बुटवल । सत्तापक्षीय गठबन्धन सम्बद्ध दलको लुम्बिनी प्रदेश स्तरीय बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम गरेर जाने निर्णय गरेको छ । बुधबार बुटवलमा सम्पन्न बैठकले स्थानीय स्तरमा बनेका गठबन्धन संयन्त्रको स्वागत गर्दै प्रदेशका सबै स्थानीय तहमा संयन्त्र निर्माण गरि थप प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।
बैठकपछि एक विज्ञप्ति जारी गर्दै दलहरूले गठबन्धनको आवश्यकताबारे प्रदेश स्तरमा संयुक्त जनसभा लगायतका कार्यक्रम आयोजना निर्णय समेत भएको जनाएको छ ।
जारी विज्ञप्तिमा नेपाली कांग्रेसका अध्यक्ष अमर सिंह पुन, नेकपा माओवादी केन्द्रका अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष बद्रे आलमको हस्तान्तरण रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology