Logo

२०८३, आश्विन ९गते


images
images

रुरुधाम महायज्ञ: बाल गुरु भन्छन् - 'मानिस जन्मले होइन, कर्मले महान् हुन्छ'

रुरुधाम महायज्ञ: बाल गुरु भन्छन् - 'मानिस जन्मले होइन, कर्मले महान् हुन्छ'

images
  • सेतोमसी सहकर्मी
  • रुरुधाम महायज्ञ: बाल गुरु भन्छन् - 'मानिस जन्मले होइन, कर्मले महान् हुन्छ'
    images
    images

    कृष्ण अन्जान, गुल्मी । मानिस जन्मले हाेईन, कर्मले महान हुने रुरुधाममा आयाेजित राम महायज्ञ तथा श्रीमद्भभागवत ज्ञान महायज्ञका कथावाचक २१ वर्षिय बालगुरु कथा व्यास विष्णु प्रसाद पाण्डे बताएका छन ।

    images
    images
    images

    महायज्ञकाे पाँचौ दिन शुक्रवार साँगितिक महौलमा प्रवचन दिँदै उनले मान्छेमा मानवियता आवस्यक रहेकाे र मानवियता धार्मिक सँस्कारले प्राप्त हुने बताए ।
    हामी समाजमा मानव भएर बाँच्नु पर्छ र यसका लागि आफुमा नैतिकता आवस्यक रहेकाे कथा व्यास बालगुरु पाण्डेकाे धारणा थियाे ।

    images
    images
    images

    मुख्यतया रुरुक्षेत्रकाे धार्मिक पर्यटन प्रबर्द्धन सँगै याे क्षेत्रकाे समुचित विकासमा टेवा पुर्याउने उद्देश्यले महायज्ञकाे आयाेजना गरिएकाे आयाेजक सँस्था सनातन धर्म अनुष्ठान समितिले बताएकाे छ ।

    images
    images
    images

    महायज्ञमा भारत उज्जैनका याेगि शँभुनाथले रामकथा बाचन गरेका छन ।

    भजन किर्तन सहित आयाेजना भईरहेकाे महायज्ञमा ऋषिकेश परिसरमा हाेमनादी कार्य भईरहेकाे छ भने साधु सन्त तथा भक्तजनहरुका लागि भण्डारा समेत लगाईएकाे छ ।

    भाद्र १३ गते देखि शुरु भएकाे महायज्ञ भाद्र २१ गते समापन हुनेछ ।

    महायज्ञमा उपस्थित भई भागवत तथा रामकथा सुनेर पुण्य लाभलिन आयाेजक हरुले समस्त भक्तजन हरुलाई  आग्रह गरेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुरुधाम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।