कृष्ण अन्जान, रिडीबजार । काेभिड सँक्रमणकाे त्रासका बिच पनि नेपालकै प्रसिद्ध रुरुधाममा कालिगण्डकी स्नान र ऋषिकेश मन्दिर लगायतका मठहरूमा दर्शन गर्नेहरुकाे भिड लागेकाे छ ।
अादी अनादी कालदेखि रिडीमा लाग्ने माघेसक्रान्ति मेलामा विगतमा जस्ताे रौनकता त छैन तरपनि रुरुधामका वरिपरिका वासिन्दाहरु कालिगण्डकी नदिमा पवित्र स्नान गर्दै मठ मन्दिरमा दर्शन गर्ने परम्परालाई कायमै राखेका छन ।
माघ महिनामा कालिगण्डकीमा स्नानकाे विशेष महत्त्व हुने र यसमा पनि माघेक्रान्तिकाे मकर स्नानकाे अझै धार्मिक महत्त्व हुने जनविश्वासका कारणले पनि रुरुधाममा तिर्थालुकाे घुँईचाे लाग्ने गर्छ ।
काेभिड महामारीका कारण गत वर्ष रिडीबजारमा माघेसक्रान्ति मेला लागेन र यहि निरन्तरता याे वर्ष पनि कायम रह्याे तर गंगास्नानमा भने याे वर्ष पनि खासै फरक परेकाे छैन।
काेभिड सँक्रमण भन्दा अगाडिका वर्षहरुमा स्थानिय संघ संस्थाकाे पहलमा रिडी बजारमा माघेसक्रान्तिलाई लक्षित गरेर ठुला मेलाहरुकाे अायाेजना गरिँदै अाएकाे थियाे । बगरभरि टहराहरुमा हाेटल रेष्टुरेन्ट अन्य पसलहरुमा बाहिरबाट ब्यापारीहरु अाउने र मुख्य रुपले माघेसक्रान्तिलाई रिडीका व्यापारीहरुले व्यापारकाे भल छाेप्ने पर्वकाे रुपमा लिने गर्दथे । तर काेभिड सँक्रमणले मेला महाेत्सव नहुने भएपछि माघेसक्रान्ति कालिगण्डकी स्नानमा मात्र समेटिएको छ ।
रुरुधाममा लाग्ने माघे सक्रान्ति मेलाका अाकर्षणहरुमा डाेल्पा-राेल्पा तिरबाट ल्याईने कम्मल राडि पाखि, अाेखरकाे घाँजिकाे व्यापार सँगै बाग्लुङ प्युठान र अर्घाखाँचिबाट अाउने डाला, डाेका, सुपा र ठेका ठेकि भएपनि काेभिड सँक्रमणकाे त्रासले पनि त्याे क्षेत्रबाट ब्यापारी हरु अत्यन्तै कम अाउने गरेका छन र अाएका हरुकाे पनि खासै व्यापार हुने गरेकाे छैन ।
रुरुक्षेत्रमा लाग्ने माघे सक्रान्तिकाे मेला परम्परादेखि तीन दिनसम्म लाग्ने गरेकाे छ ।
माघ १ गते जेठी, २ गते माईली र ३ गतेलाई कान्छी सक्रान्ति भनिने र कान्छी सक्रान्ति पछि मेला सकिने प्रचलन छ ।
विगतमा अघिल्लै दिन टाढाटाढाबाट तिर्थालु अाउने बगरमा भात पकाएर खाने भजन किर्तन गर्ने नजिककाले ढकनि अचार पकाएर लाने गंगा स्नान र मन्दिर दर्शन पछि बगरका ढुँगामा बसेर बाेँगाकाे अचार र ढकनी खाएकाे सम्झना गर्छन रुरु १ का अाेम ज्ञवाली ।
मुख्यतया माघेसक्रान्तिमा विवाहका लागि तयार भएका युवा युवतिलाई एक अापसमा हेर्ने र विवाहकाे छिनाेफानाेकाे माध्यम पनि माघे सक्रान्तिलाई बनाउने गरिएकाे रुरुक्षेत्र ३ का कृष्ण राज ज्ञवालीले बताए ।
रुरुधामकाे अान्तरिक पर्यटन प्रवर्द्धनमा विशेष महत्त्व राख्ने पर्वकाे रुपमा अझैपनि स्थापित रहेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology