गुल्मी । ऐेतिहासिक रुरुधामकाे साँस्कृतिक धार्मिक र पौराणिक महत्त्वलाई प्रचारप्रसार गर्दै याे क्षेत्रकाे धार्मिक पर्यटन अभिबृद्दि गर्ने उद्देश्यले भदौ १३ देखि २१ गतेसम्म गर्न लागिएको श्रापमाेचन पितृ महायज्ञसँगै रामकथा र भागवत महापुराणकाे तयारी तिव्र पारिएकाे छ ।
सनातन धर्म अनुष्ठान नेपाल लुम्बिनी प्रदेश रुरुधामकाे आयाेजनामा हुने महायज्ञ सफल बनाउन याे क्षेत्रका सामाजिक अभियन्ता परशुराम भट्टराईकाे अध्यक्षतामा स्थानीय सँघ सँस्था, आमा समूह, राजनैतिक दलका प्रतिनिधि, सन्चारकर्मी जन प्रतिनिधि सामाजिक व्यक्तित्व हरु समावेश रहेकाे एक सय एक सदस्यीय महायज्ञ सहयाेग समिति गठन गरि काम थालिएकाे आयाेजक सँस्थाका केशव पाण्डेले जानकारी दिए ।
महायज्ञ सफल बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएकाे छ ।
प्राप्त जानकारी अनुसार आर्थिक उप समितिकाे सँयाेजक जिम्मेवारी लक्ष्मण भट्टराईलाई दिईएकाे छ भने स्वागत सत्कारमा शाेभाखर भट्टराई, अतिथि सत्कारमा पदम प्रसाद भट्टराई, जलपानमा कृष्ण रेग्मी, मन्च व्यवस्थापनमा पदम थापा, आवास उपसमितिमाओम प्रकाश भट्टराई? स्वयँसेवकमा कृष्ण पाण्डे, सरसफाइमा खिम प्रसाद सापकोटा ,खानेपानीमा मिन बहादुर कुँवर र अनुगमन समितिमा परशुराम भट्टराईलाई सँयाेजक ताेकेकाे छ भने प्रचारप्रसार प्रसार समितीकाे सँयाेजकसँगै सहयाेग समितिकाे सहसचिवमा पत्रकार कृष्ण अन्जानलाई ताेकिएकाे छ ।
महायज्ञमा रामकथा वाचककाे रुपमा याेगी शम्भुनाथ र भागवत कथा वाचकमा एक्काईस वर्षिय बाल गुरु विष्णुप्रसाद पाण्डे रहने बताईएकाे छ ।
महायज्ञमा भारतिय धर्मगुरुहरुका साथै नेपालका हिन्दुवादी सँघ सँगठनका उच्च पदाधिकारीकाे रुरुधाममा आगमन हुने आयाेजक सँस्थाले बताएकाे छ ।
कार्यक्रम अनुसार भदौ १३ गते अपरान्ह ११ बजेर ४५ मिनटमा कलश यात्रा सहितकाे शाेभायात्राकाे आयाेजना गरिने छ भने २ बजे दिप प्रज्वलन सहित महायज्ञकाे विधिवत उदघाटन हुने प्रचार प्रसार उपसमितिका सँयाेजक पत्रकार कृष्ण अन्जान ज्ञवालीले जानकारी दिए ।
कालिगण्डकीकाे तट ऋषिकेश भगवानकाे पाउमा हुने प्रवचनका लागि पण्डाल निर्माण गरिएकाे छ भने हाेमनादीका कार्यहरु ऋषिकेश मन्दिर प्रँगणमा रहेकाे हाेमखाडीमा हुनेछ ।
महायज्ञ सफल बनाउन याे क्षेत्रका स्थानिय तह, विभिन्न सँघ सँस्था, आमा समूह, सामाजिक व्यक्तित्व लगायत देश विदेशमा रहेका भक्तजन हरुलाई आयाेजकहरुले निमन्त्रणा पठाईसकेकाे बताईएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology