देवदह । विद्यालय शिक्षा परीक्षा (एसइई)मा यसबर्ष देवदह नगरपालिकाबाट ७१.४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । कुल १२६९ विद्यार्थी सहभागी भएकोमा ९०६ जना विद्यार्थी उत्तिर्ण भएको नगर शिक्षा शाखाले जनाएको छ ।
शाखाले सार्वजनिक गरेको तथ्याङ्कलाई हेर्दा गतबर्ष भन्दा यस बर्षको नतिजामा गिरावट आएको देखिएको छ । गत बर्ष ८९.८६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएकोमा यसबर्ष त्यो नतिजामा १८.४६ प्रतिशतले गिरावट आएको हो । २०८० को एसइईमा ४७.४९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएकोमा गतबर्ष उल्लेख्य सुधार भएपनि यसबर्ष देवदहको एसइई नतिजा कमजोर देखिएको छ ।
सामुदायिक र संस्थागत गरी देवदहका कुल २५ वटा विद्यालय एसइईमा सहभागी भएकोमा २ वडा संस्थागत विद्यालयले मात्र यसबर्ष शतप्रतिशत विद्यार्थी उत्तिर्ण बनाउन सफल भएका छन् । तुलनात्मक रुपमा सामुदायिक भन्दा उत्कृष्ट नतिजा ल्याउने संस्थागत विद्यालयको नतिजा पनि यसबर्ष खस्किएको पाइएको छ ।
गतबर्ष ९ वटा संंस्थागत विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएकोमा यो बर्ष त्यो संख्या घटेर २ मा झरेको छ । यस बर्षको एसइईमा न्यू लुम्बिनी इगलिस बोर्डिङ्ग स्कुल देवदह ५ र मदरल्याण्ड एकेडेमी देवदह ३ ले बाहेक अन्य विद्यालयले पुरानो बिरासतलाई कायम गर्न सकेनन् । यसपटक न्यू लुम्बिनीबाट १८ जना विद्यार्थीले एसइईमा सहभागिता जनाएका थिए भने मदरल्याण्डले १० जना विद्यार्थी सहभागी गराएको थियो ।
सामुदायिक विद्यालयको नतिजा : केहिको सुधार केहिको कमजोर
गतबर्ष सामुदायिक विद्यालयतर्फ भविष्य निर्माण मावि देवदह–२ ले शप्रतिशत विद्यार्थी उत्तिर्ण गराएको थियो । उसले समेत यो बर्ष गतको इतिहासलाई कायम राख्न सकेन । यो बर्षको उसको ग्रेड प्रतिशत जम्मा ४३.९ प्रतिशत रहेको छ । भविष्यनिर्माणबाट ६६ जना विद्यार्थी एसइईमा सहभागी भएकोमा मात्र २९ जना विद्यार्थी ग्रेडेड भएका छन् ।
यसबर्ष देवदहबाट ग्रिनप्लान्ट अंग्रेजी माध्यमिक विद्यालयबाट २ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् भने त्यसलाई पच्छ्याउँदै सगरमाथा सेकेन्डरी बोर्डिङ्ग स्कुल र न्यू नमुना ईगलिस बोर्डिङ्ग स्कुलले समेत १, १ जना विद्यार्थी ४ जिपिए सहित उत्तिर्ण गराउन सफल भएका छन् । ग्रिनप्लान्टका दर्शन भट्टराई र अनमोल जिसीले ४ जिपिए ल्याउँदा सगरमाथाका सोयम नेपाली र न्यू नमुनाका आदित्य थापाले समेत ४ जिपिए प्राप्त गर्न सफल देखिए । ग्रेड प्रतिशतको आधारमा ग्रिनप्लान्टले ९७.६ प्रतिशत, सगरमाथाले ९५.८ प्रतिशत र न्यू नमुनाले ८९.५ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको छ । यसबर्षको एसइईमा ग्रिनप्लान्टबाट ८३ जना सगरमाथाबाट ७१ जना र न्यू नमुनाबाट ३८ जना विद्यार्थी सहभागी थिए । यि तिनवटै संस्थागत विद्यालयले गतबर्षको एसइई परिक्षामा सत प्रतिशत विद्यार्थी उत्तिर्ण गराएका थिए । जुन यो बर्ष कायम रहन सकेन ।
सामुदायिक विद्यालयतर्फ सीता मावि देवदह १० ले ९५.५ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएर उत्कृष्ट नतिजा दिन सफल देखिएको छ । कुल ६७ विद्यार्थी परिक्षामा सहभागी भएकोमा सीताबाट ६४ जना विद्यार्थी ग्रेडेड भएका हुन् । गतबर्ष सीता मावि चरंगेले ९३।७५ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको थियो ।
यसैगरी देवदह मावि देवदह–७ ले ८२.५ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको छ । गत बर्षको नतिजा भन्दा उल्लेख्य सुधार गरेको देवदहबाट ८० जना विद्यार्थी सहभागी भएकोमा ६६ जना विद्यार्थी ग्रेडेड भएका हुन् । गतबर्ष देवदहबाट ६९।३९ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।

अघिल्ले बर्ष भन्दा कमजोर नतिजा ल्याएको युगज्योती मावि देवदह–६ ले ७८.७ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको छ । ७५ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा युगज्योतीका ५९ जना विद्यार्थी ग्रेडेड भएका हुन् । युगज्योति मावि देवदह–६ बाट ८९।३६ प्रतिशत विद्यार्थी गतबर्ष उत्तिर्ण भएका थिए ।
जनप्रिय मावि देवदह–१० बाट यसबर्ष ७८.२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । परिक्षामा ५५ जना सहभागी गराएको जनप्रियले ४३ जना उत्तिर्ण गराएको हो । गतबर्ष जनप्रिय मावि देवदह–१० ले ९५.१२ प्रतिशत उत्तिर्ण गराएको यसबर्ष सो प्रतिशत ह्वात्तै घटेको छ ।
यसैगरी जनता मावि देवदह–८ ले यस बर्षको एसइईमा ५६ जना विद्यार्थी सहभागी गराई ४२ जना उत्तिर्ण गराएको छ । ७५ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको जनताले गतबर्ष ९२ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको थियो । जनताको उत्तिर्ण प्रतिशत गतभन्दा यसपटक निराशाजनक देखिएको छ ।
देवदहको नमुना विद्यालय केरवानी मावि देवदह–५ को नतिजा निकै कमजोर देखिएको छ । भौतिक पूर्वाधार र जनशक्तिको हिसावले समेत अब्बल मानिने केरवानीको यो पटकको नतिजा निराशाजनक पाइएको छ । गतबर्ष प्रविधिक र साधारणतर्फबाट गरि संयुक्तमा ९५।६५ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको केरवानीले यसबर्ष साधारणतर्फ जम्मा ६१.१ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको छ । केरवानीबाट यसबर्ष साधारणतर्फ ७२ जना विद्यार्थी एसइईमा सहभागी भएकोमा मात्र ४४ जना ग्रेडेड भएका छन् । प्राविधिक तर्फ यसबर्ष केरवानीको नतिजा लज्जास्पद देखिएको छ । केरवानीबाट प्राविधिक तर्फ ४७ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा जम्मा ४ जना अर्थात ८.५१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको नगर शिक्षा अधिकृत परशुराम ढकालले जानकारी दिए ।
महामाया भवानी मावि देवदह–४ को ग्रेडिङ् प्रतिशतमा यसबर्ष गिरावट आएको छ । गतबर्ष ७९.४१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको महामायाबाट यसबर्ष ६६ जना परिक्षार्थी सहभागी भएकोमा ३७ जना उत्तिर्ण हुँदै ५६.१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।
