देवदह । देवदह इङलिस बोर्डिङ हाई स्कूलमा साप्ताहिक अतिरिक्त क्रियाकलापअन्तर्गत कक्षागत तथा अन्तरसदनात्मक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थीहरूमा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउने तथा राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुन प्रोत्साहित गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न तहका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ ।
कक्षा १ देखि ३ सम्म सञ्चालन गरिएको कक्षागत चित्रकला प्रतियोगितामा कक्षा १ बाट अनु विटालु, कक्षा २ बाट श्रीतिका बस्याल र कक्षा ३ बाट सियान साहु प्रथम भए । त्यसैगरी अरुन्या काफ्ले, आरुसी केवट र संगम चापागाईँ द्वितीय तथा रोजिना भट्टराई, सायरा गुरुङ र युसिन राना तृतीय भएका थिए ।
कक्षा ४ देखि ६ सम्मका विद्यार्थीबीच भएको जुनियरतर्फको अन्तरसदनात्मक प्रतियोगितामा निलो सदनकी गौमती कामु प्रथम, रातो सदनकी शशिका खनाल द्वितीय तथा हरियो सदनकी साइमन थापा तृतीय भएको विद्यालयले जनाएको छ ।
यस्तै, कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूबीच सम्पन्न सिनियरतर्फको अन्तरसदनात्मक चित्रकला प्रतियोगितामा पहेँलो सदनकी सदिक्षा श्रेष्ठ प्रथम, पहेँलो सदनकी प्राप्ती बस्नेत द्वितीय तथा रातो सदनकी स्वस्ती भुसाल तृतीय हुन सफल भएको शिक्षक माधव आचार्यले जानकारी दिए ।
कुल ६२ जना विद्यार्थीको सहभागिता रहेको प्रतियोगिताको सहजीकरण विद्यालयकी अतिरिक्त क्रियाकलाप संयोजक सोनिया खनालले गरेकी थिइन् ।