Logo

२०८३, आश्विन १०गते


images
images

महामाया भवानी माविको विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

महामाया भवानी माविको विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

images
  • महामाया भवानी माविको विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नम्बर ४ मा अवस्थित महामाया भवानी माध्यमिक विद्यालयले विद्यालय शिक्षा परिक्षा (एसइई) उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ। आइतबार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि उत्तीर्ण विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक ऋषिश्वर अर्यालले जानकारी दिए। 

    images
    images
    images

    विक्रम सम्बत २०२७ सालमा स्थापना भएर २०३९ सालबाट एसएलसी परिक्षामा सहभागी हुँदै आएको महामाया भवानी माविले २०७९ मा लिईएको एसइई परिक्षामा सहभागी ७७ विद्यार्थी सहभागी गराएको थियो । जसमा ७० जना उत्तीर्ण भएका छन भने ७ जना ग्रेड बृद्धिमा परेका छन। दुई जना विद्यार्थीले ए प्लस  ल्याउन सफल भएका छन भने ५ जना विद्यार्थीले ए ग्रेड ल्याएका छन ।  विद्यालयले उत्कृष्ट नतीजा ल्याएको विद्यालयले जनाएको छ।   

    images
    images
    images

    उत्तीर्ण विद्यार्थी, उनीहरूका अभिभावक र शिक्षकलाई बधाई ज्ञापन सहित सम्मान  र  थप शैक्षिक प्रगतिको शुभकामना दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक अर्यालले जानकारी दिए।  

    images
    images
    images

    कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी देवदह नगरपालिका वडा नम्बर ४ का अध्यक्ष दमननाथ रेग्मीले उत्तीर्ण विद्यार्थी, सफल शिक्षक र अभिभावक तथा विद्यालय व्यवस्थापन र प्रशासनलाई बधाई  ज्ञापन गरे। नगरपालिका र वडा कार्यालय विद्यालयको शैक्षिक गुणस्तरमा थप सुधार गर्न लागि परेको उल्लेख गर्दै अध्यक्ष रेग्मीले आफुले त्यसकोलागि पहल लिने धारणा व्यक्त गरे।   

    कार्यक्रममा विद्यार्थी करिना शाह, अभिभावकहरू कृष्ण हमाल र उमानन्द भुसाल, शिक्षकहरू मीन प्रसाद भट्टराई, कृष्ण प्रसाद अर्याल, यमलाल अर्याल, निलराज बस्याल लगायतले बोल्दै विद्यालयले प्रदान गरेको शैक्षिक बाताबरण र सबैको अथक मेहनतबारे चर्चा गरेका थिए।

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल घर्ती जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो। जसमा सह-प्रअ चिरन्जीवी रेग्मीको स्वागत मन्तब्य रहेको थियो भने शिक्षक भिम प्रसाद न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।