Logo

२०८३, श्रावण ३०गते


images
images

 मूल्यवान सकोसको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा ठटराई चयन

 मूल्यवान सकोसको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा ठटराई चयन

images
  •  मूल्यवान सकोसको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा ठटराई चयन
    images
    images

    देवदह  । मूल्यवान बचत तथा ऋण सहकारी संस्थाको दशौ बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गोविन्द ठटराईको अध्यक्षतामा संचालक समिति गठन गरेको छ । 

    images
    images
    images

    जसको उपाध्यक्षमा गणेशबहादुर विक, सचिवमा दिलकुमार विक, कोषाध्यक्षमा विकास गहतराज, सदस्यहरुमा सोनु विक, धनबहादुर सुनार, सुवास विक, सुरज पोखरेली, होमबहादुर विक, विपिन विक, राधा बुढाथोकी रहेका छन् । यसैगरी हुनबहादुर सुनार संयोजक रहेको लेखा सुपरीवेक्षण समिति गठन गरेको छ । जसको सदस्यहरुमा गंगाबहादुर विक, राजकुमार थापा ठड्राई रहेका छन् ।

    images
    images
    images

    यसैबीच अधिवेशनको उद्घाटन गर्दै नेफस्कुन बुटवल कार्यालयका प्रमुख प्रकाश अधिकारीले आर्थिक पारदर्शिताले मात्र संस्थाको विकास हुने हुदा संस्थाका शेयर सदस्यहरु सचेत हुनु पर्ने बताए । उनले शेयर सदस्यले नियमित रुपमा मासिक बचत नगर्ने हो भने संस्थामा विकृति आउने हुदा यस तर्फ सवै सचेत हुन आग्रह गरेका छन्। संस्थामा आर्थिक तरलता सुधार गर्न आवश्यक रहेको बताउदै आफना शेयर सदस्यहरुलाई व्यवसायीक बनाउन सहकारीले भूमिका खेल्नु पर्नेमा उनले जोड दिएका छन्। 

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिका, सहकारी विभाग प्रमुख गंगाप्रसाद पन्थी, लुम्विनी प्रदेश अर्थमन्त्रालयका शाखा अधिकृत मोहन परियार, सल्लाहकार ईन्द्रबहादुर सुनार, सामाजिक व्यक्तित्व गंगाराम विक, मिजार सेवा समाजका खुमबहादुर नेपाली, विश्वकर्मा सेवा समाजका आनबहादुर विश्वकर्मा, व्यवसायी राजेन्द्र गोतामे लगायतले आ–आफना भनाई राखेका थिए। 

    कार्यक्रममा डा. सन्दिप लोहनी, कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी, जेष्ठ सदस्य, वाल बचतकर्ता, असल ऋणि र असल बचतकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष ठड्राईले बार्षिक प्रतिवेदन, सचिव दिलकुमार विकले प्रगति प्रतिवेदन, कोषाध्यक्ष विकास गहतराजले २ करोड १६ लाख बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।