Logo

२०८३, श्रावण ३०गते


images
images

मानवसेवा आश्रममा आश्रितको लागि भोजन जुटाउन भजन सन्ध्या

मानवसेवा आश्रममा आश्रितको लागि भोजन जुटाउन भजन सन्ध्या

images
  • मानवसेवा आश्रममा आश्रितको लागि भोजन जुटाउन भजन सन्ध्या
    images
    images

     बुटवल ।    मानवसेवा आश्र‌ले   आश्रममा रहेका  व्यक्तिहरुको   नियमित भोजन जुटाउनका निमित्त  आश्रममा  भजन सन्ध्या कार्यक्रम सम्पन्न गरेको  छ ।  बुटवलको रुपन्देहीमा रहेको आश्रमले सडकपेटी र सार्वजनिक रूपमा सकष्टपूर्ण जीवन बिताउन बाध्य  सडक मानवहरुको  नियमित रूपमा उद्धार,  गर्दै‌ आएको  छ । 

    images
    images
    images


    मानवसेवा आश्रम परोपकारी उदार मनका  दाताहरुको निरन्तरको साथ र सहयोगमा  बाट नै   आश्रम सञ्चालन हुँदै आएको  हो, ।  आश्रमको    निश्चित  आम्दानीको श्रोत नभएको कारणले  नियमित  रूपमा  भोजनको लागि आगामी दिनमा समस्या नहोस्, भन्ने हेतुका  साथ  ,  अहिले  १४० जनाको हाराहारीमा  सहयोगी दाताहरुको संख्या रहेको, र   दिन दुखी   सडक मानवहरु दिनानुदिन बढ्दै जाने   कारण ले गर्दा  तिनिहरुलाई   नियमित भोजन गराउन  भविष्यमा कुनैपनि  समस्या नहोस्  भन्दै  १४०   सहयोगीको  संख्यालाई   बढाएर  करिब ३६५  सम्म   पुर्याउने  उद्देश्यका  साथ  यो  कार्यक्रम आयोजना  गरिएको थियो। 

    images
    images
    images


    कार्यक्रमको  प्रमुख अतिथि  प्रदेश प्रमुख माननीय अमीक शेरचनको   रहेको थियो।  कार्यक्रम लाई  सम्बोधन गर्दै शेरचनले  असाहय  दुःखी पिडित हरूको सहयोगार्थ   यति धेरै पुण्य को काम , त्यसैमाथि  कुनै वैदेशिक दातृनिकाय कुनै सहयोग बिना, आश्रम सन्चालन गरेकोमा  धन्यवाद दिदै आफु अत्यन्त खुशी भएको र आगामी दिनहरुमा यस्तै किसिमका अत्यन्तै पवित्र सामाजिक  काम गर्दै जानका लागि हौसला प्रदान गर्दै ,  आश्रम सन्चालन गर्दै आएका सबैलाई एकमुष्ठ धन्यवाद तथा  शुभकामना  दिनुभएको थियो। 
       
    कार्यक्रममा स्वागत मन्तव्य राख्दै आश्रम निर्माणका  परिकल्पनाकार रामजी अधिकारीले,  हाम्रो देशका हरेक ठाउँमा  खुल्ला आकाशमुनि   सडकको पेटीमा जिवन बिताउन बाध्य    सबैलाई   उत्दार  गर्नुपर्ने  हामी सबैको दायित्व हो।  विशेषगरी सडक जिवन बिताइरहेका    बृद्ध अवस्थाका   आमाबुवाहरुको पालनपोषणको निमित्त   हामी आफैले केही   गर्न सक्छौ।    हामी कोहीपनि जिम्मेवारी बाट टाढा भाग्ने भन्दा  पनि  जिम्मेवारीलाई साथमा  लिनुपर्छ र यस्तो कार्यका लागि हामीले राज्यलाई पनि  जवाफदेही बनाउनु पर्छ । आजको कार्यक्रमले बाट  अझै धेरै अगाडी  उत्प्रेरणा मिलेको बताउँदै उहाँले भन्नुभयो, “वि.स २०६९ सालमा मकवानपुरको हेटौंडाबाट सुरुवात भएको  आश्रमले वैदेशिक दातृ  निकायहरुको सर्त सहितको सहयोग स्वीकार नगर्ने र  उच्च शिर  बनाएर  आदर्शका साथ  अगाडी बढेको   सम्पूर्ण नेपालीहरुको  धेरै थोरै सहयोगमा  आश्रमलाई सञ्चालन गर्ने   जनाउदै  आजको कार्यक्रमबाट अजै धेरै उर्जा प्राप्त  भएको जनाउँदै जिम्मेवारी पुर्वक अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको थियो।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमिक शेरचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।