देवदह । स्थानीय तह निर्वाचनलाई लक्षीत गर्दै देवदहमा खुल्ला बहस हुने भएको छ। देवदह नगरपालिकाका नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवारसंग भोलि (बिहीवार) नागरिक प्रतिबद्धता सहितको अन्तक्रिर्यात्मक बहस हुन लागेको हो ।
उक्त कार्यक्रममा उम्मेदवारले नागरिकसंग आफ्ना प्रतिबद्धता राख्ने र नागरिकले उम्मेदवारको प्रतिबद्धता, विगतमा गरेका कार्यहरू र भावी कार्य योजनाको बिषयमा स्वस्फूर्त रुपमा उम्मेदवारलाई प्रश्न सोध्ने व्यवस्था मिलाईएको देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलले बताए ।
खुल्ला बहसमा उम्मेदवारले आफ्ना योजना र मतदाताहरूले उम्मेदवारसंग आफ्ना जिज्ञासा राख्ने हुनाले कार्यक्रमले उम्मेदवारलाई जिम्मेवार र नागरिकलाई थप स्पष्ट हुन सहयोग गर्ने विश्वास राखिएको नागरिक समाज देवदहका अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताए।
नागरिक समाज, देवदह र देवदह प्रेस क्लबको संयुक्त आयोजनामा गरिएको उक्त नागरिक प्रतिबद्धता सहितको खुल्ला बहस कार्यक्रम भोलि ठिक ११ बजे ॐ दर्शन पार्टी प्यालेसमा सुरु हुने जनाईएको छ ।
खुल्ला बहस कार्यक्रममा सर्वसाधारणले शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा लगायतका बिषयमा आफुलाई लागेका जिज्ञासा र प्रश्न सोध्न सक्नेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology