Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्रीलाई राजीनामा दिने वा विश्वासको मत लिने दुवै सुविधा छ : विश्वप्रकाश शर्मा

प्रधानमन्त्रीलाई राजीनामा दिने वा विश्वासको मत लिने दुवै सुविधा छ : विश्वप्रकाश शर्मा

images
  • सेतोमसी सहकर्मी
  • प्रधानमन्त्रीलाई राजीनामा दिने वा विश्वासको मत लिने दुवै सुविधा छ : विश्वप्रकाश शर्मा
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने वा विश्वासको मत लिन सक्ने अवस्था रहेको बताएका छन् । बुधवार पार्टी बैठकमा सहभागी हुने क्रममा पत्रकारहरूसँग कुरा गर्दै शर्माले साँझसम्म एमालेले सरलाई दिएको समर्थन फिर्ता लिने बताए ।

    images
    images
    images

    उनले भने– ‘एमालेको समर्थन फिर्तापछि प्रधानमन्त्रीलाई दुई वटा विकल्प छ । एउटा छोडेर निकास दिने विकल्प छ । समर्थन फिर्ता लिँदैमा छोड्नै पर्छ भनेर संविधानले भनेको छैन । सरकारमा रहेको दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिन पनि पाउनुहुन्छ । उहाँले जुन विकल्प रोज्दा पनि नयाँ कोर्समा राजनीति बढ्दैछ । यसमा चुनौती पनि छ, यसमा एकताबद्ध भएर हामी सामना गर्नेछौँ ।’ 

    images
    images
    images

    उनले संविधान सशोधनको कुरा आए पनि संशोधन गर्न चुनौती रहेको बताए । कांग्रेस र एमालेको अङ्कले मात्र नपुग्ने र दुई तिहाइ १८१ सिटका लागि अरू दललाई पनि सहमतिमा ल्याउनुपर्ने चुनौती रहेको उनको भनाई छ । 

    images
    images
    images

    उनले भने– ‘४ महिनामै सरकार बदलिने सुखद हैन तर परिस्थितिको माग भयो । आम नागरिकमा पनि दुइटा ठुला पार्टी मिलेर स्थिरता दिउन्, आर्थिक सङ्कटको सामना गरुन्, संविधानमा जे जस्तो कमजोरी छ, नागरिकको भावना बमोजिम त्यसको संशोधन गरौँ आम रूपमा रहेको अपेक्षालाई पूरा गर्न खोजेको हो ।’ 

    ७ बुँदामा जे सहमति भएको छ त्यो भन्दा बढी कुरा पनि बाहिर आएको उनले बताए । संविधान संशोधनका लागि पूर्व न्यायाधीशको संयोजकत्वमा समिति गठन गर्ने भन्ने सम्झौतामा नभएको पनि स्पष्ट पारेका छन् । 

    उनले गृहमन्त्रीले चाहेमा साँझसम्म वा विश्वासको मत लिने भए एक महिनासम्म  अझै भ्रष्टाचारका फाइल खोल्न कसैले रोक्न नसक्ने बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वप्रकाश शर्मा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।