Logo

२०८३, आश्विन ९गते


images
images

माओवादी केन्द्र देवदहमा महिला उभार, सिग्देलको अध्यक्षतामा १०१ सदस्यीय कमिटी चयन

माओवादी केन्द्र देवदहमा महिला उभार, सिग्देलको अध्यक्षतामा १०१ सदस्यीय कमिटी चयन

images
  • माओवादी केन्द्र देवदहमा महिला उभार, सिग्देलको अध्यक्षतामा १०१ सदस्यीय कमिटी चयन
    images
    images

    देवदह । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र  निकट महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको देवदह नगर सम्मेलन सम्पन्न भएको छ । बिहिवार देवदहस्थित ॐदर्शन पार्टी प्यालेसमा भएको सम्मेलनले लक्ष्मी सिग्देलको अध्यक्षतामा १०१ सदस्यीय कमिटी चयन गरेको संघले जनाएको छ ।

    images
    images
    images


    संघको उपाध्यक्षमा प्रेमकला ढकाल, सचिवमा शुसिला आले, सह–सचिवमा शान्ति आचार्य र कोषाध्यक्षमा गीता रुचाल चयन भएको नेकपा माओवादी केन्द्रका नगर संयोजक केदारनाथ काफ्लेले बताए । 

    images
    images
    images

    पार्टी तथा महिला संघका जिल्ला र प्रदेशस्तरीय नेता/नेतृहरूको उपस्थिति रहेको उक्त सम्मेलनमा देवदहका सबै वडा र टोलबाट महिलाहरू सहभागी भएका थिए । 

    images
    images
    images

    सेतोमसीसंग कुरा गर्दै संघकी नगर सदस्य शोभा राईले महिलाहरूको बाक्लो उपस्थितिले आफुलाई उत्साहित बनाएको बताइन् । 

    पार्टी तथा जनवर्गीय संगठन गठन तथा पुनर्गठनमा होमिएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पछिल्लो समय दिनहुँ भेला तथा सम्मेलन गर्दै आईरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।