोलोजी’ नामक दुई कोर्सहरु सिध्याए । त्यसपछि उनले बुटवलका विभिन्न स्कुल, कलेज र ईन्स्टिच्युटमा कम्प्युटरका कोर्सहरु पढाउन थाले । यसबिचमा उनले आफ्नो योग्यता बढाउन थप कोर्सहरु समेत पढे ।

    जो जागीरमा रमाएनन्, विदेश पसेनन्

    सानैमा व्यापारको अनुभव बटुलेका उनले दुई कुराहरु कहिल्यै सोचेनन् । एक, जागिरमै रमाएर बस्ने । दुई विदेश जाने । त्यसैले आफ्नो रुची, सपना र योग्यता भएको बिषयमा केही न केही आफ्नै व्यवसाय गर्ने सोंच बनाए । फलस्वरुप उनले आफैले पढेको कलेज अफ सफ्टवेयर ईन्जिनियरिङको ‘फ्रेन्चाइज’ लिए । ‘सेन्टर डाइरेक्टर’ बनेर  पाल्पाको तानसेनमा कम्प्युटरका विभिन्न कोर्सहरु सिकाउन थाले ।

     सुरेन्द्र नेतृत्वको टिमले सन् २०१९ मा ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’को अवधारणा अन्तर्गत रहेर अनलाइन टिकट, बिरामीहरुको मेडिकल रेकर्ड र अस्पताल व्यवस्थापन सम्बन्धि सबै पक्षहरु समेटिएको सफ्टवेयर बनायो । देशभरका करिब सय वटा अस्पतालहरुले प्रयोगमा ल्याएको उक्त सफ्टवेयरले सन् २०१९ को ‘नेसनल प्रोडक्ट आइसीटी अवार्ड’ समेत जित्यो  । यसरी नेपालका अस्पतालहरुमा अनलाईन टिकट सुरुवात गर्ने जस उनैलाई जान्छ ।  

    तानसेनको बसाईले उनको सपना र रुचीमा नयाँ मोड ल्याइदियो । मिसन अस्पतालको फार्मेसीमा काम गर्ने एक जना फर्मासिस्ट उनीसंग कम्प्युटर सिक्न आइरहन्थे । कुरैकुरामा उनले एकदिन फार्मेसीको लागि सफ्टवेयर बनाउने कुरा गरे । विभिन्न संघसंस्थाका वेबसाइटहरु बनाईरहेका उनले फार्मेसीको लागि सफ्टवेयर बनाउने कुरामा उनले तुरुन्तै सहमती जनाए । केही महिनापछि नै उनले फार्मेसीको लागि आवश्यक सफ्टवेयर तयार गरे । यसरी सुरेन्द्र न्यौपाने स्वास्थ्य क्षेत्रसंग संयोगले जोडिए । अब उनलाई यस क्षेत्रको विकृति र सुधार गर्नुपर्ने बिषयहरु आदिको बारेमा जानकारी भैसकेको थियो । त्यसैले उनको मनमा सूचना प्रविधिको माध्यमबाट केही नयाँ गर्ने, त्यसैको माध्यमबाट स्वरोजगार बन्ने र रोजगार पनि सिर्जना गर्ने हुटहुटी चलेको थियो । त्यो सम्भावना र अवसर उनले देखिरहेका थिए । त्यसैले तानसेनको बसाईलाई बिट मारेर उनी काठमाँडौ हानिए ।

    उनले काठमाँडौमा सर्च टेक्नोलोजी नामक कम्पनी खोलेर स्वास्थ्य सम्बन्धी सफ्टवेयरहरु बनाउन थाले । त्यतिबेलासम्म नेपालका अस्पतालहरुमा लेखा सम्बन्धी सफ्टवेयरहरु मात्र  प्रयोगमा थिए ।  सुरेन्द्र नेतृत्वको टिमले सन् २०१९ मा ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’को अवधारणा अन्तर्गत रहेर अनलाइन टिकट, बिरामीहरुको मेडिकल रेकर्ड र अस्पताल व्यवस्थापन सम्बन्धि सबै पक्षहरु समेटिएको सफ्टवेयर बनायो । देशभरका करिब सय वटा अस्पतालहरुले उक्त सफ्टवेयर प्रयोगमा ल्याए । यसरी नेपालका अस्पतालहरुमा अनलाईन टिकट सुरुवात गर्ने जस उनैलाई जान्छ । 

    ict awrd 2019 handover ceremony .jpeg
    आइसिटी अवार्ड २०१९ हस्तान्तरण समारोहमा अवार्ड लिंदै सुरेन्द्र न्यौपाने । तस्वीर : सुरेन्द्र न्यौपानेबाट 

    यसै बिचमा अर्का अभियन्ता डा. सुवास प्याकुरेलसंग उनको भेट भयो । डा. प्याकुरेल पनि स्वास्थ्य क्षेत्र व्यवस्थित गरि विकृतिहरु कसरी कम गर्ने भनेर चिन्तन गरिरहन्थे । लेखिरहन्थे । स्वास्थ्यका विज्ञ र सूचना प्रविधिका विज्ञ दुई जनाको सोंच मिलेपछि वि.सं. २०७४ मा जन्मियो - मेडिफ्लो (Mediflow) ।  यो सफ्टवेयरले यति सफलता पायो कि देशभरका धेरै अस्पतालहरुमा यो प्रयोगमा त आयो नै यसले अवार्ड समेत जित्यो । सन् २०१९ को ‘नेसनल प्रोडक्ट आइसीटी अवार्ड’ (National Product ICT Award)  जितेको यो सफ्टवेयरको सफलताले उनको परिचय र सपनाको आयामलाई अझ फराकिलो बनाइदियो ।

    अहिले मेडिफ्लोको व्यवस्थापनबाट अलग भएर सर्च टेक्नोलोजी (Search Technology) बाट नै उनले थप कामहरु गर्दैछन् । निकट भविष्यमै प्रयोगमा ल्याउने गरी उनको कम्पनीले हेल्थ कार्डको काम गरिरहेको छ । स्थानीय तहहरुले समेत आफ्ना नागरिकहरुको स्वास्थ्यको रेकर्ड राखेर रेखदेख गर्नुपर्छ भन्ने पब्लिक हेल्थ प्रोफाइलिङको अवधारणामाा काम भईरहेको उनी बताउँछन् । त्यतिमात्रै होइन, डाक्टरहरुको लागि Cure Connect  नामक सफ्टवेयर समेत लन्चको तयारी भईरहेको उनको भनाई छ । यसरी उनी सूचना प्रविधिको माध्यमबाट स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्ने र सुधार गर्ने काममा लागिरहेका छन् । “अहिले त यो मेरो अभियान नै भईसक्यो । यही क्षेत्रमा भिँजे, यसभित्रका राम्रा नराम्रा पक्षहरु, विकृतिहरु आदिको बारेमा थाहा पाँए । त्यसैले केही गरौ भन्ने मात्र हो ।  यसरी लागेकै १८ बर्ष भएछ । प्रयास जारी छ, हेरौ कति सकिन्छ” उनी भन्छन् ।

    prabhu-pay-gangalal and mediflow team.jpeg
    गंगालाल मुटु अस्पतालमा अनलाइनबाट टिकट लिन मिल्ने सिस्टम हस्तान्तरण गर्दै उनी र उनको टिम  । तस्वीर : सुरेन्द्र न्यौपानेबाट 

    सुरेन्द्रले यो क्षेत्रमा काम गर्दा सफलता मात्रै चाखेनन्, कैयौ बाधा र समस्याहरुसंग पनि ठोकिए । अस्पतालमा सफ्टवेयर हालेपछि बिचौलियाहरुको आँखाको तारो बनेको तितो अनुभव छ उनीसंग  । मेडिकल क्षेत्रमा बिरामीहरुलाई ठग्न ठुलै गिरोह सक्रिय रहेको उनको अनुभव छ । सफ्टवेयर मार्फत् काम गर्दा सबैकुरा पारदर्शी हुने र चलखेल गरी ठग्न नपाइने हुनाले कैंयौ अस्पतालबाट प्रयोगमा ल्याईसकेको सफ्टवेयर हटाएका घटनाहरु पनि छन् । तर उनी विचलित भएका छैनन् । उनी भन्छन्, “जब कुनै काम आफ्नो व्यवसायभबाट माथि उठेर अभियान बन्छ, तब न थकाई लाग्छ न हार खाईन्छ । पैसा मात्रै कमाऊ भन्ने उद्देश्य कहिल्यै भएन, समाजलाई पनि केही योगदान गरौ भन्ने हो ।“

    ‘सर्च टेक्नोलोजी’ मा ५२ जना आईटी जनशक्तिलाई  रोजगार

    हाल उनको कम्पनी ‘सर्च टेक्नोलोजी’ मा २२ जना फुल टाइम र ३० जना पार्ट टाइम गरी ५२ जना आईटी जनशक्तिले काम गरिरहेका छन् । धेरैले आफूलाई किन विदेश नगएको भन्ने गरेको अनुभव पनि उनीसंग छ । “मलाई पहिल्यै देखि नेपालमै केही गरौ र अरुलाई रोजगार पनि दिन सकौ भन्ने लाग्थ्यो । त्यसमा सफल भएकोमा म खुसी छु” उनी सन्तुष्ट सुनिए । “हामीले अन्र्तराष्ट्रिय रुपमा आवश्यक हुने सफ्टवेयरहरु विकास गर्ने सोच बनाएका छौ” उनले आफ्नो सपना पनि सुनाए ।

    उनमा सपना देख्ने बानी जो छ । हामीले उनको जीवनका पानाहरु पल्टाउँदा के पाउँछौ भने उनी एक स्वप्नजीवी हुन् । उनी आफै भन्छन्, “म आफूलाई सफल मान्छे भन्दा पनि सपना देख्ने र आफ्नो सपनामा इमान्दार र लगनशील भएर लाग्ने मान्छे हुँ भन्ने ठान्छु । काम गर्न धेरै बाँकी छ ।“

    देवदहको माटोमा जन्मिएर देवदहकै हावापानीमा हुर्किएको एउटा युवा आज  समग्र देशको स्वास्थ्य क्षेत्र सुधार्न लागिपरेको छ । विदेश पलायन नभएर अरुलाई पनि स्वदेशमै काम गर्न वातावरण र हौसला दिईरहेको छ । देवदहको बारेमा सधै चिन्तशील छ र केही सपनाहरु पनि साँचेको छ । यो समग्र देवदहको गौरवको विषय हो ।   

    उनी यहाँसम्म आईपुग्न दिवंगत आमाको ठुलो देन भएको ठान्छन् । “आमाको संघर्ष आफूले नजिकबाट देखेको र भागेको भएर म बिग्रन पाइन । मैले धेरै कुरा आमाबाट नै सिके । आमाले बिशेषगरी नआत्तिन र नमात्तिन सिकाउनुभयो । त्यसैगरी दिदिहरु, भाईबहिनी, श्रीमती, साथीभाई र मेरो कम्पनीको टिमलाई पनि म जस दिन्छु ।  म आफू मात्र केही होइन । सबै अरुको साथ र सहयोगको कारणले सम्भव भएको हो” उनी कृतज्ञ सुनिए ।

    देवदहलाई ‘डेभलेभमेन्ट हब’ बनाउने सपना

    उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । ड्रिम देवदहको उपाध्यक्ष समेत रहेका उनी देवदहलाई कसरी विश्व सामु परिचित बनाउने र विकास गर्ने भन्नेमा लागिरहेका छन् । छिटै नै ड्रिम देवदहले काठामांडौमा देवदह बिशेष फोटो प्रर्दशनी गर्न गर्नरहेको उनले जानकारी दिए । देवदहको माटोमा जन्मिएर देवदहकै हावापानीमा हुर्किएको एउटा युवा आज समग्र देशको स्वास्थ्य क्षेत्र सुधार्न लागिपरेको छ । विदेश पलायन नभएर अरुलाई पनि स्वदेशमै काम गर्न वातावरण र हौसला दिईरहेको छ । देवदहको बारेमा सधै चिन्तशील छ र केही सपनाहरु पनि साँचेको छ । यो समग्र देवदहको गौरवको विषय हो ।

    देवदहको बिषयमा के छ त योजना ? प्रश्न खस्न नपाउँदै उनले आफ्नो सपना र योजना सुनाए । देवदहलाई एउटा ‘डेभलेभमेन्ट हब’ को रुपमा विकास गर्ने उनको सपना छ । देवदहमा बसेर संसारको जुनसुकै ठाउँको काम गर्न सकियोस् । त्यस्तो खालको पुर्वाधार र जनशक्ति देवदहमै तयार गर्ने उनको सपना छ । उनको सपनाले छिटै नै पखेटा हालोस् । उनलाई शुभकामना ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।