Logo

२०८३, आश्विन १०गते


images
images

स्थानीय तह

तीन महिनामा देवदहले गर्यो १ करोड ४५ लाख राजश्व संकलन, कुन वडामा कती उठ्यो ?

तीन महिनामा देवदहले गर्यो १ करोड ४५ लाख राजश्व संकलन, कुन वडामा कती उठ्यो ?

images
  • तीन महिनामा देवदहले गर्यो १ करोड ४५ लाख राजश्व संकलन, कुन वडामा कती उठ्यो ?
    images
    images

    देवदह । देवदह नगरपालिकाले आ.व.२०८०/०८१ को प्रथम त्रैमासिकमा १ करोड ४५ लाख ६० हजार १७४ रूपैयाँ राजश्व संकलन गरेको छ  । चालू आर्थिक वर्षमा १८ करोड ४१ लाख ६० हजार राजश्व संकलनको लक्ष्य लिएको नगरपालिकाले प्रथम त्रैमासिकमा अपेक्षित लक्ष्यको ७४ दशमलब ४२ प्रतिशत राजश्व संकलन गरेको हो  ।

    images
    images
    images

    प्रथम त्रैमासिक प्रगति तथा समिक्षा कार्यक्रममा राजश्व शाखा प्रमुख विष्णु प्रसाद बस्याल र सहायक सृजना ओलीले प्रस्तुत गरेको तथ्यांक अनुसार देवदह नगरपालिका कार्यालयले प्रथम त्रैमासिकमा बिभिन्न शीर्षकमा ४४ लाख ८४ हजार २०७ रूपैया राजश्व संकलन गरेको छ  ।

    images
    images
    images

    सबैभन्दा धेरै राजश्व संकलन वडा नं. ७ मा

    images
    images
    images

    वडा तर्फ सबैभन्दा धेरै राजश्व वडा नं. ७ ले संकलन गरेको छ । १२ लाख ९६ हजार ५६७  राजश्व संकलन गरेको वडा नं. ७ लाई वडा नं. ५ ले पछ्याईरहेको छ  ।  वडा नं. ५ ले १२ लाख ९४ हजार ४९० राजश्व संकलन गरेको छ  । वडा नं. ५ को पछिपछि वडा नं. ९ छ  । वडा नं. १ ले ११ लाख ५८ हजार ३४२ रूपैया राजश्व संकलन गरेको छ  ।

    कम राजश्व संकलन हुने वडामा वडा नं. ३ को कार्यालय ५ लाख ४० हजार ८२६, वडा  नं. १० को कार्यालय ५ लाख ५० हजार ५४४ र  वडा नं. ६ को कार्यालय ५ लाख ६० हजार ९४७ रूपैया रहेका छन  । यी वडामा छ लाख भन्दा कम राजश्व संकलन भएको छ  ।

    कुन कार्यालयबाट कती  राजश्व संकलन ?

    कार्यालय  संकलित राजश्व 
    देवदह नगरपालिकाको कार्यालय ४४,८४, २०७.००
    वडा नं. १ को कार्यालय ६,२०,२२९.००
    वडा नं. २ को कार्यालय ७,६६, ३७१.८२
    वडा नं. ३ को कार्यालय ५,४०,८२६.००
    वडा नं. ४ को कार्यालय ८,३१,८१४.००
    वडा नं. ५ को कार्यालय १२,९४,४९०.८४
    वडा नं. ६ को कार्यालय ५,६०,९४७.६०
    वडा नं. ७ को कार्यालय १२,९६,५६७.६७
    वडा नं. ८ को कार्यालय ६,६०,६८७.००
    वडा नं. ९ को कार्यालय ११,५८,३४२.४३
    वडा नं. १० को कार्यालय ५,५०,५४४.४०
    वडा नं. ११ को कार्यालय ९,२६,७७२.००
    वडा नं. १२ को कार्यालय ८,६८,३७४.७६
    जम्मा  १,४५,६०,१७४.६५

     

    कुन शीर्षकमा कती  राजश्व संकलन ?

    शीर्षकगत रूपमा देवदह नगरपालिकामा सबैभन्दा धेरै राजश्व बहाल विटौरी करबाट ३६ लाख ५८ हजार ४९९ संकलन भएको छ भने सबैभन्दा कम राजश्व संकलन न्यायिक दस्तुरबाट २०० रूपैयाँ संकलन भएको छ  ।

    क्र. सं.  शीर्षक  संकलित राजश्व 
    १ एकिकृत सम्पत्ती कर २२,१३,३४९.९१
    २ भूमी कर/ मालपोत २२,६२,७४७.००
    ३ घर जग्गा रजिष्ट्रेसन दस्तुर  ८,०००.००
    ४ बहाल कर  ८,२२,३२४.८४
    ५ घर जग्गा रजिष्ट्रेसन दस्तुर ८,०००.००
    ६ बहाल कर ८,२२,३२४.८४
    ७ बहाल विटौरी कर ३६,५८,४९९.०६
    ८ सवारी साधन कर ( साना सवारी) ८,२००.००
    ९ व्यवसायले भुक्तानी गर्ने २,९००.००
    १० व्यवसाय बाहेक अन्यले भुक्तानी गर्ने १,०००.००
    ११ अन्य कर १,२२,५९९.००
    १२ पर्यटन शुल्क ७९,६३६.००
    १३ अन्य सेवा शुल्क तथा बिक्री २४,१८०.००
    १४ न्यायिक दस्तुर २००.००
    १५ शिक्षा क्षेत्रको आम्दानी २,८३,६५८.००
    १६ परिक्षा शुल्क १५,०००.००
    १७ अन्य प्रशासनिक सेवा शुल्क ३२,२३५.००
    १८ नक्सापास दस्तुर ५,१८,८४०.५८
    १८ सिफारिस दस्तुर २४,२९,१८४.०१
    २० व्यक्तिगत घटना  दस्तुर १,६०.१२०.००
    २१ नाता प्रमाणित दस्तुर २७,६८०.००
    २२ अन्य दस्तुर ३,२०,०४९.००
    २३ व्यवसाय रजिष्टेशन दस्तुर ८,४६,३४४.७०
    २४ अन्य क्षेत्रको आय २६,८८०.००
    २५ प्रशासनिक दण्ड जरिवाना र जफत १,०४,०००.००
    २६ अन्य राजश्व २,२४,५६२.५५
    २७ व्यवसाय कर ३,६७,९८५.५८
      जम्मा १,४५,६०,१७४.६५

    राजश्व बृद्धिका लागि देवदह नगरपालिकाले सुरु गरेका कार्यहरू :

    देवदह नगरपालिकाले राजश्व बृद्धि गर्न आ.व.२०८०/०८१ मा केही नयाँ कार्यहरू समेत सुरूवात गरिएको जनाएको छ ।  जसअनुसार “कर सहभागिता अभियान- २०८०” प्रारम्भ गरिएको,  नगरपालिका कार्यालयबाट क्यासलेस राजश्व सेवा प्रारम्भ गरिएको,  राजश्व प्रणालिलाई आंशिक रुपमा सूत्र मोडेलमा लगिएको तथा प्रत्येक वडा कार्यालयबाट व्यवसाय र बहालमा रहेका घरहरुको लगत संकलन गर्ने कार्य अघि बढाईएको राजश्व शाखाले जनाएको छ  ।

    त्यसैगरी देवदह नगरपालिका क्षेत्रभित्र लाग्ने सम्पुर्ण हाटवजारहरु ठेक्का प्रकृयाद्धारा पुर्ण रुपमा सञ्चालन भएको  र व्यवसाय कर, मनोरञ्जन कर, बहाल बिटौरी कर लगाएतका कर दाखिलाको लागि सम्बन्धित संघ संस्थाहरुलाई पत्राचार गरिएको समेत देवदह नगरपालिकाले जनाएको छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।