Logo

२०८३, आश्विन १७गते


images
images

कोटियादेवी मन्दिरको जिर्णेद्वार तथा धर्मशाला र योगा हल निर्माण गर्न घोडाहामा महायज्ञ

कोटियादेवी मन्दिरको जिर्णेद्वार तथा धर्मशाला र योगा हल निर्माण गर्न घोडाहामा महायज्ञ

images
  • कोटियादेवी मन्दिरको जिर्णेद्वार तथा धर्मशाला र योगा हल निर्माण गर्न घोडाहामा महायज्ञ
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नम्बर ९ घोडाहास्थित कोटियादेवी मन्दिरमा महायज्ञ लाग्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै महायज्ञ आयोजक समितिले मन्दिर परिसरमा पुष ३० गतेदेखि माघ ७ गतेसम्म श्रीमद्वागवत तथा धनधान्याञ्चल ज्ञान महायज्ञ संचालन हुने र त्यसको तयारी पुरा भएको जानकारी गराएको हो ।

    images
    images
    images

    विक्रम सम्बत २०२०-०२१ तिर निर्माण भएको ऐतिहासिक महत्वको कोटियादेवी मन्दिरको जिर्णेद्वार तथा विकास र धर्मशाला र योगा हल निर्माणको लागि भुमि व्यवस्थापन गर्न महायज्ञ गर्न लागिएको महायज्ञ मुल आयोजक समितिका संयोजक मोहन जिसीले जानकारी दिए। महायज्ञको आवश्यकताबारे बोल्दै संयोजक जिसीले देवदहकै पुरानो शक्तिपीठ रहेको कोटियादेवी मन्दिरलाई यस क्षेत्रमा वृद्धि भैरहेको जनसंख्या अनुसार विस्तार गर्नुपर्ने भएको र त्यसको लागि भुमि व्यवस्थापन तथा संरचना निर्माण गर्न महायज्ञ गर्न लागिएको स्पष्ट पारे। 

    images
    images
    images

    महायज्ञका प्रमुख बाचक तथा महायज्ञ संकल्पकर्ता बालब्यास श्रवण न्यौपानेले महायज्ञ विशुद्ध धार्मिक र नि:स्वार्थसेवाभावसंग जोडिएको बताउंदै महायज्ञ अवधीमा सम्पूर्ण देवदहबासीले एकपटक  कोटियादेवीको 'प्रसाद ग्रहण' गरिदिन आग्रह गरे ।

    images
    images
    images

    महायज्ञबाट एक करोड बराबरको दान संकलन हुने अपेक्षा राखेको आयोजकले दाताहरूलाई सम्मान समेत गर्ने जनाएको छ।  जस अनुसार रु ९९९ सम्मको दान दानपेटिकामा राखिने, १ हजार देखि २ हजारसम्म दान गर्नेलाई रुद्राक्षद्वारा सम्मान गर्ने, २ हजारदेखि ५ हजारसम्मका दातालाई माला र सादा फ्रेमसहित सम्मान, ५ हजारदेखि १० हजारसम्मका दातालाई माला र स्वर्ण फ्रेमद्वारा सम्मान, १० हजारदेखि २५ हजारसम्मका दातालाई माला र आकर्षक फ्रेमद्वारा सम्मान, २५ हजारदेखि  ५० हजारसम्मका दातालाई माला र फ्रेम सहित दम्पतिलाई सम्मान, ५० हजारदेखि १ लाखसम्मका दातालाई स-परिवार सम्मान, एक लाखदेखि २ लाखसम्मका दातालाई बाजागाजासहित सम्मान, दुई लाखदेखि ५ लाखसम्मका दातालाई बाजागाजासहित गाउँ परिक्रमा र पाँच लाखदेखि माथि सहयोग गर्ने दातालाई सम्पूर्ण सम्मान सहित नगर परिक्रमा गराईने आयोजकले जनाएको छ। 

    यस्तो छ कार्यक्रम तालिका:

    महायज्ञ संचालन र सम्पन्न गर्न आयोजकले तालिका नै सार्वजनिक गरेको छ।  जसअनुसार पौष २९ गते १ बजेदेखि मोटरसाईकल र्याली, ३० गते १०:३० बजेदेखि बाजागाजासहित, झाकी र कलशयात्रा, माघ १ गतेदेखि प्रत्येकदिन मण्डपपुजा, पाठ परायण, १००८ शालग्राम भगवानको परिक्रमा संगै तिलार्पण, ११ बजेदेखि ४ बजेसम्म प्रवचन, झाकी र दानवीर सम्मान, ४ बजेदेखि आरती र टिका प्रसाद वितरण, बेलुका ७ बजेदेखि १० बजेसम्म  भजन किर्तन गरिने आयोजकले जनाएको छ। 

    साथै  'भक्तजन'को इच्छा अनुसार दैनिक ग्रह शान्ति, व्रतबन्ध, लक्षवर्ती लगायतका कार्यक्रम समेत महायज्ञमा हुने जनाईएको छ।  

    महायज्ञ आयोजक समितिका अनुसार घोडाहा गाउँ र कोटियादेवी मन्दिरको ईतिहास यस प्रकार रहेको छ। (जस्ताको तस्तै)

    १ – भुरे कोलिय राज्यका राजाहरुले घोडा चराउने क्षेत्र भएको हँुदा घोडाहा नाम रहन गएको भन्ने मान्यता ।
    २– महेन्द्र मुनाङ्कर्मीको नाउँमा रहेको घोडाहा मौजा ।
    ३– २०२१ सालमा गाउँको बैना पट्टा भई २२ सालमा पास गरेको ।
    ४– १३ जनाले मिलेर सो मौजा बैना गरि खरिद गरेको ।
    ५– २०२३ सालमा १३ घर परिवार बाट बुटियान जग्गा आवाद गरि बसोबास सूरु गरिएको ।
    ६– आवादी संगै जिवनयापनका लागि पशुपालन कार्यको सुरुवात गरिएको ।
    ७– पशुहरु चराउने क्रममा दिउसो राति जतिबेला पनि बाघ प्रजातिको जनावरले मान्छेको अगाडि नै आक्रमण गर्न थाल्यो ।
    ८– आक्रमणबाट आजित भएका स्थानियले किन के कारणले मन्थन गर्न थाले ।
    ९– सोही क्रममा झारफुक र झाँक समेत आउने स्वर्गीय डण्डपाणि भुषाललाई २०२५ साल तिर राति सपनामा देवी भगवतीको दिक्षा प्राप्त भयो ।
    १०– देवीले जिब्रो भुँईमा घिसारेर, लट्टा केश फिँजाएर आफ्नो डरलाग्दो रुप देखाएपछि सोही क्रममा देवी भगवती र स्वर्गीय भुषाल बिच सम्बाद भई देवीले स्थानिय पशुलाई आक्रमण आफुले गरेको बताएको ।
    ११– सम्बादकै क्रममा मातालाई तपाई को हो भनेर सोध्दा म कोटमा बस्ने भगवती हुँ, मेरो आधारना गर, भनेपछि स्वर्गीय भुषालले भगवती हजुरको बासस्थान कहाँ हो भनेर सोध्दा भगवतीले यस्तो स्थान देखाउनुभयो, जहाँ सतिसाल र बिजयसाल जातको रुखको छेउमा ठुलो मन्दिर देखिएपछि देवी त्यहि बिलिन हुनुभयो ।
    १२– त्यो दिक्षा प्राप्त भएको अर्कोदिन सबै १३ घरलाई जानकारी गराएपछि, सबैको सर सल्लाहमा खोजि कार्य तिब्र रह्यो , खोज्दै जाने क्रममा अहिले मन्दिर रहेको स्थान भन्दा केहि दक्षीण तर्फ माटाका भग्नावशेस र ढुङ्गाका शिला भेटिएपछि त्यसै स्थानमा सरसफाई गरि कोटमा बस्ने भगवतीलाई कोटिया देविको नामले पुजा आराधना गर्न थालियो ।
    १३– पुजा गर्ने क्रममा सुरुमा स्याउलाले बारेर खरले छाएको मन्दिरको आकृति बनाएर क्रमिक रुपमा पुजा कार्य सुरु भयो । केहिबर्षपछि उक्त खरले छाएको मन्दिरलाई केहि उत्तर दिशातर्फ सारेर ईट्टा, ढुङ्गा, माटो र सिमेन्टको प्रयोग गरि साने मन्दिर निर्माण भयो । मछि आवादी बढ्दै गएको र भक्तहरुको संख्या पनि उल्लेख्यहरुमा बृद्धि भएपछि मन्दिर थप बिस्तार गर्दै लगि देवी भगवतीको मुर्ति प्राणप्रतिष्ठा समेत गरिएको ।
    १४– आजसम्मको अवस्था हेर्दा मन्दिरको स्थापना भएर आराधना गरिएसंगै कुनै अप्रिय घटनाहरु नभएको र आज सम्म पनि देवीको शक्ति स्वरुप भक्तहरुलाई आफुले कल्पना गरेको कुरा कोटियादेवी माताले पुरा गरेको भन्ने विश्वास रहिआएको छ  ।
    घोडाहाका संस्थापकहरु ः
    १) ढण्ढपाणि भुषाल
    २) होमनाथ ढकाल
    ३) टिकाराम पाण्डेय
    ४) नन्दलाल न्यौपाने
    ५) खडानन्द खनाल
    ६) गंगाधर गौडेल
    ७) घनश्याम पाण्डे
    ८) अनिरुद्र पाण्डे
    ९) गौरीश्वर न्यौपाने
    १०) शेरबहादुर क्षेत्री
    ११) तिलप्रसाद पाण्डे
    १२) नामदेव पाण्डेय
    १३) भवानीप्रसाद गौंडेल

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।