Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथा माविका ३६ विद्यार्थीले पुरा गरे 'एनसिसी' तालिम

सगरमाथा माविका ३६ विद्यार्थीले पुरा गरे 'एनसिसी' तालिम

images
  • सगरमाथा माविका ३६ विद्यार्थीले पुरा गरे 'एनसिसी' तालिम
    images
    images

    देवदह । रूपन्देहीको देवदह -७ शीतलनगरमा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयका ३६ जना विद्यार्थीले नेपाल सरकारद्धारा सञ्चालित राष्ट्रिय सेवा दल (एनसिसी) तालिम पुरा गरेका छन् । विद्यार्थीहरुले १०० दिनको सैनिक तालिम सफलतापूर्वक सम्पन्न गरेको विद्यालयका सहप्राचार्य प्रदिप अधिकारीले जानकारी दिए । 

    images
    images
    images

     २०८० श्रावण १ गतेदेखि २०८० माघ २० गतेसम्म ७९ दिन विद्यालयमा र २१ दिन नेपालगञ्ज स्थित राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगरमा सञ्चालन भएको तालिममा छनौटका सबै विद्यार्थीले सफलतापूर्वक तालिम सम्पन्न गरेकाले सहभागी विद्यार्थीहरु र प्रशिक्षकहरुलाई एक समारोहबीच सम्मान गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले शिक्षामा राष्ट्रभक्तिको सुगन्ध हुनुपर्ने बताए । प्रशिक्षार्थीले सिकेको ज्ञान र सीप यही देशको समृद्धिमा खर्चिनु पर्नेमा जोड दिंदै प्राचार्य पौडेलले शिक्षित र अनुशासित युवाले देशको नेतृत्व गर्नुपर्ने बताए । 

    images
    images
    images

    तालिमका प्रशिक्षक एल. सि.पि.एल रामिराम दयालले अनुशासनपूर्वक तालिम सम्पन्न गरी विभिन्न पुरस्कार र दर्जा प्राप्त गरेका विद्यार्थीहरुलाई भविष्यमा देशको सुरक्षा गर्ने कार्यमा लाग्न प्रेरित गरे । 

    तालिममा सहभागी विद्यार्थीहरुमध्ये अंकिता खनालले प्लाटुन जुनियर अण्डर अफिसर र श्रीस पौडेलले कम्पनी स्टाफको दर्जा हासिल गरेका थिए । त्यसैगरी सहभागी विद्यार्थीहरु ३ जना सर्जेन, ५ जना कपरेल, ६ जनाले लेस कपरेल र २० जनाले क्याडेटको दर्जा प्राप्त गरेका थिए । तालिम समापनको पूर्व सन्ध्यामा आयोजित नृत्य प्रतियोगितामा सगरमाथाका विद्यार्थीहरुले तृतीय स्थान हासिल गरेको विद्यालयले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा मावि
  • # एनसिसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।