Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथा माविमा खेल सप्ताह सुरू, बाघ चाल प्रतियोगितामा रमाए विद्यार्थी

सगरमाथा माविमा खेल सप्ताह सुरू, बाघ चाल प्रतियोगितामा रमाए विद्यार्थी

images
  • सगरमाथा माविमा खेल सप्ताह सुरू, बाघ चाल प्रतियोगितामा रमाए विद्यार्थी
    images
    images

    देवदह । रूपन्देहीको देवदह-७ शितलनगरमा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा खेल सप्ताह सुरू भएको छ ।  बुधबार एक कार्यक्रमबीच विद्यालयले खेल सप्ताह सुरू गरेको हो । 

    images
    images
    images

    विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीमा रहेको खेल प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले खेल सप्ताह आयोजना गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    प्रतियोगिता अन्तर्गत बुधबार भएको बाघ चाल प्रतियोगितामा विद्यार्थीहरूले रुची देखाएका छन् ।  प्राचीन समयदेखिनै नेपाली समाजमा प्रचलीत लोपोन्मुख खेललाई संरक्षण गर्ने उद्देश्यले खेलमा बाघ चाललाई समाबेश गरिएको र फरक खालको खेल पनि भएकोले विद्यार्थीहरू बाघ चालमा रमाएको विद्यालयका सहायक प्राचार्य प्रदीप अधिकारीले बताए । प्रतियोगीतामा कक्षा ११ का विवेक भण्डारी प्रथम, कक्षा ११ कै विवेक भूसाल दित्तिय र कक्षा १२ का कैलास कडेल तृतिय भएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    सप्ताह अन्तर्गत आजै पुरुष तर्फ भलिवल प्रतियोगिता, महिला तर्फ म्यूजिकल चेयर खेल प्रतियोगिता सम्पन्न भएको छ । खेलमा भलिवल तर्फ कक्षा १२ प्रथम र कक्षा ११ दित्तिय, म्यूजीकल चेयरतर्फ कक्षा ११ की प्रिति गुरुङ प्रथम, कक्षा १२ की सबिता गुरुङ दित्तिय र कक्षा १२ कै गंगा गुरुङ तृतिय भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।