Logo

२०८३, श्रावण ३०गते


images
images

एकीकृत समाजवादी देवदहको ६८ बुँदे घोंषणा पत्र, पार्कको शहरदेखि गाईभैसी सुत्केरी भत्तासम्म

एकीकृत समाजवादी देवदहको ६८ बुँदे घोंषणा पत्र, पार्कको शहरदेखि गाईभैसी सुत्केरी भत्तासम्म

images
  • एकीकृत समाजवादी देवदहको ६८ बुँदे घोंषणा पत्र, पार्कको शहरदेखि गाईभैसी सुत्केरी भत्तासम्म
    images
    images

    देवदह । नेकपा (एकीकृत समाजवादी) देवदहले स्थानीय तह निर्वाचन २०७९ को घोषणा पत्र सार्वजनिक गरेको छ । सोमबार नगर पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै नगरप्रमुख पदका उम्मेदवार छवि भट्टराईले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

    images
    images
    images

    तत्कालीन, मध्यकालीन र दीर्घकालिन गरि तीन चरणको योजना प्रस्तुत गर्दै भट्टराईले देवदहलाई पार्कहरूको शहर बनाउनेदेखि आफ्नो टोल आफै बनाउँनेसम्मका योजना अघि सारेका छन् । आफू विजयी भएमा शिक्षा, कृषि, स्वास्थ्य, खेलकुद, उद्योग, पुर्वाधार, पर्यटन र शान्ति सु-व्यवस्थाको लगायतका शिर्षकमा  गर्ने कामहरूको सूची उल्लेख गर्दै उनले ६८ बुँदे योजना सार्वजनीक गरेका छन् ।

    images
    images
    images

    घोषणा पत्रमा पर्यटन तर्फ थिम पार्कको अवधारणा अनुसार देवदहलाई पार्कको शहर बनाउने, पार्कहरूमा रोजगारी सिर्जना गर्ने लगायतका बुँदाहरू समाबेस रहेका छन् । देवदहमा २००० जना अट्ने कोलिय सभागृह बनाउने, प्राकृतिक स्रोत साधनको अनियन्त्रीत दोहनलाई रोक्ने लगायतका योजना घोषणा पत्रमा छन् ।

    images
    images
    images

    त्यसैगरी शिक्षतर्फ १५० बढी विद्यार्थी रहेका विद्यालयमा नर्स राख्ने, देवदह आदर्श बहुमुखी क्याम्पसमा स्नातकोत्तर सुरु गर्ने, सामुदायिक र निजि शिक्षण संस्थामा कार्यरत शिक्षकको न्युनतम पारिश्रमिक तोक्ने लगायतका कार्यक्रम रहेका छन् ।

    कृषितर्फ, सिंचाइको व्यवस्था, गाईभैंसी सुत्केरी भत्ता लगायतका योजना अगाडि सारेको समाजवादीले स्वास्थ्य तर्फ ६-६ महिनामा ६० बर्षमाथिका जेष्ठ नागरिकको संबंधित टोलमै पुगेर स्वास्थ्य जाँच लगायतका कार्यक्रम अघि सारेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।