Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथा माविद्वारा अभिभावक सचेतता कार्यक्रम सम्पन्न 

सगरमाथा माविद्वारा अभिभावक सचेतता कार्यक्रम सम्पन्न 

images
  • सगरमाथा माविद्वारा अभिभावक सचेतता कार्यक्रम सम्पन्न 
    images
    images

    देवदह । देवदह -७ स्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयले अभिभावक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार देवदहमा एक कार्यक्रम आयोजना गरि कक्षा ४ देखि ९ सम्मका करिब २ सय बढी अभिभावकलाई सचेतना तालीम प्रदान गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    उक्त कार्यक्रममा जिनियस एकेडेमी भक्तपुरका कार्यकारी प्रमुख कमल सिलवालले सचेतना तालिमको मुख्य प्रशिक्षक रुपमा सहभागीलाई प्रशिक्षित गरेका थिए । कार्यक्रमको औचित्यमाथि बोल्दै विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेलले बालबालिकाको शैक्षिक र व्यवहारीक विकासका लागि अभिभावक सचेतना कार्यक्रम महत्वपूर्ण हुने भएकाले विद्यालयले समय समयमा यस्ता कार्यक्रम आयोजना गर्ने गरेको बताए । बालबालिकाका लागि घर परिवार पहिलो पाठशाला र अभिभावक पहिलो शिक्षक भएकाले अभिभावक सचेतना कार्यक्रम निकै आवश्यक विषयवस्तु भएको उनको भनाइ छ ।

    images
    images
    images

    कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डिल्लीराज मरासिनीले देशका कर्णधारको रुपमा रहेका बिद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि तालिमले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । तालिमको उद्घाटन सत्र विद्यालयका मा. वि. इन्चार्ज शिक्षक प्रदिप अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।