देवदह । देवदह नगरपालिकाको मतगणना जारी छ। सोमबार साँझ ६ बजेसम्म १६६०० मत गणना भैसकेको निर्वाचन कार्यालयले जनाएको छ।
हामीले हालसम्म कुन वडाबाट प्रमुख र उपप्रमुखका उम्मेदवारले कति मत प्राप्त गरे भनेर बुझ्ने कोसिस गरेका छौ। निर्वाचन कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार प्रमुख र उपप्रमुख पदमा हालसम्मको अवस्था यसप्रकार छ।
प्रमुख पदमा कुन दलले कति मत पाए ?
हालसम्मको गणना अनुसार सुरुवाती चरणमा अलिकति पछि परेको सुर्य चिन्ह अर्थात नेकपा एमालेका उम्मेदवार ध्रुब प्रसाद खरेलले अहिले अग्रता लिइरहेका छन्। उनले ५६२६ मत प्राप्त गरेका छन्। उनलाई रुख अर्थात नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार हिरा बहादुर खत्रीले पछ्याईरहेका छन्। खत्रीले ५३७० मत प्राप्त गरेका छन्।
त्यसैगरी प्रमुख पदका अर्का प्रत्यासी राप्रपाका माधव रिमालले २०३५ मत प्राप्त गरेका छन्। राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार डम्मर बहादुर थापाले २६७ मत प्राप्त गरेका छन्। उनलाई जनमत पार्टीका सतीइ मल्लाह २११ मत सहित ले पछ्याइरहेका छन्। छैठौमा नेकपा एकीकृत समाजवादीका छवी भट्टराइ छन्। भट्टराइले १७४ मत प्राप्त गरेका छन्। सातौँमा कुखुराको भाले अर्थात मंगोल नेशनल अर्गानाइजेसनकि सिर्जना गुरुङ छन्। चौविस बर्षिया गुरुङले १५३ मत प्राप्त गरेकी छन्।
नेपाल दलित पार्टीको इनार चिन्हले ७४ मत प्राप्त गरेको छ। उक्त पार्टीका उम्मेदवार निर्मल दमाई रहेका छन्। भने प्रमुख तर्फ सबैभन्दा कम १६ मत राष्ट्रिय जनमोर्चाका उम्मेदवार मुक्त बहादुर रानाको गिलास चिन्हमा खसेको छ।
हेर्नुस कुन वडामा प्रमुख पदका उम्मेदवारले कति मत पाए ?

उप-प्रमुख तर्फ कुन उम्मेदवारले कति मत प्राप्त गरे ?
उपप्रमुख तर्फ पनि नेकपा एमालेले अग्रता कायम रहेको छ। एमालेकी उम्मेदवार विद्यालक्ष्मी गुरुङले सुरुदेखि नै अग्रता कायम गरेकी छन्। अहिलेसम्म उनले ६०२५ मत प्राप्त गरेकी छन्। उनलाई गठबन्धनबाट उम्मेदवार बनेकी सुन्दरी गिरीले पछ्याईरहेकी छन्। उनको चुनाब चिन्ह हसिया हथौडामा हालसम्म ३२६६ मत प्राप्त भएको छ।
तेस्रोमा हलो अर्थात राप्रपा रहेको छ। राप्रपाकी उम्मेदवार निर्मला जिसीले १७१५ मत प्राप्त गरेकी छन्। २१० मत सहित जनमत पार्टीकी आरती मल्लाह मैदानमा रहेकी छन् भने एकीकृत समाजवादीकी सरस्वती पोखरेलले हालसम्म १९४ मत प्राप्त गरेकी छन्। त्यसैगरी मंगोल अर्गानाइजेसनका इन्द्र बहादुर श्रेष्ठले १८५ मत प्राप्त गरेका छन्।
यता स्वतन्त्र उम्मेदवार प्रेम थापाको आप चिन्हमा ११० मत पर्दा दलित पार्टीको उम्मेदवार जसु निशा मुसलवानको इनारमा हालसम्म ६९ मत खसेको छ।
हेर्नुस कुन वडामा प्रमुख पदका उम्मेदवारले कति मत पाए ?

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology