Logo

२०८३, श्रावण ३०गते


images
images

देवदहको सगरमाथा माविमा 'बुक फ्री फ्राईडे'

देवदहको सगरमाथा माविमा 'बुक फ्री फ्राईडे'

images
  • देवदहको सगरमाथा माविमा 'बुक फ्री फ्राईडे'
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७, शितलनगरमा रहेको सगरमाथा आवासीय माध्यमिक विद्यालयमा प्रत्येक शुक्रबार बुक फ्री फ्राइडे अर्थात् गुड फ्राइडे आज देखी सुभारम्भ भएको छ। विद्यालयले आधारभूत प्राविधिक ज्ञान र सीप सहितको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गरेको हो।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण अधिकारीले विद्यार्थीलाई किताबका अलावा दैनिक जीवनमा काम लाग्ने व्यवहारिक शिक्षा प्रदान गर्दा विद्यार्थीहरुलाई आत्मनिर्भर बन्न समेत मद्दत मिल्ने बताए । उनले यो सरनिय कामको सुरुवात गरेकोमा विद्यालय परिवारलाई बधाई तथा धन्यवाद व्यक्त गरेका थिए।

    images
    images
    images

    बुक फ्री फ्राइडेको मुख्य उदेश्य विद्यालयमा प्रत्येक शुक्रबार नियमित साप्ताहिक क्रियाकलापसंगै विद्यार्थीहरूको सिर्जनशील ज्ञान( सीप र क्षमताको विकास( श्रमप्रति सम्मान तथा शिक्षालाई उत्पादन र श्रमसित जोड्ने रहेको विद्यालयका विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेलले बताए। 

    images
    images
    images

    प्राचार्य पौडेलका अनुसार ब्याग लेस स्कुलको अवधारणाले बालबालिकाहरुलाई सीपमूलक, जीवनपपयोगी तथा व्यवहारिक शिक्षा प्रदान गर्दा उनीहरुको क्षमताको विकास हुनेमा आशावादी रहेको बताए । उनले शुक्रबारका दिन विद्यार्थीलाई कहिले दुना तथा तपरी खुट्ने, चित्र कोर्ने तथा रङ भर्ने, कृषि सम्बन्धि लगाएत दैनिक जिवनमा आवश्यक पर्ने प्रविधिगत विषयको ज्ञान दिने बताए । उनले कक्षा ८-१० का विद्यार्थीलाई ईलेक्ट्रीक तथा पलम्बिङ्गको समेत तालिम दिईने बताए । यसरी प्रदान गरिने शिक्षाबाट विद्यार्थीले दैनिक जीवनमा आइपर्ने व्यवहारिक समस्या सजिलै समाधान गर्न सक्ने उनले बताए ।

    सोहि अवसरमा विद्यालयमा अध्यनरत विद्यार्थीहरुको दन्त परिक्षण समेत गरिएको थियो। दन्त परिक्षणमा श्री कृष्ण पोलिक्लिनिकको प्राविधिक सहयोग रहेको थियो।

    कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिल्लिराज मरासिनीको अध्यक्षता र सह-प्राचार्य प्रदिप अधिकारीको सञ्चालनमा भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।