Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह रत्न

महिला जागरणकी अगुवा सरस्वती पोखरेल

महिला जागरणकी अगुवा सरस्वती पोखरेल

images
  • महिला जागरणकी अगुवा सरस्वती पोखरेल
    images
    images

    आधा आकाश ढाकेका महिलाहरुको सवालमा हाम्रो समाज आज पनि त्यति उदार छैन जति हुनुपर्ने हो । पुरुषप्रधान समाजमा महिला भएर बाँच्नुका अनेक कठिनाइहरु छन् । तथापि हिजोभन्दा आज पक्कै पनि सुधार चाहीं भएको छ । सन्तुष्ट नै हुनुपर्ने गरी सुधार नभएता पनि सन्तोषजनक सुधार पक्कै पनि भएको छ । आजको अवस्थासम्म आइपुग्न के त्यत्तिकै सम्भव भएको हो ? पक्कै पनि हैन । त्यसका लागि धेरैले धेरै किसिमका योगदान दिएका छन् । पछाडि पारिएका समुदाय त्यसमा पनि महिलाहरुको जागरणमा अथक मिहिनेत गरेर आजको अवस्थासम्म ल्याइपु¥याउन योगदान दिनेहरु मध्येकी अभियन्ता हुन्, सरस्वती पोखरेल ।

    images
    images
    images

    देवदह नगरपालिका वडा नं. ७ सुनकौडाकी स्थायी बासिन्दा सरस्वती पोखरेल देवदह, केरवानी, सिक्टहन, मक्रहर, करहिया र छोड्की रामनगर क्षेत्रमा चिनिएकी महिला अभियन्ता हुन्,  जसले महिलाहरुको जागरणमा धेरै घाम पानी सहेकी छिन् । धेरै चप्पल फटालेकी छिन् । यो क्षेत्रका पुराना महिलाहरु कमै छन्, जसले उनलाई चिन्दैनन् । लगन, अठोट र संघर्षबाट उनले यो क्षेत्रमा महिलाहरुको जीवन र सोचाईमा व्यापक परिवर्तन ल्याएकी छन् । कसरी ? जान्नलाई उनको कथामा पस्नै पर्छ ।

    images
    images
    images

    वि.सं. २०२३ चैत्र २३ गते गुल्मीको तत्कालिन सिर्सेनी गा.वि.स. वडा नं. ४ (हाल मदाने गाउँपालिका वडा नं. ३ काफलपाटा) मा एक सामान्य परिवारमा जन्मेकी सरस्वतीको विद्यालय शिक्षा घर नजिकैको रियाले प्रा. वि. बाट सुरु भई श्री मालिका माध्यमिक विद्यालय, मर्भुङ्ग, सिमल्टारीबाट एलएलसी पुरा भयो । २ जना भाईहरु र ५ जना बहिनीहरुकी दिदि सरस्वती पढाईमा राम्रै थिइन् तर कक्षा ७ मा पढ्दै गर्दा उनको मागी बिहे भयो । उनका बुवा शिक्षक भएकाले छोराछोरीलाई पढाउनुपर्छ भन्ने थियो । पढाउने शर्तमा बिहे गरिदिएका थिए । त्यसैले उनको पढाई रोकिएन । “बुवाको तलब त्यतिबेला मासिक ४० रुपैया थियो, धेरै सन्तान भएकोले आर्थिक रुपमा पढाउन गाह«ो भएपनि बुवाले हामीलाई पढाउनु भयो । बुवा र आमा शिक्षित भएकाले हामी सबैले पढ्न पायौ । बिहे भएपछि श्रीमानले पनि पढ्न साथ दिनुभयो ।” उनले आफुले पढ्न पाएकोमा बुवा आमा र श्रीमानलाई जस दिन्छिन् । वि.सं. २०४२ सालमा उनको परिवार बसाईसराई गरेर सुनकौडा आएपछि उनले बुटवल बहुमुखी क्याम्पसमा प्रविणता प्रमाणपत्र पढ्न थालिन् । वि.सं. २०४५ सालमा पहिलो सन्तानको रुपमा छोरीको जन्म भएपछि उनको समय घर गृहस्थीमा बित्न थाल्यो । यसरी उनले कक्षा १२ सम्म मात्रै अध्ययन गरिन् । वि.सं. २०५० सालमा उनलाई परिवर्तनका लागि कार्यरत महिला समुह (वाच) नामक गैरसरकारीबाट काम गर्न प्रस्ताव आयो । त्यतिबेला पढेलेखेका महिलाहरु खासै थिएनन् । भएका पनि शहर बजार तिर थिए । गाँउमा बसेर काम गर्न सबैले चाहदैन थिए । उक्त संस्था मार्फत् पिछडिएका वर्ग र महिलाहरुको उत्थान र जागरणका लागि काम गर्ने भनेपछि उनी तयार भइन् । यहीबाट सरस्वतीको जिन्दगीको अर्को अध्याय सुरु भयो ।

    images
    images
    images

    “केरवानीमा १२ घर परिवारलाई साक्षर बनाई बधुवा मजदुरबाट मुक्त गराउँदा धेरै सास्ती भोगियो । कतिपयको ऋण समेत समुहबाट निकालेर चुक्ता गराईयो । उनीहरुलाई सिकाउँदा, तालिम दिदा लुकेर गर्नुपथ्र्यो । हाम्रो सुराकी गर्न जासुसहरु खटिन्थे । जोखिम उठाएर भएपनि हामीले मुक्त गराईछाड्यौ” उनी गर्व गर्दै भन्छिन् । कतिपय गाउँमा त पुरुषहरुले महिलाहरुलाई भेट्न पनि दिदैनथे । एउटा गाउँमा त्यहाँका महिलाहरुलाई भेट्न मात्रै ३ दिन लागेको उनको अनुभव छ ।  

    सुरुमा उनलाई प्रौढ शिक्षा पढाउने जिम्मेवारी आयो । उनले तालिम लिएर काम सरु गरिन् । १० महिनासम्म प्रौढ शिक्षा पढाउँदा उनमा महिला विकासमा काम गर्ने हौसला बुलन्द भयो । थारु समुदाय लगायत अन्य पिछडिएको वर्गका महिलाहरुलाई साक्षर र जागरुक बनाउन थालिएको अभियान त्यसपछि अर्कै ढंगले अघि बढ्यो । वाचले १० ठाउँमा १० महिनाको प्रौढ कक्षा चलाएपछि डेढ महिनाको तालिम आयोजना ग¥यो । जनताको संगठन कसरी गर्ने बिषयको तालिममा उनी पनि सहभागी बनिन् । घरबाट ३ किलोमिटर टाढा भवानीपुरमा आयोजित उक्त तालिम लिन उनी बिहान घरको काम सकेर पैदलै जान्थिन् । दिउँसो तालिम लिएर साँझ पुन: घरको काम गर्न आईपुग्थिन् । बच्चाहरुलाई श्रीमान्, जेठाजु र जेठानी दिदिले हेरचाह गरेर आफूलाई साथ र हौसला दिएको उनी सम्झिन्छिन् ।

    तालिममा सक्रिय सहभागी भएको र महिला विकासमा काम गर्न रुची देखाएकै कारण उनलाई वाचबाट जागिरको प्रस्ताव आयो । त्यतिबेला गाउँ गाउँमा गएर महिलाहरुलाई संगठित गर्न सजिलो थिएन । उनले यसलाई रुचीको बिषय भएकाले उत्साहित भएर स्वीकार गरिन् । उनलाई निरक्षर महिलाहरुलाई सिकाउँदा र उनीहरुमा जागरुकता आउँदा आत्म सन्तुष्टि मिल्थ्यो । त्यसैले उनले यो काममा आफुलाई खरो उतारिन् । उनले तत्कालिन गाउँ विकास समितिहरु देवदह, केरवानी, सिक्टहन, मक्रहर, करहिया र छोड्कीरामनगरका गाँउगाउँमा गएर महिलाहरुको समुह निर्माण गर्ने, साक्षर बनाउने, उनीहरुको हक अधिकारहरुको बारेमा जनचेतना फैलाउने, नेतृत्व क्षमता सिकाउने, महिलाहरुको जन्मदर्ता, विवाहदर्ता र नागरिकता बनाउन उत्प्रेरित गर्ने, प्राकृतिक स्रोत साधन माथि महिलाहरुको अधिकारको बारेमा बताउने, आत्मसुरक्षाका उपायहरु सिकाउने आदि काम गर्न थालिन् । निरक्षर महिलाहरु घरभित्रकै काममा अल्झिनुपर्ने, अनेक किसिमका हिंसाहरु व्यहोर्नुपर्ने, अवसरहरु र हकअधिकारहरुबाट बन्चित हुनुपर्ने त्यतिबेलाको पुरुषप्रधान समाजमा उनले धेरै कठिनाईहरुको सामना गर्नुप¥यो । “गाउँका अगुवाहरुबाट धम्की आए, महिलाहरु बिगार्न हिडेका भनेर गाली गलौज त कति आए कति । जनप्रतिनिधीहरुले समेत महिलाहरुलाई उचाल्ने काम नगर्नु भनेर धम्क्याउँथे । जति बाधाहरु आउथ्यो, त्यति काम गर्न मजा पनि आउथ्यो” उनी त्यतिबेलाको कठिनाईहरु सम्झिन्छिन् ।

    उनले महिलाहरुलाई संगठित मात्र गर्थिनन्, आय आर्जनसंग जोड्न सामुहिक कृषि गराउने, पानी, वन पैदावारको अधिकारको बिषयमा सम्झाएर स्थानीय निकायसंग माग गर्न लगाउने आदि काम पनि गर्थिन् । जसका कारण उनलाई र वाचलाई महिलाहरुलाई उचालेको भनेर आरोप लाग्थ्यो । भवानीपुरमा पानीको बोरिङ राखेर पानी निकाली सामुहिक कृषि गराएको, सितलनगर डाँडामा खानेपानी पु¥याएको, केरवानीमा बधुवा मजदुरहरुलाई मुक्त गराएको लगायतका घटनाहरु आज पनि उनका मनमा ताजै छन् । “केरवानीमा १२ घर परिवारलाई साक्षर बनाई बधुवा मजदुरबाट मुक्त गराउँदा धेरै सास्ती भोगियो । कतिपयको ऋण समेत समुहबाट निकालेर चुक्ता गराईयो । उनीहरुलाई सिकाउँदा, तालिम दिदा लुकेर गर्नुपथ्र्यो । हाम्रो सुराकी गर्न जासुसहरु खटिन्थे । जोखिम उठाएर भएपनि हामीले मुक्त गराईछाड्यौ” उनी गर्व गर्दै भन्छिन् । कतिपय गाउँमा त पुरुषहरुले महिलाहरुलाई भेट्न पनि दिदैनथे । एउटा गाउँमा त्यहाँका महिलाहरुलाई भेट्न मात्रै ३ दिन लागेको उनको अनुभव छ । वन पैदावारमाथि महिलाहरुको अधिकारका सवालमा बोल्दै हिड्दा धेरै खाली जग्गामा वृक्षरोपण गराएको र तिन वटा सामुदायिक वनको त विधान नै तयार गरेर समुदायलाई हस्तान्तरण गरेको उनी बताउँछिन् । सामुदायिक वन जनताको हातमा जानुपर्छ भन्ने वाच पहिलो संस्था रहेको र त्यसका लागि डा. नारायणकाजी श्रेष्ठले पैरवी गरेको उनी दाबी गर्छिन् । 

    “गाउँका अगुवाहरुबाट धम्की आए, महिलाहरु बिगार्न हिडेका भनेर गाली गलौज त कति आए कति । जनप्रतिनिधीहरुले समेत महिलाहरुलाई उचाल्ने काम नगर्नु भनेर धम्क्याउँथे । जति बाधाहरु आउथ्यो, त्यति काम गर्न मजा पनि आउथ्यो” उनी त्यतिबेलाको कठिनाईहरु सम्झिन्छिन् ।

    यसरी महिलाहरुलाई संगठित र जागरुक बनाउने क्रममा ८५ वटा समुहहरु निर्माण गरेको र ति सबै समुहको मातृ संस्था ‘महिला जागरण सहयोग समुह’ स्थापना गरेको उनी बताउँछिन् । यसरी उनले ७ बर्ष सम्म काम गरिन् । बाहिर काम गर्दा जति कठिनाईहरु आएपनि श्रीमानले हरबखत आफूलाई साथ दिएको उनको भनाई छ । त्यसैगरी यो क्षेत्रमा काम गर्ने अवसर दिने, हौसला दिने र विश्वास गरेर प्रशिक्षित गर्ने डा. मिना पौडेलप्रति उनी आभारी छिन् । 

    महिलालाई तालिम din.jpg

    उनको योगदान यतिमै सिमित छैन । त्यसपछि उनी चेलीबेटी बेचबिखन विरुद्धको जनचेतना अभियानहरुमा सहभागी भईन् । चेलीबेटी बेचबिखन, एचआईभी, यौनरोग आदिको बारेमा जनचेतना फैलाउदै उनी नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लाका धेरै गाँउहरुमा पुगिन् । तालिम दिइन्, भाषण गरिन्, सडक नाटक देखाइन् । सडक नाटकमा उनी अरुलाई गाह«ो लाग्ने बेचिएकी चेली ‘सुन्तली’को भुमिकामा हुन्थिन् । बुटवलको व्यापार मेला तथा प्रर्दशनीमा एकपटक नाटक देखाएको र केही समयपछि बुटवलको हाटबजारमा उनलाई केही मानिसहरुले सुन्तली भनेको बोलाएको रोचक घटना उनी स्मरण गर्छिन् । एकपटक उनी एक हप्ताको तालिममा सहभागी हुन एकजना साथीसंग भारतको उडिसासम्म पुगिन् । यसरी उनी ८ बर्षसम्म निरन्तर हिडिन् । यसरी काम गर्दा कैयौ पटक चेलीबेटी बेच्ने गिरोहलाई परिचय र हुलिया बदलेर खोज्न हिडेको र समाएर प्रहरीमा बुझाएको अनुभव पनि उनीसंग छ । 

    सरस्वती महिला जागरणकी अभियन्ता मात्रै होइनन् । उनी शिक्षिका पनि भईन् । स्थानीय देवदह बुद्ध पब्लिक बोर्डिङ स्कुलमा ७ बर्ष पढाइन् । उनी पहिले नेकपा (एमाले) को इलाका कमिटीको सदस्यसम्म भईन् । पार्टी विभाजन पछि हाल नेकपा (एकिकृत समाजवादी) को जिल्ला सचिवालय सदस्य र अनेम संघको लुम्बिनी प्रदेश सह सचिव छिन् । त्यसैगरी वि.सं. २०७४ सालको स्थानीय निर्वाचनमा देवदह नगरपालिका वडा नं. ७ को वडा सदस्य निर्वाचित भई जनप्रतिनिधिको रुपमा काम पनि गरिन् । विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि बसेर सामाजिक कामहरु पनि गरिन् । आज पनि उनी सामाजिक क्रियाकलापहरुमा उत्तिकै सक्रिय छिन् ।

    जीन्दगीलाई फर्केर हेर्दा उनी महिला जागरणमा केही काम गर्न पाएकोमा सन्तुष्ट छिन् । “हामीले विकास गरेका दिदिबहिनीहरु धेरै अगाडि पनि बढ्नु भएको छ । कतिपय त संसद पनि हुनुभयो । धेरैलाई नागरिकता र विवाहदर्ता दिलाइयो । दिदिबहिनीहरुमा आएको जागरण देख्दा म खुसी नै छु तर अझै प्रर्याप्त छैन । महिलाहरुले आफ्नो हक अधिकारका लागि आफै सक्रिय र जुझारु हुनुपर्छ । महिलाहरुको अवस्थामा सुधार आएपनि पितृसत्ताको सोचमा निरन्तर धावा बोलीरहन आवश्यक छ” उनी भन्छिन् । यसरी उनी महिला जागरणमा काम गर्ने देवदहकै एक अग्रणी महिला हुन् । उनले प्रशिक्षित गरेका धेरै महिलाहरु आज पनि उनलाई श्रद्धाका साथ हेर्छन् । उनको क्रियाशिलता यो समाजलाई अझै आवश्यक छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।