देवदह । रुपन्देहीको देवदह -७ शितलनगरस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा कक्षा ६, ७ र ८ मा अध्ययन गर्ने विद्यार्थीहरुको विचमा बृहत हाजिरीजवाफ प्रतियोगिता आज सम्पन्न भएको छ ।
प्रतियोगितामा रेड हाउसका देव भण्डारी, स्मृति न्यौपाने र सुवोध पाठकले प्रथम, ब्लु हाउसका पुस्कल पाण्डे, विपुल ज्ञावली र विश्वास भट्टराईको समुहले द्धितीय र एलो हाउसका अनुज खनाल, यूजिन गुरुङ्ग र सुभम न्यौपानेले तृतीय स्थान हासिल गरेका छन् ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले विद्यार्थीहरुले हाजिरीजवाफ प्रतियोगितालाई एक छुट्टै प्रतिभाको रुपमा स्थापित गर्नुपर्ने र यो जीवनका हरेक आयाममा उपयोगी हुने बताए ।
कार्यक्रममा सह–प्राचार्य प्रदिप अधिकारी संयोजक सुमन पाण्डे इन्टरयाक्ट क्लवका पदाधिकारीहरु आशिष अर्याल, रिलीज जी.सी, नेत्र भुसाल, सुसान पौडेलले सहजीकरण गरेका थिए ।
इन्टरयाक्ट क्लबका श्रीस पौडेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा विद्यार्थी निकिता भुसालको सञ्चालन रहेको थियो ।
साथै आजै स्काउटमा सहभागी विद्यार्थीहरुका अभिभावकहरुलाई स्काउटमा सहभागी हुने विद्यार्थीहरुका विषयमा विभिन्न कुराको जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology