Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथामा नव आगन्तुक विद्यार्थीलाई स्वागत

सगरमाथामा नव आगन्तुक विद्यार्थीलाई स्वागत

images
  • सेतोमसी सहकर्मी
  • सगरमाथामा नव आगन्तुक विद्यार्थीलाई स्वागत
    images
    images

    देवदह । रुपन्देहीको देवदह -७ शितलनगरमा स्थित सगरमाथा आवासीय मा.वि.मा  शैक्षिक सत्र २०८१ का लागी कक्षा २ देखि ९ सम्म भर्ना भएका १२० नवआगन्तुक विद्यार्थीहरुलाई आज एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको थियो । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि कल्पना पौडेलले विद्यार्थीहरु  सम्भावनाका अथाहा खानी भएकाले घर परिवार र विद्यालयले उनिहरुको प्रतिभा पहिचान  गरि अगाडि बढाउनु पर्नेमा जोड दिइन ।

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका सह–प्राचार्य प्रदिप अधिकारीले सगरमाथा मा.वि अन्तराष्ट्रिय स्तरमा योग्य विद्यालय भएको र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागी धेरै अवसरहरु प्रदान गरेकाले यसबाट लाभान्वित हुन अनुरोध गरे ।

    images
    images
    images

    उक्त कार्यक्रममा विद्यार्थीहरुले आफुमा भएको कला जस्तै गायन एवम् नृत्यकला पनि प्रस्तुत गरेर कार्यक्रमको शोभा बढाएका थिए ।

    सगरमाथा बाल क्लब र यूवा रेडक्रस सर्कल सगरमाथाको संयुक्त आयोजनामा गरिएको कार्यक्रम सगरमाथा वाल क्लवकी अध्यक्षय प्रशंसा अधिकारीको अध्क्षयता र विद्यार्थी श्रीस पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा मा.वि.
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।