Logo

२०८३, श्रावण ३०गते


images
images

देवदहलाई हिंसामुक्त नगर बनाउने अभियानमा छौं: उपप्रमुख गुरुङ 

देवदहलाई हिंसामुक्त नगर बनाउने अभियानमा छौं: उपप्रमुख गुरुङ 

images
  • देवदहलाई हिंसामुक्त नगर बनाउने अभियानमा छौं: उपप्रमुख गुरुङ 
    images
    images

    देवदह । देवदह नगरपालिका उप प्रमुख विद्यालक्ष्मी गुरुङले देवादहलाई हिँसामुक्त नगर बनाउने अभियानमा पालिका जुटेको बताएकी छन्। आइतबार देवदहमा आयोजित दुई दिने कानूनी परामर्श सम्बन्धी तालिममा बोल्दै उपप्रमुख गुरुङले तालिम त्यसैको सुरुवात भएको बताइन। 

    images
    images
    images

    देवदह महामानव गौतम बुद्धकि माता मायादेवी र उहाँकी जीवन संगिनी यसोधरा तथा बुद्धलाई लालनपालन गर्ने प्रजापति गौतामीको भुमि भएको उल्लेख गर्दै  उपप्रमुख गुरुङले देवदहलाई महिला हिँसामुक्त नगरको रूपमा विकास गर्नु अपरिहार्य रहेको धारणा व्यक्त गरिन। "महिला दिदिबहिनीहरूले कानुनी व्यवस्था र कानुनी प्रक्रियाबारे जान्नैपर्छ, सबैखाले हिँसाबिरुद्ध वा कुनैपनि घटनाबारे कोसँग सल्लाह गर्ने? कहाँ उजुरी दिने भन्नेबारे हामीलाई ज्ञान हुनुपर्छ" उनले भनिन। 

    images
    images
    images

    देवदह नगरपालिका न्यायीक समितिको आयोजनामा वडा नं. ५, ६, ७, ८, ९ र १० का महिलाहरुका लागि आयोजित २ दिने कानूनी परामर्श तालिमको समापन समारोहमा देवदह नगरपालिका प्रवक्ता समेत रहेका वडा नम्बर ५ का अध्यक्ष गणेश डुम्रे, वडा नम्बर ७ का अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतले तालिममा सिकेका कुरालाई जीवन व्यवहारमा प्रयोग गर्न अनुरोध सहित शुभकामना मन्तव्य राखेका थिए। 

    images
    images
    images

    कार्यक्रममा कार्यपालिका सदस्यहरु, न्यायीक समिति सदस्य तथा वडा सदस्यहरुको सहभागिता रहेको थियो।

    तालिममा पत्रकार तथा मानव अधिकारकर्मी रिमा बिसीको सहजिकरण रहेको थियो। 

    यसअघि देवदहका ६ वटा वडाहरू १, २, ३, ४, ११ र १२ गरि ६ वटा वडामा तालिम दिईसकेको नगर न्यायिक समितिले आइतबार बाँकी वडाको तालिम पनि सकाएको हो । दुवै तालिममा गरि १ सय ५० बढी महिलाहरूले प्रशिक्षण लिएको उपप्रमुख सचिवालयले जनाएको छ।  


      

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।