देवदह । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, देवदहले घरदैलो कार्यक्रम संचालन गरेको छ । बिहीवार एक कार्यक्रमविच सो पार्टीका प्रदेश कमिटी सदस्य निलकण्ठ पौडेलले घरदैलो कार्यक्रमको उद्धाटन गरेका छन् ।
घरदैलो कार्यक्रममा पार्टीको नीति कार्यक्रमबारे आम नगरवासीलाई जानकारी दिईने र संगठन विस्तारको काम पनि संगै जोडेर लगिने सो पार्टीका नगर अध्यक्ष टंक पोखरेलले बताए । सेतोमसीसंग कुरा गर्दै पोखरेलले भने, "घरदैलो कार्यक्रम जनतासंग जोडिने कार्यक्रम हो, यसले देवदहवासीहरूका समस्याको संकलनसंगै पार्टीको विचार प्रवाहमा पनि मद्दत पुर्याउने विश्वास लिएका छौँ ।"
अभियानको क्रममा देवदहका १५ हजार घरधुरीसम्मै पुग्ने सो पार्टीले जनाएको छ । अभियानमा जिल्लास्तरीय र नगरस्तरिय गरि ७५ जना कार्यकर्ता दिनहुँ जोडिने अध्यक्ष पोखरेलले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology