कृष्ण अन्जान /सुमन गाहा, रिडीबजार ।स्थानीय प्रशासनले यस वर्ष कोरोना संक्रमण बढेकाले माघे संक्रान्ति मेला महोत्सव नगर्न आदेश जारी गरेका छन्।
तर रिडी बजारकाे पाल्पा र गुल्मी क्षेत्रमा मेला तयारीकाे अन्तिम समयमा अादेश जारी गरिएपछि गरिएकाे तयारीमा अायाेजक हरुलाई अार्थिक मार परेकाे छ ।
मेलाका लागि बनाईएका स्टल हरु बुकिँग भई सकेका र व्यापारी हरु रिडी बजारमा अाईसकेका थिए तर एकाएक मेला महाेत्सव नगर्न अादेश जारी भए सँगै व्यापारी र आयाेजक हरु मर्कामा परेका छन ।
जिल्ला प्रशासन कार्यालय पाल्पा र गुल्मीले रिडी क्षेत्रमा माघे संक्रान्तिको अवसरमा मेला महोत्सव नगर्न आदेश जारी गरिसकेको छ ।
कोरोना संक्रमणको दर बढेको भनेर प्रशासनले मेला महोत्सवजन्य गतिबिधि नगर्न आग्रह गरेको हो । यद्यपी माघ १ गते शनिबारदेखि सुरु हुन लागेको माघे संक्रान्ति मेलाका लागि भने स्टल बनाउने कार्य धमाधम चलिरहेको ।
माघे संक्रान्ति मेलाका लागि भन्दै रुरु क्षेत्र रिडी धाममा स्थानीय व्यापारीहरुले व्यापार व्यवसाय संचालन गर्न भनेर स्टल निर्माण गर्ने, मेलाको तयारी गर्ने जस्ता गतिबिधि गरिरहेका छन् । यसले कोरोनाको संक्रमण बढ्न सक्ने अनुमान गरिएको छ ।
यतिबेला रुरुधाममा रुकुम राेल्पा बाट कम्मल राडि पाखि तथा अाेखरकाे घाँजि बाेकेर व्यापारी आईसकेका छन भने बाग्लुङ प्युठान तिरबाट डाेका डाला नाँग्ला ठेकाका व्यापारी यहाँ अाएक छन ।
बटौली तिरबाट पनि फेन्सि कपडा लगाएतका अन्य सामान बेच्ने हरुकाे लर्काे रिडी बजारमा लागेकाे छ ।
जिल्ला प्रशासन कार्यालयले मेला महाेत्सव भिडभाड नगर्न अादेश जारी गरेकाे छ र हामी पनि प्रशासनकाे निर्देशन बमाेजिम भिडभाड हुन नदिने गरि प्रहरी परिचालन गर्ने तयारीमा छौँ रिडी इलाका प्रहरी कार्यालयका इन्चार्ज समेत रहेका प्रहरी निरिक्षक शुभराज बमले बताए ।
कोरोना संक्रमण बढेका बेला महोत्सव नगर्न आग्रह गरेपनि स्थानीय व्यक्तिहरुले स्टल बनाउने र व्यापार व्यवसाय गर्ने गतिबिधि गर्न थालेकाेमा गुनासा आएका छन् ।
यसै बिच काेराेनाका कारण रिडीबजारमा अाउने तिर्थालुहरुका लागि पनि काली गण्डकी स्नान र ऋषिकेश लगाएत मठ मन्दिरकाे दर्शनमा पनि सामाजिक दुरी कायम गर्न प्रशासनले अाग्रह गरेकाे छ ।विगतकाे वर्ष पनि माघे सक्रान्तिमा रुरुधाममा मेला महाेत्सवकाे अायाेजना भएन ।
रिडीबजारमा आदि अनादि काल देखि लाग्दै आएकाे माघे सक्रान्ति मेला काेराेनाकै कारण प्रभावित बन्दै आएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology