Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह रत्न

सामाजिक न्यायकी योद्धा डा. मीना पौडेल

सामाजिक न्यायकी योद्धा डा. मीना पौडेल

images
  • सामाजिक न्यायकी योद्धा डा. मीना पौडेल
    images
    images
    कहिले विचारमन्थनका फोरमहरुमा वक्ताका रुपमा, कहिले देश विदेशमा भईरहेका विभिन्न अनुसन्धानहरुमा सल्लाहकारका रुपमा, कहिले टेलिभिजनका पर्दाहरुमा विज्ञका रुपमा, कहिले पत्रिकाका पानाहरुमा विचारकका रुपमा, कहिले सडक गल्लीहरुमा अभियन्ताका रुपमा, कहिले मानव विकास सम्बन्धित सेमिनारहरुमा अनुभवी नेतृत्वका रुपमा आफ्ना विचारहरुलाई निडरतापुर्वक पस्किरहेकी भेटिन्छिन् डा. मीना पौडेल । कहिले देशमा र कहिले विदेशमा । उनको दौडधुप हेर्दा लाग्छ उनको उर्जाले भर्खरै मात्रै यात्रा सुरु गरेको छ । “लामो जागिरे जीवन त्यागेर स्वतन्त्रतापुर्वक बोल्न र लेख्न पाएकी छु, यो भन्दा बढी खुसी म कहिल्यै थिइन” उनी उत्साहित सुनिन्छिन् । समाजशास्त्री, महिला विकासकी अग्रणी, जुझारु र सफल नेतृत्व, निडर व्यक्तित्व, पितृसत्ताको दुश्मन, लेखिका, आप्रवासन विज्ञ, अनुसन्धानकर्ता आदि उनका परिचयका आयामहरु हुन् । अनेक व्यक्तित्वमा फैलिएकी मीनाको जीवन सबैका लागि प्रेरणाको स्रोत हो । उनको जीवन वृत्तान्तलाई अलिकति स्पर्श हामी पनि गरौ ।  
     
    डा. मीना पौडेलको स्थायी घर रुपन्देहीको देवदह हो । बंगाला भन्ने गाँउमा बस्थ्यो उनको परिवार । थारु गाँउमा रहेको एक्लो ब्राहृमण परिवार । वि.सं. २०२० सालमा जन्मिएकी उनी परिवारकी जेठी सन्तान हुन् । उनका ४ भाई र १ बहिनीकी दिदी । निम्न मध्यम वर्गीय परिवार । धेरै सन्तान र सिमित आम्दानी । तैपनि उनका बुवा स्वास्थ्यमा काम गर्ने सरकारी जागिरे र आमा चेतनशील महिला भएका कारण  पठनपाठनमा उती गाह«ो भएन । उतिबेला छोरी मान्छेलाई पढाउने चलन कहाँ थियो र? तैपनि उनका बुवा आमाले उनलाई पढाए । आमालाई आफूले पढ्न नपाएको पछुतो थियो, त्यसैले उनले पनि छोरीलाई पढाउनुपर्छ भनेको मीना स्मरण गर्छिन् । उसो त एक त सरकारी विद्यालय अर्को मीना मेधावी विद्यार्थी भएका कारण निमावि तहको पढाई खर्च तत्कालिन केरवाली गाउँ पन्चायतले तिनेृ गरेको उनी सम्झन्छिन् । पढाईमा तेज उनले बुवा र आमाको सपनालाई न्याय गरिन् । त्यतिबेला देवदहमा विद्यालयहरु खुलिसकेका थिएनन्, उनकी सानिआमाले वुटवल बेसक्याम्पमा रहेको तत्कालिन जनता प्रा. वि. मा पढाउँथिन्, उनले त्यही अक्षर चिनिन् । केही समयपछि मणिग्राम स्थित शान्ति मा. वि. मा उनको औपचारिक शिक्षा आरम्भ भयो । कक्षा २ मा उनी गिर्वाण मा. वि. मा पुगिन् । कक्षा ३ देखि ७ सम्म देवदहकै तत्कालिन भवानी नि. मा. वि. (हालको महामाया भवानी मा.वि.) आइपुगेकी उनले कक्षा ८ देखि १० सम्म बुटवलको कान्ति मा. वि. मा अध्ययन गरिन् । उनलाई स्पष्ट सम्झना छ, त्यतिबेला कक्षा सातसम्म कक्षामा उनी मात्र थिइन् छात्रा । उनका छात्रा साथी कोही थिएनन् । 
    आन्दोलनको अग्रपंक्तिमा रहेर राजतन्त्र विरोधी नारा लगाएको अभियोगमा उनलाई जेल हालियो । उनी जेलमै रहेका बेला नर्सिङ्ग स्नातकको नतिजा प्रकाशित भयो । उनी सर्वोत्कृष्ठ भइन् । उनलाई सरकारले ऐश्वर्य विद्यापदक प्रदान गर्ने घोषणा ग¥र्यो । उनले उक्त पदक बहिष्कार गरिन् । “मलाई मेरो आस्था र विचार भन्दा पुरस्कार ठुलो थिएन त्यसैले बहिष्कार गरे” उनी त्यो क्षण सम्झदै गर्व गर्छिन् । 
    ईन्जिनियर बन्ने सपना संगालेर उनले कक्षा १० सम्म ऐच्छिक गणित लिएर पढेकी थिइन् । तर उनको ईन्जिनियर बन्ने सपनामा तगारो बन्यो घरको आर्थिक अवस्था । धेरै सन्तानलाई पढाउनुपर्ने बाध्यताले परिवारले उनलाई काठमाडौमा ईन्जिनियरिङ पढाउन नसक्ने भयो । नर्सिङ्ग पढेपछि होस्टेलमा बस्न पाइने, महिलाको सामाजिक सुरक्षाको जोखिम पनि कम हुने र जागिरको पनि ग्यारेन्टी हुने कुरा उनले आफ्नी सानीआमाबाट थाहा पाइन् । अझ छात्रवृत्तिमा नाम निकाल्न सके निशुल्क पढ्न पाइने र खाना खर्च पनि पाइने थाहा पाएपछि उनी काठमाडौ हानिइन् । नभन्दै उनको छात्रवृत्तिमा नाम निस्कियो । होस्टेलमा बस्न पाइन्, मासिक रु. २०० पनि पाइन् । उनले प्रथम श्रेणीमा नर्सिङ्ग उत्र्तीण गरिन् । ठिक त्यसैबेला शिक्षण अस्पतालको स्थापना भयो । उनले पहिलो ब्याचको कर्मचारी भएर काम गर्न थालिन् । त्यहाँ उनले ३ बर्ष काम गरिन् र सामुदायिक स्वास्थ्यमा स्नातक पढ्न थालिन् । वि. सं. २०४६÷४७ साल तिरको कुरा हो । देशमा प्रजातन्त्र पुर्नस्थापनाका लागि जनअनन्दोलन चलिरहेको थियो । प्राविधिक बिषय पढेतापनि उनमा राजनीति र सामाजिक विज्ञान प्रति रुची र आलोचनात्मक चेत सानै देखि थियो । त्यसकारण उनी विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । सक्रिय मात्र होइन उनी नेतृत्वकर्ता नै थिइन् । उनी नर्सिङ्ग क्याम्पसको स्ववियु सभापति र नर्सिङ्ग संघको महासचिव जस्तो महत्वपुर्ण भुमिकामा थिइन् । उनले स्वास्थ्यकर्र्मी र विद्यार्थीहरुलाई जनआन्दोलनमा परिचालन गरेकी थिइन् । आन्दोलनको अग्रपंक्तिमा रहेर राजतन्त्र विरोधी नारा लगाएको अभियोगमा उनलाई जेल हालियो । उनी जेलमै रहेका बेला नर्सिङ्ग स्नातकको नतिजा प्रकाशित भयो । उनी सर्वोत्कृष्ठ भइन् । उनलाई सरकारले ऐश्वर्य विद्यापदक प्रदान गर्ने घोषणा ग¥र्यो । उनले उक्त पदक बहिष्कार गरिन् । “मलाई मेरो आस्था र विचार भन्दा पुरस्कार ठुलो थिएन त्यसैले बहिष्कार गरे” उनी त्यो क्षण सम्झदै गर्व गर्छिन् । 
    संस्थाले कन्ट्री डाइरेक्टरको लागि दरखास्त आव्हान ग¥यो । उनले दरखास्त दिइन् । उनका विदेशी र नेपाली गरेर ५ जना पुरुषहरु प्रतिष्पर्धी थिए । सबैलाई उछिनेर उनी अक्फाम नेपालको कन्ट्री डाइरेक्टरको रुपमा नियुक्त भइन् । उनको दाबी अनुसार कुनै पनि अन्र्तराष्ट्रिय गैरसरकारी संस्था (आईएनजिओ) को पहिलो नेपाली महिला कन्ट्री डाइरेक्टर हुन् उनी ।
    आन्दोलन सकियो । स्नातक सकियो । उनको राजनीति पनि सकियो । पारिवारिक जिम्मेवारी र राजनीतिप्रतिको बितृष्णाले राजनीतिमा अगाडि नबढ्ने निर्णय गरिन् उनले । सामुदायिक स्वास्थ्य अध्ययनका सिलसिलामा सिन्धुपाल्चोकका गाँउ गाँउमा गएर अध्ययन र काम गर्दा उनलाई यसप्रति गहिरो रुचि भईसकेको थियो । शिक्षण अस्पतालमा प्रध्यापन गर्छु भनेर माग गर्दा व्यवस्थापनले नदिएको कारण उनले सामाजिक मुद्दामा काम गर्ने अठोट सहित शिक्षण अस्पतालको जागिर छोडिन् । बेचबिखनमा परेर फर्किएकाहरुको सामाजिक पुर्नस्थापनामा काम गर्न उनले परिवर्तनका लागि कार्यरत महिला समुह (वाच) नामक गैरसरकारी संस्था स्थापना गरिन् । देवदहमा कार्यक्षेत्र बनाएर काम गर्ने उक्त संस्थाको कार्यकारी निर्देशकका रुपमा उनले ४ बर्ष बिताइन् । पुरुषप्रधान समाजमा पुरुषहरुसंगै काम गर्न निकै गाह«ो भयो उनलाई । खासगरी महिलाको नेतृत्व स्वीकार गर्न नसक्ने पुरुष सहकर्मीहरुको बाहुल्यता त्यसमाथि उनी युवा महिला । भर्खरै मात्र २६÷२७ बर्षमा हिडिरहेकी । “त्यहाँका पुरुष सहकर्मीहरुले संस्थाको उद्देश्य विपरित काम गर्ने र संस्थालाई पारिवारिककरण गर्न थालेपछि मैले आफैले स्थापना गरेको संस्था छोडे ।” उनी विगत सम्झिन्छिन् । वाचलाई अक्फाम नामक अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाले आर्थिक सहयोग प्रदान गथ्र्यो । मीनाले वाच भित्रको विकृतिहरुको जानकारी सहित राजिनामा दिएपछि अक्फामले आर्थिक सहयोग बन्द ग¥र्यो भने मीनालाई अक्फाममा काम गर्नका लागि प्रस्ताव ग¥र्यो । मीनाले त्यसलाई स्वीकार गरिन् र व्यवस्थापकको रुपमा काम गरिन् । उनले त्यहाँ काम गर्न थालेको ५ बर्ष बित्यो । संस्थाले कन्ट्री डाइरेक्टरको लागि दरखास्त आव्हान ग¥यो । उनले दरखास्त दिइन् । उनका विदेशी र नेपाली गरेर ५ जना पुरुषहरु प्रतिष्पर्धी थिए । सबैलाई उछिनेर उनी अक्फाम नेपालको कन्ट्री डाइरेक्टरको रुपमा नियुक्त भइन् । उनको दाबी अनुसार कुनै पनि अन्र्तराष्ट्रिय गैरसरकारी संस्था (आईएनजिओ) को पहिलो नेपाली महिला कन्ट्री डाइरेक्टर हुन् उनी ।
     
    यस बिचमा उनले राजनीतिशास्त्रमा स्नातक र मानवशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरिन् । नर्सिङ्ग पढ्नु उनको बाध्यता थियो भने सामाजिक विज्ञान पढ्नु उनको रहर थियो । उनी अक्फाम नेपालको कन्ट्री डाइरेक्टर हुँदा नेपालमा जनयुद्ध उत्कर्षमा थियो । धेरै जसो आईएनजिओलाई तत्कालिन विद्रोही पार्टी माओवादीले काम गर्न दिएका थिएनन् । अक्फाम नेपालले भने काम गरिरह्यो । ”माओवादीले निकै दुख दियो । कार्यक्रममा अवरोध गर्ने, धम्की दिने जस्ता क्रियाकलाप त कति भए कति तर पनि हामीले काम गरिरह्यौ । महिला, सिमान्तकृत, दलित समुदाय, सामाजिक बहिष्करणमा परेकाहरु, सुकुम्बासीहरु आदिको क्षेत्रमा काम गर्ने भएकाले स्थानीयहरुकै सहयोग पाइयो त्यसैले पनि हामीलाई सहज भयो” तत्कालिन अवस्था सम्झदै उनी भन्छिन् ।                  
     
    मीनाले जागिरका अलावा महिला सशक्तीकरण र प्राज्ञिक क्षेत्रमा समेत उल्लेख्य काम गरिन् । जुन पिडित समुदाय हो उनीहरु नै संगठित भएर प्रतिवाद नगरेसम्म पिडितहरुले कहिल्यै न्याय पाउदैनन् भन्ने सोचका साथ विभिन्न अभियानहरु चलाईन् । पर्वत जिल्लामा छुवाछुत विरुद्ध दलितहरुको समुह बनाईन् । राष्ट्रिय निकुन्जका कारण जमिन खोसिएकाहरुको समुह बनाएर आन्दोलन चलाइन् । बेचबिखनमा फर्किएर आएका र बहिष्करणमा परेकाहरुको पुर्नस्थापनाका लागि ‘शक्ति समुह’, ‘शक्ति मिलन समाज’ आदि संस्था स्थापनामा वैचारिक र आर्थिक सहयोग गरेर गरेर उल्लेख्य काम गरिन् । त्यसैगरी महिला जागरणका लागि ‘सहअस्तित्व’ नामक रेडियो कार्यक्रम बनाएर देशभरीका धेरै एफएमहरुमा बजाएको उनी बताउँछिन् । उनले केही समय विश्वविद्यालयमा पनि समेत पढाइन् । उनको टिमले समाजशास्त्रमा लैङ्गिक अध्ययनको निम्ति पाठ्यक्रम तयार पारेको उनी बताउँछिन् । त्यो दशक राजनीतिक परिवर्तन पछि मानविय विकासका लागि आधार तयार गर्ने दशक थियो । मीनाले महिला सशक्तीकरण, दलित अधिकार र बहिष्करणमा परेकाहरुको सामाजिक न्यायका लागि धेरै यस्ता काम गरिन् जसले मानव विकासका सवालमा प्रर्याप्त आधार निर्माण ग¥यो । 
     
    उनले अर्को मास्टरका लागि बेलायतको न्यूक्यासल विश्वविद्यालयमा प्रपोजल पठाइन् । युनिभर्सिटीले उनको बायोडाटा र प्रपोजल हेरेर पिएचडी नै गर्न सुझायो । त्यो पनि छात्रवृत्ति दिएर । उनले नमान्ने कुरै थिएन । उनले 'Dealing with Hidden Issues: Social Rejection Experienced by Trafficked women in Nepal' शिर्षकमा पिएचडी गरिन् । यो अनुसन्धानात्मक पुस्तक अहिले अङ्ग्रेजी, स्पेनिस, रसियन, जर्मन, फ्रेन्च, पोर्चुगिज र पोलिस गरी विश्वका ७ वटा भाषामा अनुदित भएर ति देशका धेरै विश्वविद्यालयहरुमा पढाई हुन्छ ।
     
    मीनामा ज्ञान प्राप्तिको भोक गहिरो थियो । पढाईमा सधै अब्बल उनी भित्र उच्च शिक्षामा अर्को इट्टा थप्ने सोच पलायो । अक्फाम नेपालको प्रमुख भएर देश विदेश घुम्दा उनलाई विदेशमा अध्ययन गरेर काम गर्ने क्षेत्रको दायरा फराकिलो बनाउनुपर्छ भन्ने लाग्यो । उनले अर्को मास्टरका लागि बेलायतको न्यूक्यासल विश्वविद्यालयमा प्रपोजल पठाइन् । युनिभर्सिटीले उनको बायोडाटा र प्रपोजल हेरेर पिएचडी नै गर्न सुझायो । त्यो पनि छात्रवृत्ति दिएर । उनले नमान्ने कुरै थिएन । उनले 'Dealing with Hidden Issues: Social Rejection Experienced by Trafficked women in Nepal' शिर्षकमा पिएचडी गरिन् । यो अनुसन्धानात्मक पुस्तक अहिले अङ्ग्रेजी, स्पेनिस, रसियन, जर्मन, फ्रेन्च, पोर्चुगिज र पोलिस गरी विश्वका ७ वटा भाषामा अनुदित भएर ति देशका धेरै विश्वविद्यालयहरुमा पढाई हुन्छ । यो हाम्रो लागि गौरवको कुरा हो ।
     
    1.jpg
    पिएचडी सकेपछि उनले संयुक्त राष्ट्रसंघको आप्रवासन संगठनमा कार्यक्रम व्यवस्थापकको रुपमा काम गर्न थालिन् । यस बिचमा उनको पिएचडीको निष्कर्षमा थप अनुसन्धान गर्न विश्वविद्यालयले उनलाई पोष्ट पिएचडी प्रदान ग¥यो । उक्त अनुसन्धान ४ बर्षमा सकेपछि उनी पुन संयुक्त राष्ट्रसंघको काममै फर्किइन् । कामको सिलसिलामा उनी विश्वका विभिन्न देशहरुमा पुगिन् । खासगरी अजरबैजान, अफगानिस्तान, ताजकिस्तान, तुर्केमिनिस्तान, उज्बेकिस्तान, पाकिस्तान, लिबिया, ट्युनिशिया, श्रीलङ्का, बंगलादेश, फिलिपिन्स लगायतका देशहरुमा उनले काम गरिन् । उनी धेरैजसो ठाउँमा व्यवस्थापकका रुपमा गएपनि उनी भित्रको जिज्ञासु मन र अनुसन्धानकर्मी पनि संगसंगै गयो । अर्थात् उनी जहाँ गएपनि त्यहाँको समाजको अध्ययन अनुसन्धान गर्थिन् । कोरोना माहामारीमा बेतलबी विदा लिएर नेपाल आएको केही समयपछि उनले स्वेच्छिक अवकाश लिइन् । हाल उनी जागिरे जीवनबाट मुक्त भएर स्वतन्त्र नागरिकको हैसियतले बोल्छिन्, लेख्छिन् । देश विदेशमा भईरहेका केही अनुसन्धानमा सल्लाहकारको रुपमा सहयोग गर्छिन् । ‘एसियाली महिला मानव अधिकार परिषद्’को सदस्य पनि रहेकी उनले मानव अधिकार र समानताको लागि आवाज उठाउँछिन् । “कलिलो उमेरदेखि काम गर्न थाले । उच्च तहसम्म काम गरेको अनुभव पनि भयो । उतिबेला जागिरे जिम्मेवारीले मनमा लागेको बिषयमा पनि खुलेर बोल्न पाइएन । अब चाही स्वतन्त्र ढंगले लेख्छु, बोल्छु भनेरै यो बाटो मैले रोजेकी हुँ” उनी भन्छिन् । 
    2.jpg
     
    उनी अविवहित छिन् । विवाह गर्ने चाहना पनि नभएको र परिवारको आर्थिक दायित्व पनि आफूलाई रहेकोले विवाह आफ्नो प्राथमिकतामा नपरेको उनको भनाई छ । “परिवार र आफन्तबाट विवाहको प्रस्ताव नआएको होइन तर त्यसलाई मैले वेवास्ता गरिदिए । त्यसपछि मलाई दबाब पनि आएन” उनी भन्छिन् । हुन पनि उनले कलिलो उमेर देखि नै कमाउन थालिन् । भाई बहिनीलाई पढाउन र घर व्यवहार चलाउन बुवाको एक्लो कमाईले गाह«ो थियो । उनले बुवालाई पुरा सहयोग गरिन् । अहिले पनि उनी बुवा आमा र अन्य परिवारप्रति आफ्नो दायित्व निभाईरहेकी छिन् । हाम्रो जस्तो पितृसत्तात्मक समाजमा छोरीले पनि बुवा आमालाई हेर्न सक्छिन् भन्ने ठुलो उदाहरण र प्रेरणा हुन् उनी । 
     
    "वाचमा काम गर्दा त्यहाँका पुरुष सहकर्मीहरुले स्वीकार्न नसकेर दुख दिएपछि म केही समय निराश पनि भएँ  । तर केही गरेरै छोड्ने अठोट लिएर अगाडि बढे । डाइरेक्टरको रुपमा अफिसको काम लिएर मन्त्रालय जाँदा समयमा काम नगरिदिने, खिसीट्युरी गर्ने त कति गर्थे कति । तर म हार मान्दिनथे । एकपटक विदेशबाट अफिसले पठाइदिएको म चढ्ने गाडी बिनाकारण ११ महिना भन्सारमा रोके । एकपटक योजना आयोगको वैठकमा साडी नै लगाएर आउने नत्र नआउने भनेपछि मैले वैठक नै बहिष्कार गरे । तिमीहरुलाई साडी चाहिएको हो कि मीना पौडेल भनेपछि बल्ल उनीहरु गले ।"
     
    साच्चै पितृसत्तात्मक समाजमा महिला भएर देश विदेशका गाँउ गाँउ डुलिहिड्दा उनले अनुभव गरेका दुख र सास्तीका कथाहरु त कति छन् कति । “म त पार्टीहरुमा पनि नजाने, जाँड रक्सी नखाने, त्यसमा पनि एकल महिला र विभेद सहन नसक्ने महिला भएकै कारण यहाँको समाज, पितृसत्ताका ठेकेदारहरु र राज्यले मलाई धेरै दुख दिए तर म कहिल्यै हार खाइन । सहेर बसिन । प्रतिवाद गरिरहे । त्यसैले म विजेता बने । म सबै महिलाहरु अन्याय सहेर नबस्न सल्लाह दिन्छु । वाचमा काम गर्दा त्यहाँका पुरुष सहकर्मीहरुले स्वीकार्न नसकेर दुख दिएपछि म केही समय निराश पनि भएँ  । तर केही गरेरै छोड्ने अठोट लिएर अगाडि बढे । डाइरेक्टरको रुपमा अफिसको काम लिएर मन्त्रालय जाँदा समयमा काम नगरिदिने, खिसीट्युरी गर्ने त कति गर्थे कति । तर म हार मान्दिनथे । एकपटक विदेशबाट अफिसले पठाइदिएको म चढ्ने गाडी बिनाकारण ११ महिना भन्सारमा रोके । एकपटक योजना आयोगको वैठकमा साडी नै लगाएर आउने नत्र नआउने भनेपछि मैले वैठक नै बहिष्कार गरे । तिमीहरुलाई साडी चाहिएको हो कि मीना पौडेल भनेपछि बल्ल उनीहरु गले । पुरुषप्रधान समाजमा त्यतिबेला महिला भएर हिड्न बोल्न नै गाह«ो थियो । अझ केही गर्छु भनेपछि त झनै दु:ख पाइन्थ्यो । तर ति सबै बाधाहरुलाई चिरेर आफूलाई थप शसक्त बनाउनुको विकल्प छैन ।” उनी नोस्टाल्जिक र दृढ एकैपटक सुनिन्छिन् । 
     
    “पितृसत्तात्मक सोचमा पहिलेको भन्दा अहिले केही सुधार छ कि?” प्रश्न खस्ना साथ उनी बोल्न थाल्छिन्, “सुधार त आएको छ तर प्रविधिको व्यापकताले समाज झन् जटिल बन्दैछ, पितृसत्ताले स्वरुप परिवर्तन गरेको छ, यो कुरा हामीले राम्रोसंग बुझ्नुपर्छ । अर्को कुरा यहाँ नारीवादप्रतिको बुझाईमा पनि समस्या छ । नारीवाद महिला समुदायको मात्र विचार होइन । यो त समानताको विचार हो । यदि तपाई समानता र सामाजिक न्यायलाई मान्नुहुन्छ भने तपाई जुनसुकै लिङ्गको भएपनि नारीवादी (फेमिनिष्ट) हो । अहिलेको शिक्षामै समस्या छ । अहिलेको शिक्षाले साक्षर बनाउँछ, सचेत बनाउँदैन । हामीले यसमा पनि काम गर्नुपर्नेछ ।” 
    3.jpg
     
    एउटा निम्न मध्यम वर्गीय परिवारमा जन्मिएर देश विदेश घुम्ने हुँदा सम्मको आफ्नो जीवनलाई कसरी हेर्नुहुन्छ? प्रश्नले डा. मीना केहीबेर सोचमग्न भइन् र भनिन् “म जस्तो अवस्थाबाट यहाँसम्म आईपुगे त्यो हेर्दा सफल नै भएँ जस्तो लाग्छ । र, अर्को कुरा मैले जुन जुनबेलामा जे जे निर्णय लिए ति अहिले हेर्दा ठिक रहेछन् भन्ने लाग्छ ।” हुन पनि उनले जिन्दगीका धेरै मोडहरुमा बोल्ड निर्णय लिन कहिल्यै खुट्टा कमाइन् । देवदहको माटोमा हुर्किएर देश विदेशमा बसेर काम गरिरहँदा आफ्नो ठाँउलाई केही योगदान दिने चाहना छ उनमा । “अहिलेसम्म समाजबाट लिए, अब चाहि समाजलाई फिर्ता दिने हो । देवदहको सन्दर्भमा पनि त्यही नै हो” उनी भन्छिन् । 
     
    उनको जीवन वृत्तान्तको मोटामोटी अंश सुनिसकेपछि एउटा निष्कर्ष चाहि अवश्य निस्कन्छ ।  एक स्वतन्त्र पंक्षी, आफ्नै मर्जीको मालिक, निर्भिक र जुझारु योद्धा अनेक बिम्बहरुमा चिन्न सकिने सामाजिक न्याय र समानताका लागि समर्पित एक व्यक्तित्वको नाम हो डा. मीना पौडेल । अन्तिममा एउटा कुरा सुटुक्क भन्नुछ सबैलाई, उनको आत्मकथा प्रकाशित हुदैछ । बाँकी कथा उतै पढौला ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।