Logo

२०८३, श्रावण ३०गते


images
images

न्यानो कपडा बाँड्न पोखराबाट माडी पुग्यो लायन्स क्लब

न्यानो कपडा बाँड्न पोखराबाट माडी पुग्यो लायन्स क्लब

images
  • न्यानो कपडा बाँड्न पोखराबाट माडी पुग्यो लायन्स क्लब
    images
    images

    चितवन । गण्डकी प्रदेश बाक्लो कुहिरोले घाम छेक्दा चितवनको माडी नगरपालिकामा कठ्यांग्रिने चिसो हुन्छ । माडीलाई आफ्नो थातथलो बनाएका चेपाङ समुदाय आङ ढाक्ने न्यानो कपडा नहुँदा आगो तापेर बस्न बाध्य छन् । न्यानो कपडाकै अभावमा बालबालिका विद्यालय जानबाट बञ्चित छन् । जाडो याममा माडीका विद्यार्थीलाई नियमित विद्यालय ल्याउन पोखराले न्यानो बाँडेको छ । पोखराका चार संस्थाले माडीका विद्यालयमा न्यानो कपडा वितरण गरेका हुन् ।

    images
    images
    images

    लायन्स क्लब अफ पोखरा लेकसाइड, लायन्स क्लब अफ पोखरा गार्डेन, लायन्स क्लब अफ पोखरा रानीवन र फ्रेन्ड्स अफ नेचर नेपालले गरिब तथा विपन्न विद्यार्थीलाई बिहीबार न्यानो कपडा वितरण गरेका हुन् । संस्थाले माडी–९ गोविन्दबस्तीमा रहेको श्री आधारभूत विद्यालय, गणेशकुञ्ज आधारभूत विद्यालय र माडी–६ मा रहेको मनमोहन बालग्राम आधारभूत विद्यालयमा २ सय २० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरे । न्यानो कपडा पाउनेमा स्थानीय चेपाङ, दलित र विपन्न विद्यार्थी थिए । श्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वनाथ घिमिरेले ठन्डीकै कारण चेपाङ समुदायका बालबालिका हिउँदमा विद्यालय नआउने समस्या रहेको सुनाए । ‘जाडो ढाक्ने कपडा छैन । दिनभरि वनमा दाउरा खोजेर विहान बेलुका तापेर बस्नुपर्छ,’ उनले भने, ‘विद्यालय आउनुपर्ने विद्यार्थी दाउराको जोहो गर्न जानुपर्छ ।’ झण्डै एक–डेढ घण्टा टाढाबाट जंगलको बाटो हुँदै विद्यालय आउनुपर्दा जंगली जनावरको डर पनि उत्तिकै हुने उनले बताए ।

    images
    images
    images

    कार्यक्रम संयोजक एवं लायन्स क्लब अफ पोखरा लेकसाइडका पूर्व अध्यक्ष नवराज अधिकारीले चार वर्षदेखि निरन्तर रुपमा माडीका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिरहेको बताए । ‘यहाँका विद्यार्थी न्यानो कपडाको अभावमा विद्यालय नै नजाने स्थिति रहेको थाहा पाएपछि निरन्तर सहयोग गर्दै आएका छौं,’ उनले भने, ‘आगामी दिनमा पनि सहयोग जारी रहने छ ।’ न्यानो कपडा वितरण कार्यक्रमका अध्यक्ष एवं लायन्स क्लब अफ पोखरा लेकसाइडका प्रथम उपाध्यक्ष कीर्तिवल्लभ त्रिपाठीले विपन्न तथा सीमान्तकृत बस्तीमा लायन्सले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । ‘जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मन्त्रलाई आत्मसात गर्दै माडीमा आइपुगेका हौं,’ उनले भने, ‘लायन्स सिंहको जस्तै ठूलो मुटु भएका व्यक्तिहरुको संस्था हो ।’

    images
    images
    images

    उक्त अवसरमा क्लबका कोषाध्यक्ष कमलकुमार भुजेलले विद्यार्थीलाई जुत्ता, चप्पल खरिदका लागि श्री आधारभूत विद्यालयलाई १० हजार रुपैयाँ सहयोग गरे । न्यानो कपडा वितरण कार्यक्रमको स्थानीय संयोजन टीकाराम आचार्यले गरेका थिए । पोखराबाटै पुगेका लियो क्लबले विद्यार्थीलाई सरसफाइ सम्बन्धी प्रशिक्षण दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।