देवदह । देवदह नगरपालिका वडा नं ७ स्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा अभिभावक अन्तरक्रिया सम्पन्न भएको छ ।
मंगलबार कक्षा छ र सातमा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावक र शिक्षकहहरुबीच अन्तरक्रियात्मक कार्यक्रम भएको विद्यालयले जनाएको छ ।
विद्यार्थीको सिकाइ प्रक्रियामा घरको वातावरण अनुकूल हुनुपर्ने भएकाले र विद्यालयको वार्षिक शैक्षिक नीति तय गर्दा अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले राखिएकोेउक्त कार्यक्रममा कक्षा शिक्षकहरु ज्योति अधिकारी, बिष्णुमाया प्रधान, मनिता थापा, शौरभ गुरुङ र निश्चल के.सीले आ–आफ्नो कक्षाका विद्यार्थीहरुको समस्टीगत विवरण प्रस्तुत गरे ।
कार्यक्रममा बोल्ने अधिकांश अभिभावकहरुले विद्यालयले विद्यार्थीहरुको सिर्जनात्मक क्षमताको वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्राचार्य कृष्ण प्रसाद पौडेलले कम उमेर समूहका नानीबाबुलाई उमेरअनुसार देखापर्ने परिवर्तन र सामाजिक तथा पारिवारिक दायित्व बोध गर्न व्यवहारिक ज्ञानको आवश्यकता पर्ने कुरा व्यक्त गर्दै उनले विद्यार्थीको मनोविज्ञानको अध्ययन गरी शिक्षण सिकाई क्रियाकलाप अगाडि बढाउनुपर्ने कुरामा जोड दिए ।
अन्तरक्रियामा विद्यालयका ८५ बढी अभिभावकहरु उपस्थित थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology