Logo

२०८३, श्रावण ३०गते


images
images

बालमैत्री स्थानीय शासन

 बालमैत्री वडा बनाउन बाल बिवाह र सुर्तीजन्य बस्तु बाधक, संघसंस्थाको सहयोग लिने कार्ययोजना

 बालमैत्री वडा बनाउन बाल बिवाह र सुर्तीजन्य बस्तु बाधक, संघसंस्थाको सहयोग लिने कार्ययोजना

बालमैत्री शासनका ५१ मध्ये ३२ सुचक पूरा, १९ सुचक कार्यन्वयनको चरणमा
images
  •  बालमैत्री वडा बनाउन बाल बिवाह र सुर्तीजन्य बस्तु बाधक, संघसंस्थाको सहयोग लिने कार्ययोजना
    images
    images

    देवदह ।  बालमैत्री स्थानिय शासनका सबै सूचक पुरा गरेर देवदह नगरपालिकाको पहिलो बालमैत्री वडा बन्ने अभियानमा अघि बढेको देवदह-५ ले बालमैत्री वडा बनाउन बाल बिवाह र सुर्तीजन्य बस्तु बाधक बनेको निष्कर्ष निकालेको छ। आइतबार कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङ समेतको उपस्थितिमा बसेको बालमैत्री वडा समितिको बैठकले बाल बिवाह र लागू पदार्थ सुर्तीजन्य बस्तुको सेवन बालबालिकामा व्यापक देखिएकोले समस्या समाधान गर्न रणनीतिक रुपमा लाग्ने र विभिन्न संघसंस्थाको सहयोगमा लिने कार्ययोजना पारित गरेको हो ।

    images
    images
    images

    बैठकले बालमैत्री सुचकको स्थानीयकरण र विश्लेषण, बालमैत्री सुचक प्राप्तिको लागी कार्ययोजना, बालमैत्री आचारसंहिता, बालमैत्री वडा घोषणा कार्यतालिका लगायतको विषयमा समिक्षा र सरोकारवालासंग सल्लाह गरि  आगामी कार्ययोजना पारित गरेको वडा अध्यक्ष गणेश डुम्रेले जानकारी दिए। वडामा बालमैत्री स्थानीय शासनका ५१ मध्ये ३२ सुचक पूरा भएको र १९ सुचक कार्यन्वयनको चरणमा रहेको उल्लेख गर्दै उनले वडाबासीको सहकार्यमा कार्यतालिका बनाएर तोकिएकै समयमा बालमैत्री वडा घोषणा गर्ने गरि आफूहरू अगाडि बढेको बताए । 

    images
    images
    images

    आइतबारको छलफलमा वडा सदस्यहरु बिमलादेवि दर्लामी, साबित्रा पौडेल, देवदह नगर अस्पताल प्रमुख संज्ञा सेन, देवदह प्रहरी चौकिका प्रहरी नायक निरीक्षक मोहनलाल अधिकारी, केरवानी माध्यमिक विद्यालयका सह-प्रध्यानाध्यापक खेमानन्द ज्ञवाली,  वडा सचीव प्रदिपप्रसाद गौतम, नगर प्याब्सन अध्यक्ष राम बहादुर गुरुङ, टोल विकासका संस्थाका प्रतिनिधिहरू नगर र वडा बाल संजालका पदाधिकारी र सदस्य लगायतको सहभागीता रहेको वडा कार्यालयले जनाएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।