देवदह । देवदह नगरपालिका वडा नं ७ स्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा कक्षा चारमा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावक र शिक्षकहहरु विच एक बृहत अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीको सिकाइ प्रक्रियामा घरको वातावरण अनुकुल हुनुपर्ने भएकाले र विद्यालयको वार्षिक शैक्षिक निति तय गर्दा अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले उक्त कार्यक्रममा कक्षा शिक्षकहरु सुजता राना र विष्णु कुमारी थापा र सुस्मिता गुरुङले आ–आफ्नो कक्षाका विद्यार्थीहरुको समस्टीगत विवरण प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा बोल्ने अधिकांश अभिभावकहरुले विद्यालयले विद्यार्थीहरुको सृजनात्मक क्षमताको वृद्धि गर्न विषेश ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्राचार्य कृष्ण प्रसाद पौडेलले कम उमेर समुहका नानीबाबुलाई उनिहरुको मनोविज्ञान अनुसारका शिक्षण विधि द्धारा अध्यय्न गराउनुपर्नेमा जोड दिए । विद्यालयका ९० बढि अभिभावकहरु उपस्थित रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता र मनिता थापाकोे सञ्चालनमा सम्पन्न भयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology