Logo

२०८३, श्रावण ३०गते


images
images

स्थानीय तह निर्वाचन : देवदहमा गठबन्धन गरेर जाने सत्तारूढ पाँच दलको निर्णय

स्थानीय तह निर्वाचन : देवदहमा गठबन्धन गरेर जाने सत्तारूढ पाँच दलको निर्णय

images
  • स्थानीय तह निर्वाचन : देवदहमा गठबन्धन गरेर जाने सत्तारूढ पाँच दलको निर्णय
    images
    images

    देवदह । आसन्न स्थानीय तहको निर्वाचनमा देवदहमा गठबन्धन गर्ने विषयमा यहाँ क्रियाशिल सत्तारूढ पाँच दल सहमत भएका छन् । बिहीबार देवदहमा बसेको गठबन्धन दलको बैठकले गठबन्धन संयन्त्र निर्माण गर्दै एकताबद्ध भएर निर्वाचनमा जाने निर्णय गरेको हो ।

    images
    images
    images

    बैठकले स्थानीय तह निर्वाचनमा नगरस्तरमा गठबन्धन कायम गर्ने निर्णय गर्दै त्यसको लागि संयन्त्र निर्माण गरेको नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य मोतिलाल ढकालले बताए । ढकालका अनुसार नेपाली कांग्रेसका नगर सभापती गुनाखर भुर्तेलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाईएको छ । जसको सदस्यहरूमा माओवादी केन्द्रका नगर अध्यक्ष गोविन्द ठटराई, एकीकृत समाजवादीका नगर अध्यक्ष टंक पोखरेल, राष्ट्रिय जनमोर्चाका नगर इन्चार्ज भिमलाल न्यौपाने र जनता समाजवादीका नगर संयोजक रमेश पाण्डेय रहेका छन् ।

    images
    images
    images


    बैठकमा गठबन्धन पार्टीका नगर पदाधिकारी तथा देवदहमा रहेका जिल्ला र प्रदेश तहका नेताहरूको उपस्थिति रहेको जनाईएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।