ज्ञानज्योती मावि देवदह–८ ले भने यसबर्षको नतिजामा केही सुधार गरेको छ । गतबर्ष ४३.७५ प्रतिशतमा चित्त बुझाएको ज्ञानज्योतीले यसबर्ष त्यसलाई बढाएर ५६ प्रतिशत पुर्याएको छ । ज्ञानज्योतीबाट यसबर्ष २५ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा १४ जना उत्तिर्ण भएका हुन् ।
प्रगति मावि देवदह–१२, सरस्वती मावि देवदह १ र खड्ग मावि देवदह १ को नतिजा यसपटक लज्जास्पद देखिएको छ । प्रगति माविले गतबर्ष ६९.७७ प्रतिशत उत्तिर्ण गराएकोमा यसबर्ष ६२ जना परिक्षामा सहभागी गराई १५ जना अर्थात २४.२ प्रतिशत नतिजा ल्याएको छ ।
यस्तै सरस्वती माविले गतबर्ष ९२.८६ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएकोमा यसबर्ष मात्र १५.१ प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएको छ । सरस्वतीबाट यसबर्ष ५३ जना विद्यार्थी एसइईमा सहभागी भएकोमा ८ जना मात्र उत्तिर्ण भएका हुन् ।
यसैगरी खड्ग माविको यसबर्षको नतिजा सबैभन्दा दयनिय देखिएको छ । गतबर्ष ७८.२६ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको खाड्ग यसपटक ‘सिंगल डिजिट’ मा झरेको छ । यसबर्ष जम्मा ६.८ प्रतिशत विद्यार्थी ग्रेडेड भएको खड्गबाट ४४ जना विद्यार्थी एसइईमा सहभागी भएकोमा जम्मा ३ जना विद्यार्थी उत्तिर्ण भएका हुन् ।
सिक्टहन मावि देवदह–१२ ले भने यसपटक नतिजा प्रतिशतमा केहि सुधार गरेको छ । उसले गतबर्ष १५.३८ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएकोमा यसबर्ष २०.७ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको छ । सिक्टहनबाट २९ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा यसबर्ष ६ जना उत्तिर्ण भएका छन् ।
संस्थागततर्फ शत प्रतिशत नतिजा दिने विद्यालय घटे
एसइई परिक्षामा देवदहका ८ वटा विद्यालयले गतवर्षको एसइई परिक्षामा सत प्रतिशत नतिजा दिएका थिए । यो बर्ष जम्मा २ विद्यालय न्यू लुम्बिनी र मदरल्याण्डले बाहेक अन्यले पुरानो बिरासतलाई जोगाउन सकेनन् । संस्थागत तर्फ गतबर्ष सत प्रतिशत नतिजा दिन सफल कोलिय ईंलि बोर्डिङ्ग स्कुल देवदह १०, देवदह ईंलिस बोर्डिङ्ग स्कुल देवदह ७ र देवदह बुद्ध पब्लिक ईंलिस बोर्डिङ्ग हाईस्कुल देवदह ५ को नतिजा गतबर्ष भन्दा कमजोर पाइएको छ । कोलियले यसबर्ष ३१ जना विद्यार्थी परिक्षामा सहभागी गराई ३० जना उत्तिर्ण गराउँदा उसले ९६.८ प्रतिशत विद्यार्थी ग्रेडेड गराउन सफल भएको छ ।
देवदह इङ्गलिस बोर्डिङ्ग स्कुल देवदह ७ ले ९६.७ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको छ । देवदहबाट ६० जना विद्यार्थी सहभागी भएकोमा ५८ जना विद्यार्थी उत्तिर्ण भएका हुन् । यस्तै गत बर्षको भन्दा कमजोर नतिजा निकालेको देवदह बुद्ध पब्लिकले ७२ जना परिक्षार्थीलाई एसइईमा सहभागी गराई ६६ जना उत्तिर्ण सहित ९१.७ प्रतिशत नतिजा दिन सफल भएको छ ।
सेभेनस्टार इङ्गलिस बोर्डिङ्ग स्कुल देवदह २ बाट यो बर्ष ९३.३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । परिक्षामा ६० जना विद्यार्थी सहभागी गराएको सेभेनस्टाले ५६ जना विद्यार्थी उत्तिर्ण गराउन सफल भयो । सेभेनस्टारबाट गतबर्ष ९०.३८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएकोमा यसबर्ष सेभेनस्टारले नतिजामा केहि सुधार गरेको देखिन्छ ।
यता एसियन लाईट इङ्गलिस बोर्डिङ्ग स्कुल देवदह २ को यो बर्षको नतिजा १६ प्रतिशत भन्दा बढिले तल झरेको छ । यसबर्ष २९ जना विद्यार्थीमा २३ जना अर्थात ७९.३ प्रतिशत उत्तिर्ण गराएको एसियनलाईटबाट गतबर्ष ९५.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए ।
यो बर्षको एसइईमा नारायणी पब्लिक इङ्गलिस बोर्डिङ्ग हाईस्कुल देवदह १ र देवदह मदर टङ्गस एकेडेमी देवदह ५ को नतिजा समेत खस्किएको छ । गतबर्ष ९०.९१ प्रतिशत नतिजा दिन सफल नारायणीले यो बर्ष ९ जना विद्यार्थी परिक्षामा सहभागी गराई ७ जना अर्थात ७७.८ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको छ । त्यस्तै गतबर्ष ९२.८६ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको देवदह मदर टङ्गसले यो बर्ष ३८ जना विद्यार्थी परिक्षामा सहभागी गराएर २५ जना अर्थात ६५.८ प्रतिशत मात्र विद्यार्थी उत्तिर्ण गराउन सफल भएको छ ।
२०७९ सालदेखि कक्षा ८ को परिक्षामा सुधार ल्याएका कारण गतबर्ष देवदहको एसईई परिक्षाको नतिजामा सुधार आएको बताइएको थियो । तर यसपटकको नतिजाले देवदह नगर शिक्षा शाखाको अघिल्लो तर्कलाई काटिदिएको छ । समग्रमा केहि सामुदायिक विद्यालयको यो पटकको नतिजाले शिक्षण सिकाईको शैलि र अभ्यासलाई समेत चुनौति थपिदिएको छ ।
|
विद्यालयको नाम |
ग्रेडेड प्रतिशत २०८२ |
ग्रेडेड प्रतिशत २०८१ |
|
|
भविष्य निर्माण मा.वि. |
४३.९ |
१०० |
|
|
जनता मा.वि. |
७५.० |
९२ |
|
|
केरवानी मा.वि. |
६१.१ |
९५.६५ |
|
|
ज्ञानज्योति मा.वि. |
५६.० |
४३.७५ |
|
|
सरस्वती मा.वि. |
१५.१ |
९२.८६ |
|
|
खड्ग मा.वि. |
६.८ |
७८.२६ |
|
|
जनप्रिय मा.वि. |
७८.२ |
९५.१२ |
|
|
देवदह मा.वि. |
८२.५ |
६९.३९ |
|
|
युगज्योति मा.वि. |
७८.७ |
८९.३६ |
|
|
प्रगति मा.वि. |
२४.२ |
६९.७७ |
|
|
सीता मा.वि. |
९५.५ |
९३.७५ |
|
|
सिक्टहन मा.वि. |
२०.७ |
१५.३८ |
|
|
महामाया भवानी मावि |
५६.१ |
७९.४१ |
|
|
एसियन लाइट इ.बो. स्कुल |
७९.३ |
९५.८३ |
|
|
देवदह इ.बो. स्कुल |
९६.७ |
१०० |
|
|
मदरल्याण्ड एकेडेमी |
१००.० |
१०० |
|
|
सेभेनस्टार इ.बो. स्कुल |
९३.३ |
९०.३८ |
|
|
ग्रीनप्लान्ट इ.बो. स्कुल |
९७.६ |
१०० |
|
|
देवदह बुद्ध पब्लिक इ.बो.हाइ स्कुल |
९१.७ |
१०० |
|
|
देवदह मदरटंस एकेडेमी |
६५.८ |
९२.८६ |
|
|
न्यू लुम्बिनी इ.बो. स्कुल |
१००.० |
१०० |
|
|
न्यू नमूना इ.बो. स्कुल |
८९.५ |
१०० |
|
|
नारायणी पब्लिक इ.बो.हाइ स्कुल |
७७.८ |
९०.९१ |
|
|
सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुल |
९५.८ |
१०० |
|
|
कोलिय इ.बो. स्कुल |
९६.८ |
१०० |
|
|
जम्मा |
७१.४ |
८९.८६ |
|
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology