देवदह । रुपन्देहीको देवदहमा अन्तर विद्यालय स्तरीय प्रथम राष्ट्रपति कप रनिङ सिल्ड प्रतियोगिता–२०८० शुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगिता देवदह नगरपालिकाको आयोजना र देवदह माध्यमिक विद्यालयको व्यवस्थापनमा सुरू भएको हो ।
प्रतियोगितामा देवदह क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत गरी २५ विद्यालयका ९९८ जना विद्यार्थीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा छात्र/छात्रा भलिवल, छात्र/छात्रा कवड्डी, रिले, दौड, कराते लगायतका विधामा प्रतिष्पर्धा गर्ने जनाएको छ ।
प्रतियोगिताको शुक्रबार एक कार्यक्रमकाबीच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै प्रतिनिधि सभा सदस्य विश्वकर्माले प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न टेवा पुग्ने बताए । विद्यार्थीहरुमा रहेको प्रतिभा पहिचान गरेर उनीहरुलाई अगाडि बढउनको लागि स्थानीय तहले खेलकुद पुर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिंदै पुर्वमन्त्री समेत रहनु भएका विश्वकर्माले बौद्ध विश्वविद्यालय संचालनसंगै देवदह क्षेत्र शैक्षिक हवको रुपमा अगाडि बढिरहेको जिकिर गरे ।
देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, शसस्त्र प्रहरी बलका बाहिनीपति दिपककुमार थापा लगायतको उपस्थिति थियो ।
प्रतियोगिता शुरु हुनुअघि प्रतियोगितामा सहभागिता जनाएका विद्यालयले मार्चपास प्रस्तुत गरेका थिए ।
उद्घाटन खेलमा विभिन्न प्रतियोगिता सम्पन्न भएको छ । जस अन्र्तगत १५ सय मिटर छात्रा तर्फ भएको दौडमा जनप्रिय माविका उषा दर्लामी प्रथम, देवदह बुद्ध पव्लिकका अमृता हमाल द्धितिय, प्रगति माविका सपना नेपाली तृतिय र ज्ञान ज्योति माविका मिना तामाङ्ग सान्त्वना भएका छन् । यसैगरी छात्र तर्फको सोही खेलमा नारायणी पव्लिक स्कुलका शान्तराम परवान प्रथम, देवदह माविका सुभाष बराल द्धितिय, केरवानी माविका सविन घर्ती तृतिय र जनप्रिय माविका अभिषेक फाल सान्त्वना भएका छन् ।
प्रतियोगिता अन्तर्गत छात्रातर्फ भएको सटफुट खेलमा न्यू नमुना स्कुलका प्रिशां सिंजाली प्रथम, सगरमाथा स्कुलका कृष्टि पौडेल, जनप्रिय माविका खिमा खत्री तृतिय र सेभेन स्टार स्कुलका मेनुका चौधरी सात्वना भएका छन् । छात्र तर्फ भएको सोही खेलमा देवदह बुद्ध पव्लिक स्कुलका रविस सुनार प्रथम, सेभेनस्टार स्कुलका सुमन गुरुङ्ग द्धितिय, केरवानी माविका सुजन पटेल तृतिय र सगरमाथा आवासी माविका दिव्सन ठकुरी सान्त्वना भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology