Logo

२०८३, श्रावण ३०गते


images
images

आईएसओद्वारा देवदहको सगरमाथा माविलाई लोगो हस्तान्तरण

आईएसओद्वारा देवदहको सगरमाथा माविलाई लोगो हस्तान्तरण

images
  • आईएसओद्वारा देवदहको सगरमाथा माविलाई लोगो हस्तान्तरण
    images
    images

    देवदह । रुपन्देहीको देवदह-७ शितलनगरमा अवस्थित सगरमाथा आवासिय माध्यमिक विद्यालयलाई इन्टरनेसनल अर्गनाईजेसन  फर स्टाण्डर्डराईजेसन (आईएसओ) ले आफ्नो लोगो हस्तान्तरण गरेको छ। शनिबार आईएसओ र सगरमाथा एकेडेमीको संयुक्त बैठकमा एक कार्यक्रमबीच आईएसओका नेपाल प्रतिनिधी सुदिप शर्माले विद्यालयलाई लोगो हस्तान्तरण गरेका हुन्।

    images
    images
    images

    आइएसओको लोगो ग्रहण गर्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले आइएसओका ४० सुचकमध्ये विद्यालयले १५ वटा सूचक पुरा गरेको र अन्य सूचक पनि दुई बर्षभित्रै पुरा गरि आइएसओको सर्टिफिकेट लिने तयारीमा विद्यालय जुटेको बताए। विद्यालयको सिकाईको गुणस्तर, सुरक्षा, सामाजिक उत्तरदायित्व लगायतका महत्वपूर्ण सूचक विद्यालयले पुरा गरिसकेको जानकारी दिंदै प्राचार्य पौडेलले आइएसओका सबै सूचक पुरा गर्न विद्यालय प्रतिबद्ध रहेको बताए। 

    images
    images
    images

    सो अवसरमा बोल्दै आइएसओका नेपाल प्रतिनिधी सुदिप शर्माले आइएसओको लोगो प्रयोगसंगै सगरमाथा माविका विद्यार्थी र यहाँ कार्यरत शिक्षक तथा कर्मचारीको स्तर समेत अन्तराष्ट्रिय स्तरको हुने बताए। आइएसओका सुचकबारे बोल्दै प्रतिनिधी शर्माले प्राथमिक उपचार, अग्नि नियन्त्रक, सुझाब पेटिका, सूचना पार्टी, क्षेत्र निर्धारण, कार्य प्रक्रियाको फ्लो चार्ट, क्वालिटी पोलिसी, बैठक रेकर्ड, एचआर पोलिसी लगायतका ४० सुचक पुरा गर्ने संस्थालाई अन्तराष्ट्रियस्तरको गुणस्तर पुरा गरेको संस्था मानिने जानकारी दिए। सगरमाथा माविले उल्लेखित महत्वपुर्ण १५ सूचक पुरा गरेको र अन्य सूचकसमेत सकारात्मक रहेको बताउंदै उनले विद्यालयले सम्पूर्ण सूचक पुरा गरेर सर्टिफिकेट प्राप्त गर्ने विश्वास व्यक्त गरे। 

    images
    images
    images

    देवदहको सगरमाथा माविले आईएसओ लोगो प्राप्त गरेसंगै रुपन्देही जिल्लामा आईएसओको लोगो प्रयोग गर्ने विद्यालयको संख्या ३ पुगेको छ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।