Logo

२०८३, श्रावण ३०गते


images
images

स्थानीय तह निर्वाचन : अन्तिम मतपरिणाम आएका १२ मध्य ६ पालिकामा एमाले विजयी

स्थानीय तह निर्वाचन : अन्तिम मतपरिणाम आएका १२ मध्य ६ पालिकामा एमाले विजयी

images
  • स्थानीय तह निर्वाचन : अन्तिम मतपरिणाम आएका १२ मध्य ६ पालिकामा एमाले विजयी
    images
    images

    काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउन सुरू भएको छ । अहिलेसम्म १२ वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ। जसमध्ये सबैभन्दा धेरै नेकपा एमालेले ६ वटा स्थानीय तहमा जित हात पारेको छ।

    images
    images
    images

    त्यस्तै नेपाली कांग्रेसले ३ र नेकपा एकीकृत समाजवादीले २ वटामा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले पनि १ स्थानमा जित हात पारेको छ। जारी मतगणनामा एमाले ९४ स्थानीय तहमा अगाडी छ भने नेपाली कांग्रेस १०६ वटामा अगाडि छ।

    images
    images
    images

    त्यस्तै नेकपा एस २ र नेकपा माओवादी केन्द १३ वटामा अगाडि छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ स्थानमा अगाडि छन्। 

    images
    images
    images

    नेकपा एमाले विजयी भएका पालिकाहरु
    • मनाङको मनाङ ङिस्याङ गाउँपालिका : नेकपा एमालेका कान्छा घले विजयी
    • मनाङको चामे गाउँपालिका : नेकपा एमालेका  लोकेन्द्रबहादुर घले विजयी
    • मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका : नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी
    • मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : नेकपा एमालेका रिङजिन नामगेल गुरुङ विजयी
    • मुस्ताङको लोमान्थाङ गाउँपालिका : नेकपा एमालेका टसी न्वर्वु गुरुङ विजयी 
    • डोल्पाको से फोक्सुण्डो गाउँपालिका : नेकपा एमालेका धावा सम्डुङ गुरुङ विजयी

    नेपाली कांग्रेस विजयी भएका पालिकाहरु
    • मनाङको नार्पा भूमी गाँउपालिका : नेपाली कांग्रेस कोन्जो तेन्जीङ लामा विजयी
    • मनाङको नासोँ गाउँपालिका : नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी
    • मुस्ताङको घरपोझङ गाउँपालिका :  नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी

    नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका
    • डोल्पाको छार्का साङतोङ गाउँपालिका : नेकपा एकीकृत समाजवादीका सेनाङ गुरुङ विजयी
    • डोल्पाको काइके गाउँपालिका : नेकपा एकीकृत सजमावादीका अंगदकुमार राना विजयी

    नेकपा माओवादी केन्द्र
    • डोल्पाको जगदुल्ला गाउँपालिका : नेकपा माओवादी केन्द्रका नारसिङ रोकाय विजयी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।