काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत लिने दिन रावलले असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
उनको राजीनामा सभामुख अग्नि प्रसाद सापकोटाले अझैसम्म स्विकृत गरेका छैनन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै नेताले रावललाई तत्काल सांसदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।
रावलनिकट स्रोतका अनुसार रावलले राजीनामा फिर्ता लिने तयारी गरेका छन् । पार्टीभित्रको विवादमा रावल नेता नेपालनिकट मानिन्छन् । तर, पछिल्लो समय उनी कार्यदलको संयोजकमा रुपमा काम गर्दा र १० बुँदे सहमति गरेपछि अध्यक्ष ओलीसँग नजिक भएको चर्चा पनि चलेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology