स्वाथ्य शिविर सम्पन्न
बुटवल । बुटवलउपमहानरपालिका वडा नम्बर १५ मा स्वाथ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल मेट्रोसीटीले बुटवल १५ उजेलापुरमा शिविर सम्पन्न गरेको हो ।
विशेषज्ञ चिकित्सक सहितको ल्याव पक्षिण र फार्मेसी सेवा समेत प्रदानग गरिएको लायन्स क्लव अफ बुटवल मेट्रोसिटिका अध्यक्ष एमजे एफ ला. ई. गोविन्द प्रसाद लामिछाने ले जानकारी दिए ।
कार्यक्रममा लायन्स डिष्ट्रीक पीएमजेएफ अर्जुनमान शैजुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । बुटवल उपमहानरपालिका वडा नम्बर १५ का अध्यक्ष तथा नगर प्रवक्ता शिव रानाको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पएएमजेएफ पुरुशोत्तमभत्त प्रधानांग, नेपाल जेसीजका पुर्व अध्यक्ष जगत बहादुर पोखरेल, पीएनजेएफ पुरोसोत्तोम भक्त प्रधानांग, पीएनजेएफ बालाराम भट्ट्राई, लायन डिस्टिकका पदाधिकारीहरुरु बिनोद खरेल, दिनेश श्रेष्ठ , बिनोद सुवेदी, राधिका लम्साल , विद्यालयका चन्द्र बहादुर छन्तेल, प्रधानाध्यापक रिता थापा, क्लवका पुर्व अध्यक्ष नवराज बन्जाडे,निवर्तमान अध्यक्ष राम प्रसाद बेलबासे, लियो क्लबका सस्थापक अध्यक्ष लियो लायन मनोज गौतम, लियो अध्यक्ष सन्जीव सुनार लगायतले आतिथ्यता रहेको थियो ।
क्लवका प्रथम उपाध्यक्ष लायन प्रदिप जीसीको संञ्चालनमा भएको कार्यक्रम आशिष लम्सालका संयोजकत्वमा भएको थियो ।
श्रीकृष्ण क्लिनिक, बुटवल उपमहानगरपालिकाको वडा नम्बर १५ को सौजन्यमा भएको कार्यक्रममा करिब ५०० स्थानीयको निःशुल्क स्वाथ्य परिक्षण गरिएको जनाईएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology