Logo

२०८३, श्रावण ३०गते


images
images

बाबुराम भट्टराई पुत्री मानुषीले गरिन प्रियंकाको सिको, प्रदर्शन गरिन बेबी बम्प

बाबुराम भट्टराई पुत्री मानुषीले गरिन प्रियंकाको सिको, प्रदर्शन गरिन बेबी बम्प

images
  • बाबुराम भट्टराई पुत्री मानुषीले गरिन प्रियंकाको सिको, प्रदर्शन गरिन बेबी बम्प
    images
    images

    नायिका प्रियंका कार्कीले आफू गर्भवती भएदेखि नै सामाजिक सञ्जालमा तस्बिरहरू सार्वजनिक गरेर गसिप बनिरहेकी छिन् । कार्कीले ताली र गाली दुवै खाइरहेकी छिन् ।

    images
    images
    images

    केही दिन अगाडी पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि प्रियंकालाई सपोर्ट गर्दै ‘पितृसत्ताको जालो च्यात्ने साहस’ भन्दै ट्विट गरे । भट्टराईले उक्त ट्विट मार्फत धेरै नकारात्मक गाली खानुपर्‍यो । अहिले उनै भट्टराईकी छोरी मानुषीले पनि बेबी बम्पको तस्बिर सार्वजनिक गरेकी छिन् ।

    images
    images
    images

    बाबुरामको यो ट्विटमाथि प्रतिक्रिया जनाउँदै पूर्वसञ्चारकर्मी आस्था केसीले लेखिन्, ‘हजुरकी सुपुत्री मानुषी यमी भट्टराईलाई यस्तो सुन्दर कार्य किन नगराउनु भएको ? खोइ देखिएन त ? कस्ता कस्ता मान्छेलाई आदर्श नेता मानेर हिँडिएको रहेछ ।

    images
    images
    images

    मानिस सामाजिक प्राणी हैन र ? कि केही मानिसलाई पशुलाई जस्तो जे गरे पनि छुट र स्वतन्त्रता हुने हो ?’आस्थाको यो ट्विटमाथि डा. भट्टराईकी पुत्री मानुषी यमी भट्टराईको जवाफ आएको छ । उनले ‘मेरो सुन्दर कार्य हेर्नु अब’ भन्दै आफ्नो गर्भवती भुँडीको पुरानो तस्बिर सेयर गरेकी छन् ।

    उनी लेख्छिन्, ‘एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो ? बच्चा पाउने कार्यलाई नै जूठो, अपवित्र मान्ने हाम्रो समाजमा किन नमनाउने यसरी खुशियाली ? एक प्रकारको बागी कार्य किन नमान्ने ? नेपाली कणहरू सारै रूढीवादी !’

    Opera Snapshot_2021-07-23_143954_twitter.com.png

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।