Logo

२०८३, श्रावण ३०गते


images
images

नयाँ आर्थिक वर्षसंगै लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालबाट नि:शुल्क स्वास्थ्यसेवाको सुरुवात

नयाँ आर्थिक वर्षसंगै लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालबाट नि:शुल्क स्वास्थ्यसेवाको सुरुवात

images
  • नयाँ आर्थिक वर्षसंगै लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालबाट नि:शुल्क स्वास्थ्यसेवाको सुरुवात
    images
    images

    बुटवल । बुटवलको लुम्विनी प्रादेशिक अस्पतालमा आर्थिक वर्षको सुरूवातसंगै आकस्मिक तथा बहिरंग सेवाको ओ.पी.डी. टिकट र जनरल बेड निःशुल्क सेवा सञ्चालन शुभारम्भ भएकाे छ ।

    images
    images
    images

    लुम्विनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९-८० को निती तथा कार्यक्रममा उल्लेख भए बमोजिम प्रादेशिक अस्पतालमा निशुल्क बहिरंग (ओपीडी), आकस्मीक र जनरल वाडमा भर्ना हुने बिरामीहरुका लागि निशुल्क सेवा सूरु गरेकाे हाे ।

    images
    images
    images

    लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नि:शुल्क सेवाको सुभारम्भ गर्दै लुम्विनी प्रदेश सरकार जनताको स्वास्थ्यमा पहुंच स्थापित गर्ने उदेश्यका साथ काम गरि रहेको बताए।

    images
    images
    images

    लुम्विनी प्रदेश सरकारले प्रदेश सरकार मातहत रहेका लुम्विनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेड निःशुल्क गर्ने घोषण गर्दै चालु बर्षको बजेटमा १ करोड ५० लाख रुपैया बिनियोजन गरेको थियो।

    प्रदेश सरकारले बजेटमा घोषणा गरे बमोजिम प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा तथा जनरल बेडमा अव देखि कुनैपनि शुल्क नलाग्ने लुम्विनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपेरीटेण्डेन्ट डा ईन्द्र ढकालले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।