देवदह । नेकपा (एकीकृत समाजवादी ) देवदह नगर कमिटिले नगरका सबै वडामा संगठन विस्तार र घरदैलो गर्ने भएको छ । नगर पार्टीको मंगलबार सम्पन्न बैठकले नगरपालिकाका सबै वडा र टोलमा कमिटीहरू गठन गर्ने र नगर कार्यालय व्यवस्थापन गर्ने निर्णय गरेको पार्टीका नगर अध्यक्ष टंकप्रसाद पोखरेलले बताए ।
पार्टी गठन भएको छोटो समयमै देशव्यापी संजाल बनाउन सफल एकीकृत समाजवादी तीव्रताका साथ संगठन विस्तारमा होमिएको छ । लामो समय नेकपा एमालेको नेतृत्व गरेका नेताहरूले नेतृत्व गरेको सो पार्टीले कार्तिक २६ गते देवदह नगर कमिटीको सम्मेलन सम्पन्न गरेको थियो ।
मंगलबार सम्पन्न प्रथम नगर बैठकले नगर सम्मेलन भव्य रुपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै थप उत्साहका साथ पार्टी निर्माणमा होमिने निर्णय गरेको सो पार्टीले जनाएको छ ।
समाजवादीले संगठन विस्तारलाई व्यवस्थित गर्न ४ वटा समूह समेत बनाएको छ । जसमा टंक पोखरेल, नारायण शर्मा, डिल्लीराम सापकोटा र सुशिला भट्टराई प्रत्येक समुहको संयोजक रहेका छन ।
पार्टी नगर अध्यक्ष टंक प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी नेता सिद्दिचरण भट्टराईको प्रमुख आतिथ्यता, निलकण्ठ पौडेलको विशिष्ट आतिथ्यता तथा दिलिप सापकोटाको संचालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology