कृष्ण अन्जान,रुरु। पवित्र रुरुधाममा मेला महाेत्सव त लागि रहन्छन तर बुधबार विवाह पन्चमिकाे दिन रुरुक्षेत्रमा लागेकाे मेलाले नया रौनकता थियाे । रुरुधामकाे पाल्पा तर्फकाे कालिगण्डकी तटकाे बगरमा विहानै देखि भजन किर्तन बज्न थाले मण्डपमा पुजापाठ हुन थाल्याे नजिकै पुरी खिर पाक्न थाले र दस बज्दा नबज्दै बगरमा बनाईएकाे पण्डाल मानिस हरुकाे आगमनले डमक्कै भरियाे ।
याे कुनै परम्परागत रुपमा रिडीमा लाग्ने मेला थिएन याे त रुरु धार्मिक सन्चार सेवा प्राईभेट लिमिटेडले नितान्त सँस्थागत रुपमा राखेकाे मेला थियाे र यसलाई भजन महाेत्सवकाे रुपमा सँस्थाका अध्यक्ष समेत रहेका चुरामणी तिमिल्सिनाले आफ्नाे पहलमा आयाेजना गरेका थिए तर महाेत्सव भने रिडीमा लाग्ने परम्परागत मेलाकाे झल्काे थियाे ।
मेलाकाे विधिवत रुपमा लुम्बिनी प्रदेशका साँसद तथा विशेषाधिकार समितिका सभापति कमल राज श्रेष्ठले उद्घाटन गर्ने बित्तिकै पहिलाे आकर्षणकाे रुपमा शँख फुक्ने प्रतियोगिता शुरु भयाे याे नितान्त नौलाे प्रतियोगिता थियाे ।प्रतियोगि हरुले जति शँख फुक्दै जान्थे रुरुक्षेत्रमा त्यति धार्मिक उर्जा थपिएकाे अनुभुति रुरुधाम वासि र महाेत्सवमा आउनेहरुले गरे ।
महाेत्सवकाे रौनकता यसरी बढ्याे कि सँभवत नेपालमै पहिलाे पटक यहि महाेत्सवमा दुना टपरी खुट्ने प्रतियोगिता पनि आयाेजना गरियाे । नेपालकाे ग्रामिण परम्परामा पुजा आजा अनुष्ठनमा दुना टपरी खुट्ने परम्परागत सँस्कृतिलाई बचाई राख्न याे प्रतियोगिता आयाेजना गरिएकाे आयाेजक चुरामणी तिमिल्सिनाले बताए । ठुलै सँख्यामा आएका आमा दिदीबहिनी हरुले याे प्रतियोगितामा यसरी भाग लिएकि १५ मिनट मा दुईवटा टपरी र दुईवटा दुना खुटेर आफ्नाे कला प्रदर्शन गरे ।
महाेत्सव अगाडि वढ्दै गर्दा महाेत्सव त्यतिबेला क्लाईमेक्समा पुग्याे कि जतिवेला स्थानीय भाकालाई टपक्कै टिपेर गाईएका भजन र भजन सँगै बजेका खैँजडि मजुरा ढाेलक मादलले भजनका पारखी हरुलाई जुरुक्क उचाल्याे । परम्परावादि भजन लाेप भैरहँदा यसरी आयाेजना गरिएकाे भजन महाेत्सवले हाम्राे धार्मिक परम्परा सँस्कृतिकाे जगेर्नामा ठुलाे याेगदान गरेकाे टिप्पणी वरिष्ठ लाेक गाएक आेम ज्ञवालीकाे थियाे ।
विभिन्न प्रतियोगिता सँगै व्यक्ति सम्मानका आयाम हरुले पनि चर्चा चल्याे ।सबैभन्दा गज्जब त गाउँ घरमा दाउराघाँस चुल्हाे चौकाेमा रुमल्लिई रहेका बुहारी हरुमध्ये बाट असल बुहारी भनेर वडा वडाबाट छानिएका बुहारी हरुलाई सम्मान गरियाे ।
सम्मान कार्यक्रम यतिमा मात्र सिमित थिएन गाउँ गाउँका बृद्धअबश्थाका बा आमालाई सम्मान गरियाे । सम्मानकाे श्रृँखलामा नितान्त ग्रामीण क्षेत्रमा रहेर ग्रामीण पत्रकारिताकाे अभ्यास गरिरहेका तीन जना पत्रकारहरुलाई सम्मान गरिएकाे छ जाे ग्रामीण क्षेत्रमा बसेर कृयाशिल पत्रकारिता गरिरहँदा कसैकाे नजर परेकाे थिएन ।
रुरु धार्मिक सेवा सन्चार प्रालिले ग्रामीण क्षेत्रमा ग्रामीण अभ्यास गरिरहेका हामी जस्ता पत्रकारहरुलाई सम्मान गरेर हौसला बढाउने काम गरेकाे छ सम्मानित मुक्तिनाथ सामुदायिक एफ एमका अर्घाखाँचि सँवाददाता माधव पौडेलले भने । महाेत्सवकाे सबैभन्दा राेचक पक्ष कराेड दिप प्रज्वलन थियाे । ऋषिकेश मन्दिरकाे प्रवेश द्वारबाट कालिगण्डकी नदिकाे तट सम्म जब कराेडौँ बत्तिहरु बल्न थाले त्यतिवेला समग्र रुरुधाम जाज्वल्यमान मात्र बनेन कपुर र घिउकाे मिठाे सुवासले सुवासियाे ।
व्यवस्थापनमा प्राय एक्लै खटेका चुरामणी तिमिल्सिनालाई सम्पूर्ण कार्यक्रमकाे सौजन्य मात्रै हाेईन पचास लाख बत्तिकाे बाल्नकाका लागि नगद दुईलाख प्रदान गरेर रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडाध्यक्ष रामलाल विक टेकाे बनेर उभिएका मात्र छैनन याे क्षेत्रकाे धार्मिक क्षेत्रकाे विकासका लागि पटक पटक सहयाेग गरेर दानविरकाे रुपमा परिचित बनेका छन ।
"हामी पवित्र रुरुधाम वासि हौँ याे क्षेत्रकाे धार्मिक विकास र उन्नयन हाम्रो अभिष्ठ हुनुपर्छ यसका लागि कुरा हाेईन काम गरेर देखाउनु पर्छ भन्ने मेराे मान्यता छ र म आफ्नाे अभियानमा जुटिरहेको छु" रुरुक्षेत्र १ का वडाध्यक्ष रामलाल विकले भने ।
गाउँ गाउँवाट आएका जन समुदाय पाल्पा र गुल्मी जिल्लाका उच्च पदस्थ कर्मचारी सुरक्षा निकाएका प्रमुख जन प्रतिनिधिहरुकाे सहभागीतामा याे वर्षकाे विवाह पन्चमिलाई भजन महाेत्सवकाे रुपमा मेला आयाेजना गरेर रुरु धार्मिक सेवा सन्चार प्रालिले रुरुक्षेत्रकाे धार्मिक पर्यटन प्रवर्द्धनमा ठुलै याेगदान गरेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology