Logo

२०८३, श्रावण ३०गते


images
images

अहिले देशमा कुनै राजनीतिक संकट छैन : विश्वप्रकाश शर्मा

अहिले देशमा कुनै राजनीतिक संकट छैन : विश्वप्रकाश शर्मा

images
  • अहिले देशमा कुनै राजनीतिक संकट छैन : विश्वप्रकाश शर्मा
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले देशमा कुनै राजनीतिक संकट नरहेको बताएका छन् । शनिवार काठमाडौँमा जारी नेपाली कांग्रेसको पहिलो बागमती सम्मेलनमा बोल्दै उनले नेपालमा आहिले संकट रहेको कुरा गर्ने गरेपनि राजनीतिक संकट नरहेको उल्लेख गरे । 

    images
    images
    images

    उनले भने– ‘संकट केलाई मान्न मिल्छ भने जतिबेला नेपालमा हिंसात्मक विद्रोहको अवस्था थियो । राज्य नै गाउँ छिर्न नसक्ने अवस्था थियो । मान्छे यतै मरेको उतै मरेको ठप्प अवस्था थियो । त्यस्तो अवस्थामा हल खोज्ने कांग्रेस तर अहिले हामीले सानोतिनो समस्यालाई संकट भनेर कांग्रेसले बिस्कुन सुकाउन मिल्छ ?’

    images
    images
    images

    संविधानसभाको निर्वाचनपछि संविधान बन्न नसकेको संकटमा अर्को चुनाव गराएर संविधान बनाएर कांग्रेसले संकट टारेको बताउँदै उनले अहिले त्यस्तो संकट नरहेको टिप्पणी गरे ।  महामन्त्री शर्माले अब नयाँ विश्वास र पूरानो भावनाको कांग्रेस बनाउनुपर्ने बताए । 

    images
    images
    images

    २०१५ सालमा निर्वाचनमा जानु अगाडि वीपी कोइरालाले पार्टीका सदस्यहरुको नाममा पत्र लेखेको बताउँदै त्यसमा २००७ सालको क्रान्तिपछि पार्टीमा धेरै आत्मविश्वास भएको र धेरै आत्मविश्वासले क्षति पुग्ने बताएको स्मरण गराए । साथै पार्टीमा पद लिने तर त्यसको दायित्व पूरा नगर्ने कुराले असर गर्ने कुराको स्मरण गराए । 

    उनले भने– ‘हामी बलियो छौँ, हामी लोकतान्त्रिक छौँ, संघर्षबाट आएका हौं, पटक पटक सत्ताको नेतृत्व गरेका हौँ तैपनि हामी एक्लै छौँ भन्ने आत्मविश्वास हामीले आजको दिनमा छोड्नु नै पर्छ । नयाँ नयाँ चुनौती आएको छ, नयाँ नयाँ दलहरु पनि आएका छन् । हामी सबैलाई सम्मान र सहकार्य पनि गर्छौँ । सामना पनि गर्छौँ ।’

    उनले पार्टीमा को कसले केके पद लिएको छ त्यसको दायित्व पूरा गरेको छ कि छैन त्यसको समीक्षा, आत्मआलोचना गर्नुपर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वप्रकाश शर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।