Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा सचेतनामुलक तिज गित प्रतियोगिता

देवदहमा सचेतनामुलक तिज गित प्रतियोगिता

images
  • देवदहमा सचेतनामुलक तिज गित प्रतियोगिता
    images
    images

    देवदह । रूपन्देहीको देवदहमा अन्तर वडा स्तरीय तिज गीत प्रतियोगिता सम्पन्न भएको छ। उपप्रमुख सङ्ग महिला कार्यक्रम अन्तर्गत सोमबार देवदहमा 'महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी विषयक' तिज गीत प्रतियोगिता सम्पन्न भएको हो।

    images
    images
    images

    १२ वटा टिम सहभागी प्रतियोगितामा वडा नं. ५ ले प्रथम स्थान हासिल गरेको छ भने वडा नं. ६ द्वितीय, वडा नं. ४ तृतीय तथा वडा नं.७ ले सान्त्वना स्थान हासिल गरेका थिए।प्रतियोगितामा प्रथम हुनेलाई नगद ३३ हजार ३ सय ३३, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।

    images
    images
    images

    यसैगरी द्वितीय हुनेलाई २६ हजार ६ सय ६६ नगद शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै तृतीय हुनेलाई २० हजार नगद शिल्ड र प्रमाणपत्र र सान्त्वना हुनेलाई १३ हजार ३ सय ३३ नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपानेले महिलाहरू नेतृत्वको लागि अग्रसर भएर लाग्नुपर्ने भनाई व्यक्त गरिन ।

    images
    images
    images

    उनले महिलाहरू चुलो चौकोमा मात्रै सीमित नभएर नेतृत्व हाक्ने गरि तयारी रहन समेत आग्रह गरिन ।पछिल्लो समय स्वदेशमा काम गर्न हेलचेक्र्याइँ गर्ने तर विदेश गएर जस्तो काम पनि गर्न तयार हुने प्रवृत्ति मौलाएको भन्दै उनले काम सानो ठूलो नहुने भएकोले स्वदेशमै परिश्रम गर्न समेत आग्रह गरिन ।प्रतियोगिताको निर्णायकमा राष्ट्रिय कलाकार नारायण लेकाली, तेजु अर्याल र मन्जु भट्टराई रहेका थिए ।

    कार्यक्रम देवदह नगरपालिका उपप्रमुख, उपप्रमुख सङ्ग महिला कार्यक्रमका संयोजक विद्या लक्ष्मी गुरुङको अध्यक्षता, सदस्य कृष्ण माया रानाको स्वागत र कर्मचारी इन्दिरा भुसाल र सञ्चारकर्मी कमला अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।