Logo

२०८३, आश्विन १७गते


images
images

रुख ढलेर च्यापिदा देवदहमा एक जनाको मृत्यु

रुख ढलेर च्यापिदा देवदहमा एक जनाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • रुख ढलेर च्यापिदा देवदहमा एक जनाको मृत्यु
    प्रतीकात्मक तस्बिर
    images
    images

    देवदह । रूपन्देहीको देवदहमा हावाहुरीले रुख ढलेर च्यापिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका–१० का ७१ वर्षीय मीन बहादुर दमाई रहेको वडा प्रहरी कार्यालय रामनगर बुटवलका प्रमुख महेश पाठकले जानकारी दिए ।

    images
    images
    images

    शनिबार बेलुका ८ बजेको समयमा खाना खाइरहेको बेला सुकेको रुख घरमाथि ढलेर दमाईको घटनास्थलमै ज्यान गएको हो । रुख ढले सँगै खाना पकाउने सिलिन्डर समेत विस्फोट भएको थियो । उक्त घटनामा मृतक मीन बहादुरकी ५१ वर्षीय श्रीमती लीला कुमारी कामी घाइते भएकी छन् ।

    images
    images
    images

    उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ग्यास सिलिन्डर बिस्फोट हुँदा भान्सा घरमा आगो लागेर क्षति समेत पुगेको छ ।

    images
    images
    images

    देवदह नगरपालिका र बुटवल उपमहानगरपालिका बाट गएको दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको देवदह नगर कार्यपालिका सदस्य कुमार दमाईले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # हावाहुरी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।